
पाल्पा,तानसेन नगरपालिका ५ छापथोकमा कुकुरले लखेटेर टोकी घाईते बनाएको पोथी रतुवा मृगलाइ डिभिजन वन कार्यालय पाल्पाले उद्धार गरेको छ ।
स्थानिय बासिन्दाहरुको सहयोगमा मृगलाइ आकस्मिक उद्धार तथा उपचार र ब्यबस्थापन गरिएको कार्यालयले जनाएको छ । उद्धार गरिएको मृगलाई वन कार्यालयले भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र,पाल्पाबाट आबश्यक उपचार अघि बढाइएको छ ।
मृगलाई लागेको घाउहरुमा टाका लगाइ थप उपचारको लागि डिभिजन वन कार्यालय पाल्पाको वन्यजन्तु उद्धार गृहमा राखिएको छ । मृगको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताउनुभयो ।
लामो समयको खडेरीका कारण वन्यजन्तु पनि मर्कामा परेका छन् । जंगलमा उनिहरुलाई आबश्यक आहार समयमा पानी नआँउदा र आगलागी हुँदा छैन् । त्यसैले आहारका लागि वन्यजन्तु मानव बस्तीमा छिर्ने गरेका छन् । जसवाट उनिहरु घर पालुवा कुकुरबाट समेत असुरक्षित बन्दै गएका छन् ।