
पहाडी जिल्लामा अस्पताल कमी छ । प्रदेश सरकारले कोभिड अस्पताल पनि घोषणा गरेको छैन । यहाँका राजनीतिक दल, जनप्रतिनिधिले सुविधा सम्पन्न आइसोलेसन, अस्पताल निर्माणतर्फ ध्यान पनि दिएका छैनन् । त्यसैले कोरोना भाइरस संक्रमितले न बेड पाउँछन् न त अक्सिजन नै प्रशस्त पाएका छन् । बिरामी र बिरामीकाआफन्त अस्पतालको गेटमा पुगेर बेड खोज्छन् । बेड नपाएपछि घरमै फिर्ता हुनुपरेको छ । यसबाट मृत्युदर समेत बढेको छ । बैशाख महिनायता मात्रै जिल्लामा ३५ बढीको मृत्यु भइसकेको छ । कोरोना भाइरस संक्रमितहरु अधिकांशको होम आइसोलेसनमै मृत्यु भएको छ, भने कतिपयको अस्पतालको बेड नपाएर नै मृत्युवरण गर्नु परेको छ ।
पाल्पामा दुई ठूला अस्पताल लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा अक्सिजन प्लाण्ट नभएको होइन । पूरानो भएर उत्पादन कमी भएको छ । सिलिण्डर भर्न नपाएकाले बिरामी भर्ना गर्न नसकेको बाध्यता सुनाउने गर्छन् । हुन त यहाँका दुई अस्पतालमा अन्यत्र जस्तो सूचना निकालेका छैनन् । यहाँका दुई अस्पतालमा अक्सिजनको अभाव भएको छ । अक्सिजन आपूर्तिमा कमी आएपछि बिरामी भर्ना गर्न नसकेको बाध्यता सुनाए । हुन त पूरानो भएकाले पूर्ण क्षमतामा चल्न सकेको छैन । सिलिण्डरबाट पनि अस्पतालहरुले काम चलाएका छन् । यस्तो अवस्था आएपछि बिरामीले कसरी बाँच्न पाउने ? अक्सिजन सिलिण्डरले धान्न नसकेको भन्दै थप बिरामीको उपचार नगर्दा बिरामीले सास्ती खेप्नु परेको मात्र छैन मृत्युको मुखमा समेत पुगेका छन् ।
कतिपयको अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । कतिपयले अस्पतालमा बेड नपाएर घरमै सिकिस्त भएर बस्नु परेको छ । यहाँको लुम्बिनी मेडिकल कलेजमा ५ सय बेड छ । ४० जना कोरोना संक्रमितको मात्र उपचार गदैर् आएको छ । अक्सिजन प्लाण्टले थेग्न नसक्ने र अक्सिजन सिलिण्डर भर्न नपाएपछि बिरामी भर्ना नलिएका हुन् । घण्टौ अस्पताल अगाडी बसेर फर्किनु परेको छ । हुन त कोभिडका बिरामीलाई १२ देखि १५ लिटरसम्म पनि अक्सिजन दिनुपनेर् अवस्था छ । अक्सिजन पुग्ने अवस्था छैन । तै पनि जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय प्रशासन, जिल्ला संकट व्यवस्थापन समितिले जनताको जीउ जोगाउनका लागि नयाँ निर्णय लिएर अघि बढ्न जरुरी छ । होइन भने मृत्युदर कम, होइन बढ्ने छ ।