
ज्याेती रायमाझी
पाल्पा,तानसेन नगरपालिकाले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि १४ वडामा पिसिआर परीक्षणका लागि नमुना संकलन सुरु गरेको छ ।
स्वावको नमुना संकलन शिविर तानसेन टुडिखेलबाट सोबवार देखी सुरु गरिएको हो । शिविरमा ८० जना व्यक्तिको स्वाव संकलन गरिएको नगर प्रमुख अशोककुमार शाहीले जानकारी दिए । उनले सोमबार तानसेन टुडिखेलमा ३० जना र मगलबार अर्गलीमा ५० जनाको स्वाव संकलन गरिएको बताए ।
समुदायमा तिव्र गतिमा फैलिएको संक्रमणको चेनब्रेक गर्नका लागि पाल्पा अस्पताल संगको समन्वयमा पिसिआर परीक्षण गर्न लागिएको नगर प्रमुख शाहीले बताउनुभयो ।
प्रत्यक वडामा रहेका संक्रमितहरुको सम्पर्कमा आएका व्यक्ति,सामान्य तया कोभिड १९ का संकास्पद बिरामी,रुघाखोली लागेका व्यक्ति र निषेधाज्ञाका समयमा सेवा प्रदान गर्दे आएका पसल संचालको नामावली संकलन गरि स्वाव संकलन शिविर संचालन गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताए ।
परीक्षण नहुदाँ संक्रमण बढी फैलिएको र परीक्षणको दायर बढाउनु पर्ने सुझाव अनुसार नगरपालिकाले आफ्नै लगानीमा परीक्षण गर्न लागेको नगरप्रमुख शाहीले जानकारी दिए ।
वडामा परीक्षणका लागि टोलि पुग्दा कोभिड प्रयोगशालामा पहुँच नभएका र लक्षण देखिएर पनि वेवास्ता गरि समुदायमै बसेको व्यक्ति सम्पर्कमा आउने पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताउनुभयो ।
स्वाव परीक्षण पछि संक्रमितको उपचार र व्यवस्थापनमा नगरपालिकाले बनाएको आइसोलेसन र होमआइसोलेसनमा राखेर उपचार, निगरानी तथा परामर्श प्रदान गरि संक्रमण रोकथामलाई प्रभावकारी बनाउने योजनाका साथ तानसेन नगरपालिका अगाडि बढेको प्रेस सल्लाहकार गोविन्द भट्राईले बताए ।







