पाल्पामा जेठ १५ सम्म निषेधाज्ञा

पाल्पा,जिल्ला कोभिड संकट व्यवस्थापन समितिले पाल्पाको बैठकले जारी निषेधाज्ञालाई निरन्तरता दिएको जनाएको छ । सोमबार अर्थात आज बसेको बैठकले जारी निषेधाज्ञालाई आगामि जेठ १५ गते रातीसम्म थप गर्ने निर्णय गरेको हो । यो पाल्पामा निषेधाज्ञाको तेस्रो चरण हो ।

समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेकोले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । समितिको बैठकले निषेधाज्ञा तथा कोभिड नियन्त्रणका लागि विभिन्न ९ निर्णय समेत गरेको छ ।

पाल्पामा दोस्रो पटक निषेधाज्ञाको म्याद थप्दा कुल ७ सय ५७ जना सक्रिय संक्रमित रहेका थिए । उनिहरुमध्य ३७ जना अस्पतालमा उपचार गराईरहेका थिएभनि ७ सय २० जना होमआइसोलेसनमा रहेका थिए । तेस्रो पटक निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको दिनसम्म संक्रमितको संख्या १ हजार ४ सय ९१ पुगेको छ ।

दोस्रो चरणको निषेधाज्ञा भोली जेठ ४ गते राती सकिदै थियो । थपिएको समयवधीमा खाद्यान्न तथा तरकारी पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न दिने निर्णय गरिएको छ । बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द हुने प्रजिअ पाण्डेले बताउनुभयो ।

यसका साथै निषेधाज्ञा अवधिमा औषधि उपचार र अत्यावश्यक काम बाहेक कोही पनि घर बाहिर निस्कन नपाईने प्रजिअ पाण्डेयले बताउनुभयो । अन्य सेवाहरुमा अत्यावश्य सेवाका सवारीहरु एम्बुलेन्स, दमकल, शव वाहन, खाद्य दूध, फलफूल, तरकारी, माछा मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ बोक्ने सवारी मात्रै संचालन हुने भएका छन् ।

यस्तै सरकारी कर्मचारी, स्वास्थ्यका कर्मचारी, प्रेस पास बोेकेका संचारकर्मी तथा उनीहरुले प्रयोग गर्ने सवारी संचालन हुनेछन भने अन्य सबै सवारी पूर्ण रुपमा बन्द गरिने छ । यस्तै औषधि पसल चौविसै घण्टा खुला रहने छन भने स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकल बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायबाट प्रदान गरिने सबै प्रकारका सेवा बन्द रहने गर्ने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै कुनै सभा समारोह गर्न पाईने छैन भने बिवाह, वर्तबन्ध जस्ता कार्यमा समेत घर परिवारका सदस्य मात्र समावेश भएर १० जनासम्म मात्र भेला हुन पाइने व्यवस्था गरिएका छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय