मनकारी दर्लमडाँडाका वडा सदस्य

पाल्पा । बगनासकाली गाउँपालिका–५ दर्लमडाडाका वडा सदस्य टोप बहादुर न्यौपानेले आफ्नो नीजि गाडीमा आफै चलाएर कोरोना संक्रमितलाई बोक्दै आएका छन् । गाउँमा कोरोना संक्रमितहरुले भनेको समयमा एम्बुलेन्स र अन्य सवारी नपाएर दुख पाएको देखेपछि उनले आफ्नै गाडीमा संक्रमितलाई ल्याउन लैजान थालेका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित न्यौपानेले यसरी संक्रमितहरु निशुल्क रुपमा कोरोना संक्रमितहरुलाई बोक्न थालेपछि यस क्षेत्रका बासिन्दाहरु खुशी भएका छन् ।

यस्तो अप्ठेरो समयमा अधिकांश सवारीले कोरोना भएकाहरुलाई अस्पताल लैजान डराउने र मानिसहरु आँगन पिढिमै छट्पटाउने अवस्था भएपछि आफुले यो अभियान चलाएको उनले बताए । उनले यति मात्रै हैन छिमेकी अस्पतालहरुमा पुगेर गाउँका दीर्घहरुका औषधी समेत घरघरमा पुर्याउँदै आएका छन् ।

मिसन र प्रभासबाट औषधी खादै आउनुभएकाहरुले मलाई कागज दिनुहुन्छ, म अस्पताल गएर औषधी ल्याइदिन्छु न्यौपानेले भने । आफु जनताको सेवा गर्नका लागि जनप्रतिनिधि भएको र आफुलाई मत दिएर जिताउने जनताको दुख सुखमा साथ दिन पाउँदा आफु खुशी भएको उनले बताए । उनले घरमा समेत परिवारका सदस्यलाई कोरोना संक्रमण नहोस् भन्नका लागि सेल्फ क्वारेन्टाइनमा बस्दै आएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय