मदन आश्रित स्मृति दिवसमा श्रद्धासुमन

पाल्पा, नेकपा एमाले पाल्पाले २८ औं मदन आश्रित स्मृति दिवसको अवसरमा श्रद्धासुमन अर्पण गरेको छ ।

पार्टी अध्यक्ष नारायाणप्रसाद अचार्यले एक वक्तव्य जारी गरि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तात्कालिन महासचिव जननेता मदन भण्डारी र कुशल संगठक तन्कालीन संगठन विभाग प्रमुख जिवराज आश्रित प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको हो ।

२०५० साल जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तात्कालिन महासचिव जननेता मदन भण्डारी र कुशल संगठक तन्कालीन संगठन विभाग प्रमुख कमरेड जिवराज आश्रितको चितवनको दासढुङ्खामा रहस्यमय जीप दुर्घटनामा परी मृत्यू भएको थियो ।

वक्तव्यमा नेपाली भूमिमा माक्र्सबादको सिर्जनात्मक प्रयोग सहित नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईका साथ बिकास गर्न जननेता मदन भण्डारीले वैचारिक, सैद्धान्तिक र कार्यक्रमिक क्षेत्रबाट निरन्तर मार्गनिर्देशनको उच्च सम्मान गर्नुपर्ने अध्यक्ष आचार्यले बताउनुभएको छ ।

अध्यक्ष आचार्यले नेपाललाई सामाजिक आर्थिक रुपान्तरण र समृद्ध नेपाल निर्माणको दिशामा नेकपा (एमाले) अघि बढिरहेको समेत उल्लेख गर्नुभएको छ ।

वक्तव्यमा यतिबेला पार्टीलाई वैचारिक, सैद्धान्तिक, सांगठनिक, साँस्कृतिक एवं भावनात्मक रुपमा एकताबद्ध र सुदृढ बनाउने मुख्य कार्यभार भएकोले सवै एकठाउमा हरेर भण्डारी र आश्रित सपनापूरा गर्नुपर्नेमा जोड दिर्ईएको छ ।

यसैबीच नेकपा एमाले पाल्पाका प्रचार विभाग प्रमुख गुरासं आत्रेयले ससंघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ पार्दै नेपाललाई एक्काइसौं शताब्दीको पहिलो समाजबादी मुलूकका रुपमा स्थापित गर्नका लागि यस ऐतिहासिक दिनले सबैलाई थप प्रेरित गर्न सक्नुपर्ने बताउनुभएको छ ।

यसका साथै यतिबेला आम नागरिकालाई कोभिड १९ को दोस्रो लहरले आक्रान्त बनाएको बताउदै यो महामारीलाई जित्न सवै एकठाँउमा उभिएर मात्र सम्मभ हुने विश्वास नेकपा एमाले पाल्पाले गरेको छ । जसका लागि केहि समय इमान्दार पूर्वक स्वास्थ्य मापदन्ड अपनाई निषेधाज्ञाको पालन गर्न आग्रह समेत गरिएको छ ।

 

सम्बन्धित खवर