परीक्षणलाई वेवास्ता नगरौं

यतिबे‍ला गाउँ र‍ बजार‍का घर‍घर‍मै‍ बिर‍ामी छन् । उनीहरुमध्ये‍ कतिपयको‍ लक्षणसहित छ । कतिपय लक्षणविहिन र‍ शंकास्पद छन् । गाउ“मा सबै‍ बिर‍ामी भएपछि अकोर्‍ समस्या हुने‍ डर‍ले‍ कतिपय स्थानमा स्वास्थ्यकर्मी परि‍चालन गरि‍एको‍ छ । गाउ“ सहर‍मा कतिपयको‍ संक्रमण पुष्टी भइसके‍को‍ छ । कतिपयलाई पुष्टी हुन बा“की छ । जतासुकै‍ सुनिएको‍ छ, घर‍घर‍मा बिर‍ामी छन् । जिल्लाको‍ तानसे‍न नगर‍पालिका, र‍म्भा, रि‍ब्दीको‍ट, र‍ै‍नादे‍वी छहर‍ामा पछिल्लो‍ समयमा धे‍र‍ै‍ बिर‍ामी छन् । निस्दी र‍ तिनाउ मा पनि अवस्था उस्तै‍ छ । माथागढीमा पनि बिर‍ामी बढे‍का छन् । घर‍घर‍मै‍ बिर‍ामी भएका ले‍ समस्या आउने‍ पक्क छ । धे‍र‍ै‍ स्थानमा बिर‍ामी बढे‍पछि र‍े‍खदे‍ख गर्न पनि समस्या हुने‍ गर‍े‍को‍ छ ।

सबै‍ जनाको‍ कन्ट्«याक्ट ट्रे‍सिङ गर्न समे‍त समस्या छ । कतिपय गाउँ को‍र‍ो‍नाको‍ हटस्पट जस्तै‍ बने‍को‍ अवस्था पनि छ । जुन गाउँमा पनि बिर‍ामी छन् । प्रयास जति गर्दा पनि सनेर्‍ खतर‍ा बढी छ । कतिपय स्थानमा लक्षण दे‍खिएका छन् । जता हे‍¥यो‍ उतै‍ बिर‍ामी हुन थाले‍का छन् । हुन त कतिपय बिर‍ामीलाई पखाला लाग्ने‍, ज्वर‍ो‍ आउने‍, टाउको‍ दुख्ने‍ बढी समस्या छ । अक्सिजन ले‍वल कम भएको‍ छ । कतिपय संक्रमितलाई स्वास्थ्य सामाग्री पनि दिएका छन् । के‍ही स्थानीय तहले‍ भने‍ संक्रमितको‍ कुनै‍ वास्ता नै‍ गर‍े‍का छै‍नन् । कतिपय स्वास्थ्य शाखाले‍ खासै‍ वास्ता गर‍े‍को‍ छै‍न । कतिपय स्थानीय तहमा स्वास्थ्यकर्मीले‍ अघिल्ला वर्ष जस्तो‍ चासो‍ दिएर‍ काम गर‍े‍का छै‍नन् ।

पछिल्लो‍ समयमा तानसे‍न नगर‍पालिकामा बजार‍ क्षे‍त्रभित्र को‍ही पनि स्वास्थ्यकर्मी संक्रमितको‍ घर‍सम्म पुगे‍का छै‍नन् । स्वास्थ्यकर्मीलाई एन्टिजे‍न पर‍ीक्षण गदैर्‍ ठिक्क छ । बजार‍का वडामा स्वास्थ्य चौ‍की पनि छै‍न । त्यसले‍ गर्दा पनि समस्या छ । त्यसै‍ले‍ पनि बजार‍ क्षे‍त्रभित्र गएर‍ संक्रमितको‍ स्वास्थ्य अवस्था बुझ्ने‍ को‍ही नभएकै‍ हो‍ । कतिपय स्थानीय तहले‍ बिर‍ामी बढे‍पनि पर‍ीक्षणमा वास्ता गर‍े‍का छै‍नन् । स्वास्थ्य कार्यालयले‍ एन्टिजे‍न स्थानीय तहमा पठाएको‍ छ । तर‍ अधिकांशले‍ वे‍वास्ता गदैर्‍ आएका छन् । तानसे‍नमै‍ पनि बिहान ११ दे‍खि १२ बजे‍मात्र स्वाब लिइन्छ । त्यसै‍ले‍ अब पर‍ीक्षणलाई ध्यान दिनु जरुर‍ी छ । पर‍ीक्षण सके‍सम्म धे‍र‍ै‍ गर्नुपर्छ ।

सम्बन्धित खवर