पाल्पा,लायन्स क्लब अफ पाल्पा रानीमहलले कोरोना संक्रमित बिरामीलाई पोष्टिक आहार वितरण गरेको छ ।
संक्रमण पुष्टि भएर पाल्पा अस्पताल र तानसेन नगरपालिकाले संचालन गरेको त्रिभूवन बहुमुखी क्याम्पसको आइशोलेसनमा उपचाररत बिरामीलाई पौष्टिक आहार वितरण गरिएको क्लबका अध्यक्ष विष्णुबहादुर कार्कीले बताए ।
उनका अनुसार संक्रमित र संक्रमितको सेवामा खटिएका सहयोगीलाई समेत आबश्यक सामग्री सहयोग गरिएको बताए ।
क्लबले पाल्पा अस्पताल र त्रिभूवन बहुमुखी क्याम्पसको आइशोलेसनमा गरि २० जनालाई पौष्टिक आहार तथा सरसफाईका सामान हस्तान्तरण गरेको हो ।
यसका साथै कोरोना कहरमा निजी तथा सार्वजनिक यातायातका साधनले वेवास्ता गर्दे आएका कोरोना संक्रमितलाई ज्यान जोखिममा राखेर आफ्नै निजी सवारी साधनमा संक्रमित तथा शव व्यवस्थापनमा खटिएका पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादव सिंह कार्कीको गाडीमा इन्धन सहयोग गरिएको क्लबका अध्यक्ष कार्कीले बताए ।
बिरामीका लागि उपलव्ध पोष्टिक आहार बुभ्दै पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले कोरोना महामारीका समयमा पाल्पाली मनकारी दाताहरुको ठूलो सहयोग रहेको बताए । उनले विपद्लाई जित्न एक्लै सम्भव नभएकोले सामुहिक सहकार्य आबश्यक रहेको समेत बताए ।