प्रकृति र सस्कृतिले समृद्ध रम्भा गाउँपालिका पाल्पा जिल्लाको तानसेन देखि करिव २४ कि.मी. पूर्वी भागमा उत्तर तर्फ विश्वकै एक मात्र पवित्र कालीगण्डकी नदी र दक्षिण तर्फ माणि फाँटको काखमा अवस्थित छ, जसको पूर्वमा रामपुर नगरपालिका र पूर्वखोला गाउँपालिका, उत्तरमा कालीगण्डकी नदी, दक्षिणमा माथागढ़ी गाउँपालिका, पश्चिममा बगनासकाली गाउँपालिका पर्दछन ।
यस गाउँपालिकाको नामकरण यसै गाउँपालिका वडा नं. ५ मा अवस्थित प्रसिद्ध शक्ति पिठ रम्भादेवीको नामबाट रहेको पाइन्छ । उचाईका हिसावले पाल्पा जिल्लाका अग्ला लेकहरु मध्ये रिमिघा लेक यहीं पर्दछ, । जसको उचाई १७९४ मी. छ भने सबै भन्दा होचो भाग कालीगण्डकीको किनार हुँगी जसको उचाई ७५० मी. छ । यो गाउँपालिकामा सबै भन्दा बढी मगरहरुको बसोबास छ ।्र यसका अलावा ब्राह्मण, क्षेत्री, नेवार, दमै, कामी, सार्की, गन्धर्व, गुरुङ, बोटे–माझी, मुस्लिम, आदिको बसोबास रहेको छ ।
आज विश्व नोभेल कोरोना भाइरसका कारण आक्रान्त भैरहेको सर्वविधितै छ । यो भाइरस सन २०१९ डिसेम्वर ३१ मा चीनको वुहान प्रान्तमा देखा परेपछि विश्व भर नै फैलिदा नेपाल पनि यसबाट अछुतो रहन सकेन । नेपालमा २०७६ माघ १० मा यो रोग चीनबाट आएका एक जना युवकबाट शुरु भै आजका दिनसम्म आइ पुग्दा डर लाग्दो रुप लिईरहेको छ ।
स्थानीय तहहरुले पनि यसको पूर्ण परिपालन गर्दै आफ्ना सवै नागरिकलाई उच्च शतर्कताका साथ रहन आग्रह गर्दै आइरहेका छन । यही सन्दर्भमा रम्भा गाउँपालिकाले सवै भन्दा पहिला सचेतना मुलक कार्यक्रम संचालन, आवश्यक औषधिको प्रवन्ध गर्ने, राहात वितरण गर्ने, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन गर्ने, आवश्यक स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापन गर्ने, कृषि उपज विक्री वितरणका लागि कृषि एम्वुलेन्स संचालन गर्ने, व्यवसायिक कृषकहरुलाई अनुदान सहुलियत व्याज दरमा कर्जा उपलब्ध गराउने, देशका विभिन्न स्थान तथा भारतबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइन सम्म ल्याउने, दिर्घ रोगीहरुलाई घर–घरमा औषधि उपलब्ध गराउने जस्ता क्रियाकलापहरु अगाडी बढाउदै आएको छ ।
कार्यक्रम संचालन गर्नका लागि गाउँपालिकामा एक प्रकोप विपद व्यवस्थापन कोष स्थापना गरी संचालनमा ल्याईको छ । यस्तो विषम परिस्थितीका कारण आर्थिक वर्ष २०७६÷७७ मा निर्णय भएका कतिपय योजना तथा कार्यक्रमहरु सम्पन्न गर्न सकिएन । यस्तो परिस्थितीले गर्दा वैदेशिक रोजगारी गुमाएर फर्कनु भएका तथा देश भित्र नै रोजगारी गुमाएर बस्नु भएका आदरणीय रम्भाबासी दाजु भाई तथा दिदी बहिनीहरुलाई रोजगारीको सिर्जना गर्ने उद्देश्यका साथ आर्थिक वर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रम केन्द्रित रहेको थियो । संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारहरुको मुख्य उद्देश्य सम्पूर्ण नागरिकलाई आत्म निर्भर र स्वावलम्वी बनाउने उद्देश्य राखेर अगाडी बढिरहेको छ । रम्भा गाउँपालिकाले “रम्भा गाउँपालिकाको शान, सुखी रम्भाबासी समृद्ध रम्भा हाम्रो अभियान “ भन्ने नारालाई साकार बनाउने गरी कार्यक्रम अघि बढाएको छ । रम्भा गाउँपालिकाले कृषि तथा पशु पालनतर्फ वैदेशिक रोजगारी गुमाएर फर्कनु भएका तथा देशमा रोजगारी गुमाई बस्नु भएका सम्पूर्ण रम्भाबासी नागरिकलाई कृषि व्यावसाय तथा पशु पालन व्यावसायमा उन्मुख बनाई आत्म निर्भर र स्वावलम्वी बनाउने उद्देश्यका साथ कृषि तथा पशु पालन पेशालाई उच्च प्राथमिकता दिएका छा्रैं ।
कृषि पेशा प्रवर्द्धन तथा पशु पालन पेशालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउने कार्यक्रम ल्याइएको छ भने कृषि पेशालाई बढी प्रभावकारी बनाउन आधुनिक कृषि औजारहरु अनुदानमा उपलब्ध गराउने कार्यक्रम ल्याएका छौं । उत्पादनमा आधारित अनुदानको प्रवन्ध मिलाइएको छ भने कृषि उत्पादकत्व वृद्धि गराउन उन्नत जातका विउ तथा मलको व्यवस्था अनुदानमा मिलाएको सर्वविदितै छ ।
हामीले प्राङ्गारिक मल तैयार गरी वितरणको व्यवस्था मिलाएका छौं । रम्भा गाउँपालिकालाई आलुमा आत्म निर्भर बनाउने उदेश्यका लागि विगत वर्ष देखि आलुको विउमा दिदै आएको अनुदानमा वृद्धि गर्दै उत्पादित आलु संरक्षण गर्न रम्भा–३, मा रहेको शीत भण्डार भरीपूर्ण गर्नका लागि सम्बन्धित कृषकहरुलाई शीत भण्डारको भाडामा छुटको प्रवन्ध मिलाएका छौं ।
फलफूलमा युवा भन्ने नारालाई अगाडी सर्दै युवा जनशक्तिलाई फलफूल खेती तर्फ आकर्षित गराउन आँप, लिची, कागती, जुनार, अमिलो, अनार जस्ता र लिची कागतीको व्लक स्थापना गर्ने कार्यक्रममा जोड दिनुका साथै खाली सावर्जनिक जग्गामा समेत फलफूलका विरुवा लगाउने कार्यमा जोड दिएका छौं । रैथाने वाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ अदुवा, बेसार, पेडालु, गेडागुडी, सूर्यमुखी, कुरीलो जस्ता खेतीहरु व्यवसायिक रुपमा गराउन विशेष अनुदानको व्यवस्था मिलाएका छौं ।
कृषि संकलन केन्द्र निर्माण तथा परिचालन र कृषि एम्वुलेन्सको व्यवस्था गरी कृषि सहकारीको माध्यमबाट कृषि उत्पादन वजार सम्म पुर्याउने र कृषकहरुलाई प्रोत्साहित तथा पुरस्कृत गर्ने कार्यमा जोड दिएर अघि बढेका छौं । निर्माण भएको शीत भण्डारलाई थप व्यवस्थित गर्ने तथा आवश्यकता हेरी अन्य एक वटा शीत भण्डार निर्माण गर्ने कार्य अगाडी बढाएका छौं ।
खेती योग्य जमिन बाँझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्दै खाद्यान्न उत्पादनमा वृद्धि गरी आत्म निर्भर बनाउनको लागि भूमी बैक स्थापना गरी भूमिहीन कृषकहरुलाई निशुल्क भूमी उपलब्ध गराउने प्रकृया अगाडी बढाउदै उत्पादनमा जोड दिएका छौं ।
दुध, मासु र अन्डामा आत्म निर्भर गाउँपालिका बनाउन गाई, भैसी, बंगुर, कुखुरा र बाख्रा पालन व्यवसायलाई विशेष अनुदानको व्यवस्था मिलाएका छौं । व्यवसायिक पशु पालन पेशालाई प्रभावकारी बनाउन आधुनिक घाँस तथा पशु आहारको व्यवस्थापन गर्ने कार्यमा जोड दिँदै आएका छौं । लेक र बेँसी भागमा कृषि तथा पशु पालनलाई व्यावसायिकरण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा जोड दिएका छौं । माहुरी पालन मत्स्य पालन जस्ता पेशालाई प्रभावकारी बनाउन घार वितरण, गोला वितरण, भुरा वितरणमा अनुदानको व्यवस्था गर्ने कार्यक्रम ल्याएका छौं ।
वन्य जन्तुको संरक्षण तथा व्यवस्थापन गरी व्यवसायिक रुपमा मृग, कालिज, जस्ता पशु पंक्षी संरक्षण गर्ने पेशालाई प्रोत्साहित गरेका छौं । गुणस्तरीय विउ संकलन गर्ने तथा विउ बैंक स्थापनामा जोड दिएका छौं भने दुग्ध व्यवसायलाई प्रभावकारी बनाउन डेरी स्थापना तथा व्यवस्थापन गर्ने कार्यलाई जोड दिइएको छ । पशुहरुलाई सुरक्षित गर्न पशुपंक्षी विमा तथा कृषि पेशा प्रति बढी आकर्षित बनाउन कृषि ऋणको विमा गर्ने कार्य अगाडी बढाएका छौं भने कृषि सहकारीमा आधारित भइ कृषि यान्त्रीकरण तथा पूर्वाधार विकास कार्यक्रमलाई प्रोत्साहित गरिएको छ ।
पक्की पोखरी निर्माण, प्लास्टिक पोखरी निर्माण तथा वितरण गर्ने कार्यमा जोड दिँदै आएका छौं भने गैरसरकारी संस्था साझेदारीमा पशुविकास कार्यक्रममा जोड दिएर अघि बढेका छौं । स्वास्थ्यतर्फ पूर्ण संस्थागत सुत्केरी दिगोपन एवं पूर्ण खोप सुनिश्चिताका लागि स्वास्थ्य संस्थामा संचालित वर्थिङ सेन्टरहरुलाई थप व्यवस्थित गर्दै सामुदायिक स्वास्थ्य इकाईहरुमा पनि वर्थिङ सेन्टर संचालन गर्ने कार्यक्रम ल्याइनेछ तथा बाहय खोप क्लिनिक भवन निर्माणमा जोड दिएर काम अघि बढाइएको छ ।
स्वास्थ्य संस्थाहरुमा संचालनमा ल्याइएका प्रयोगशालाहरुमा गत वर्षबाट प्रारम्भ गरिएको निशुल्क सेवालाई निरन्तरता दिएका छौं भने आवश्यक आधारभूत तथा नसर्ने रोगहरु (दिर्घ रोगीहरु) का औषधिको व्यवस्था मिलाएका छौं । पूर्ण संस्थागत सुत्केरीको अवस्थालाई दिगोपनका लागि विगत वर्षमा दिदै आएको बच्चा र आमाको पोषण युक्त खानाका लागि १ हजार ५ सय दिएका छौं भने गर्भवती आमाहरुलाई बच्चा र आमाको पोषणलाई ध्यानमा राखी अन्डा र झन्डाको कार्यक्रम अगाडी बढाएका छौं । महिला स्वास्थ्य स्वयं सेविका तथा पोषण सहयोगी सहजकर्तालाई सचेतनामुलक कार्यक्रम संचालन गरे वापत यातायात तथा खाजा खर्चको व्यवस्था मिलाएका छौं भने उमेरको हद पुरा गर्नु भएका महिला स्वास्थ्य स्वयं सेविकहरुलाई सम्मानजनक विदाई गर्ने कार्यक्रम ल्याएका छौं ।
महिला स्वास्थ्य स्वयं सेविकहरुलाई आफ्नो काम प्रति उत्प्रेरित बनाउनका लागि विगत वर्ष देखि दिदै आएको यातायात खर्चलाई समयानुकुल बनाइने छ । महिला स्वास्थ्य स्वयं सेविकालाई तथा पोषण सहयोगी सहजकर्ताहरुलाई निशुल्क स्वास्थ्य वीमा तथा कोरोना वीमाको व्यवस्था मिलाइएको छ । सम्पूर्ण कर्मचारी, जनप्रतिनिधिहरुका लागि कोरोना वीमाको व्यवस्था गरिएको छ भने पोषण सहयोगी सहजकर्तालाई पोषाकको व्यवस्था मिलाएका छौं ।
जेष्ठ नागरिक, असक्त, अपांगको स्वास्थ्य उपचारमा विशेष व्यवस्था गरिएको छ । स्वास्थ्यको पहुँच जनताको घर–घरमा पुर्याउने उद्देश्यका लागि यस वर्ष १ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना तथा संचालन गरिएको छ भने विरामीको चापलाई मध्यनजर राखी यस वर्ष हुँगी स्वास्थ्य चौकीमा चिकित्सकको व्यवस्था गर्ने, सो स्थान र ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा डिजिटल एक्सरेको व्यवस्था मिलाइनुका साथै उक्त कार्यलाई क्रमश अरु स्वास्थ्य संस्थामा विस्तार गर्दै लैजाने नीति लिएर काम अघि बढेको छ।
विपन्न परिवारका लागि स्वास्थ्य वीमा कार्यक्रमलाई विशेष रुपमा अगाडी बढाएका छौं भने मुटु, मृगौला रोगीहरूलाई यातायात खर्च वापत दिदै आएको रकमलाई निरन्तरता दिइने छ र यस आर्थिक वर्ष देखि क्यान्सर रोगीलाई समेत थप गरिएको छ । हामीले कोरोना भाइरस रोकथाम तथा उपचारका लागि हुँगी र ताँहुमा ५÷५ शैयाको आइसुलेशन केन्द्र स्थापना गरी संचालन गरिएको छ । सवै स्वास्थ्य संस्थाहरुमा संचालनमा ल्याइएको इन्टरनेटलाई सुचारु गर्दै स्वास्थ्य व्यवस्थापन प्रणालीलाई अनलाईनबाट इन्ट्री गर्ने कार्य अगाडी बढाएका छौं ।
स्वास्थ्य सेवाको पहुच विस्तार गर्न थप एम्वुलेन्सको व्यवस्था मिलाएका छौं भने गाउँपालिकाबाट संचालन गरिने हरेक कार्यक्रममा हजार दिनका आमाहरुको पोषण प्रवर्दन हुने गरी कार्यक्रम संचालन नीति लिएर काम भइरहेको छ । गाउँपालिकामा पोषणको क्षेत्रमा गाउँपालिका तथा साझेदार संस्थाहरुबाट भए गरेका प्रभावकारी कार्यहरुलाई निरन्तरता दिइएको छ । परिवारनियोजन तर्फ स्मार्ट दम्पत्ती सम्मान कार्यक्रम चालु आ.व.०७७÷०७८ मा एक वा दुई सन्तान जन्माई स्थायी परिवारनियोजन मिनिल्याप वा भ्यासेक्टोमी गरेका दाम्पत्तीहरुलाई मेडिकल प्रमाणको आधारमा कम्तीमा ५ जनालाई नगद.५ हजार सहित स्मार्ट दम्पत्ती सम्मान पत्रद्वारा गाउँपालिका स्तरमा सम्मान गरिँदै आएको छ ।
सामाजिक सुरक्षाका लागि असल छोरा बुहारी सम्मान कार्यक्रम गरिएको छ भने घरमा हुनु भएका सासु सशुरा एवं आमा बुवाको उचित स्याहार, पोषण र स्वास्थ्यमा ध्यान दिई घरमा सेवा पु¥याउने असल छोरा बुहारीलाई यस आ.व. ०७७÷०७८ मा प्रत्येक वडाबाट २ जना पर्ने गरी १० जनालाई कार्यविधि बनाई उच्च सम्मान गर्ने कार्यक्रम छ । आयुर्वेदिक स्वास्थ्य सेवामा समेत विशेष जोड दिइँदै आएको छ । हामीले शिक्षातर्फ प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने नारालाई आत्मसात गरी स्थापना भएको जन कल्याण माध्यमिक विद्यालय प्राबिधिक शिक्षालाई थप व्यवस्थित गर्दै यस आर्थिक वर्षमा रम्भा माध्यमिक विद्यालय ताहुँमा ईन्जिनियरिङ्ग विषयको प्राविधिक शिक्षा स्थापनामा जोड दिएका छौं ।
विद्यालयहरुमा कम्प्युटरको व्यवस्था गर्ने, ईन्टरनेट जडान गर्ने, स्मार्ट बोर्डको व्यवस्था गरी विद्यालयको पठनपाठनमा सूचना प्रविधि मैत्री बनाई प्रविधिलाई विशेष जोड दिएर काम अघि बढेको छ । कम्प्युटर शिक्षा, अंग्रेजी माध्यमको शिक्षालाई जोड दिइनेछ साथै अंग्रेजी माध्यमको कक्षा संचालन गरिएका विद्यालयको हकमा थप व्यवस्था मिलाइएको छ । प्रत्येक विद्यालयलाई बालमैत्री बनाई प्रत्येक वडा एक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गरी ती विद्यालयको अनुसरण गर्न अन्य विद्यालयलाई उत्प्रेरित गराइएको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने, टिकाउने, सिकाउने र विकाउने नीति अवलम्वन गरी सार्थकता प्रदान गर्न दिवा खाजा कार्यक्रम आधारभूत तह सम्म र सामुहिक दुर्घटना वीमा मा.वि. तह सम्म लागु गरिएको छ । “आफ्नो विद्यालय आफै बनाऊ बालबालिकासंग हामी रमाऊ“ भन्ने नारालाई सार्थक बनाउन अतिरिक्त क्रियाकलाप पुरस्कार, छात्रवृत्ति, अभिभावक शिक्षा, शैक्षिक सामाग्री वितरण तथा हरित विद्यालय बनाउने जस्ता कार्यक्रमलाई जोड दिएका छौं । विद्यालयमा भौतिक पूर्वाधार तथा मर्मत कार्यमा जोड दिइइएको छ । समयानुकुल शिक्षकहरुलाई क्षमता विकासको लागि तालिमको व्यवस्था गरी पेशा प्रति उत्तरदायी बनाउन पुरस्कार सम्मान शिक्षक तथा कर्मचारीहरुलाई शैक्षिक अवलोकन भ्रमणको व्यवस्था गरिएको छ ।
प्रधानाध्यापकहरुलाई नेतृत्व क्षमता विकास सम्बन्धि तालिमको व्यवस्था गरिएको छ । दलित, अति विपन्न परिवार तथा लोपोन्मुखजातिका विद्यार्थीहरुलाई विद्यालयमा भित्र्याउने र टिकाई राख्नका लागि माथि उल्लेखित कार्यक्रमका अलावा अन्य थप कार्यक्रमहरु समेत ल्याइएको छ । सामुदायिक विद्यालयहरुको संचालन तथा व्यवस्थापनमा देखिएका समस्याहरुलाई कम गर्नका लागि विशेष कार्यक्रम ल्याइएको छ । बालविकास केन्द्रहरुको स्थापना, संचालन तथा व्यवस्थापनमा जोड दिदै बालविकास सहयोगीहरुलाई समयानुकुल क्षमता विकास सम्बन्धि तालिमको व्यवस्था मिलाएका छौं ।
विद्यालयहरुमा शिक्षकलाई अरु जिम्मेवार बनाउन विद्युतिय हाजिरी तथा सिसी क्यामेराको व्यवस्थापनलाई अगाडी बढाउँदै रम्भा गाउँपालिकाको शैक्षिक आवधिक योजनालाई क्रमश कार्यान्वयनमा ल्याइएको छ । कालिगण्डकी गुरुकुलम विद्यालयलाई थप व्यवस्थित गर्दै यसलाई क्रमश मा.वि.तह सम्म लग्ने योजना छ । रम्भा बहुमुखी क्याम्पसलाई थप व्यवस्थित गर्दै स्नातकोत्तर तह सम्म लैजाने कार्यमा जोड दिएका छौं ।
विद्यालयमा पोषण स्वास्थ्य तथा सरसफाईका क्षेत्रमा एकिकृत योजना लागु गर्ने नीति ल्याएका छौं भने विद्यालयमा प्रयोग भएका सेनेटरी प्याडको उचित व्यवस्थापन गरिएको छ । विद्यालयहरुलाई जंगफुड निषेधित क्षेत्र बनाउने कार्य अगाडी बढाएका छौं भने सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि गराउन परीक्षा तथा मुल्यांकन प्रणालीलाई थप व्यवस्थित गरिएको छ । विज्ञान प्रयोगशाला, पुस्तकालय स्थापना तथा संचालनमा जोड दिएका छौं ।
खानेपानी तथा सरसफाईतर्फ हामीले स्वच्छ पिउने पानीको उपलब्धताका लागि एक घर एक धाराको व्यवस्था गर्ने नीतिलाई कडाईका साथ अवलम्वन गर्दै लिफ्ट खानेपानी तथा ग्राविटी खानेपानीका आयोजनाहरुलाई अगाडी बढाएका छौं । अधुरा आयोजनाहरुलाई पूर्णता दिने काममा जोड दिएका छौं । यस आर्थिक वर्षमा १ हजार ५ सय घरमा धारा जोड्ने कार्य अगाडी बढाएका छौं भने स्वच्छ जीवनका लागि सुरक्षित पिउने पानी भन्ने अभियानलाई साकार बनाउन विगत वर्षबाट प्रारम्भ गरिएको फिल्टरको पानी तथा उमालेको पानी प्रयोग गर्ने विषय लाई पूर्ण रुपमा व्यावहारमा लागु गर्दै यस आर्थिक वर्षमा पूर्ण सरसफाई उन्मुख गाउँपालिका घोषणा गर्ने योजना छ ।
कुनै पनि नयाँ सार्वजनिक संरचना निर्माण गर्दा शौचालय, खानेपानी तथा हात धुने स्थानको व्यवस्थापन गरिने छ साथै अपांग मैत्री र बालमैत्री समेत अनिवार्य बनाइएको छ । प्राकृतिक मुलहरु संरक्षणमा जोड दिएका छौं । यस आर्थिक वर्षमा खानेपानी तथा सरसफाई स्वच्छता योजना (वास) कार्यान्यनमा ल्याएका छौं । फोहोर मैला व्यवस्थापन गर्ने कार्यलाई जोड दिएका छौ ।
कृषि उत्पादकत्व वृद्धि गर्न कृषकहरुलाई आत्म निर्भर र स्वावलम्वी बनाउन स्थलगत सिंचाई, लिफ्ट सिंचाई, थोपा सिंचाई तथा भूमीगत सिंचाई आयोजनाहरु संचालनमा ल्याएका छौं । रम्भा गाउँपालिका भित्र संचालनमा ल्याइएका विभिन्न कुलाहरुको मर्मत तथा विस्तारका लागि विशेष योजना अगाडी बढाएको र साना सिंचाई कार्यक्रमको व्यवस्थापनमा विशेष जोड दिएका छौं । वर्षादको पानी संकलन गर्न अग्ला भागहरुमा पोखरी निर्माणमा जोड दिइनेछ साथै सिंचाइको लागि खेर गएको पानी व्यवस्थापन गरी आवश्यक बाँधको निर्माण गर्ने काममा जोड दिएका छौं ।
विद्युतीकरणतर्फ हामीले बाँकी रहेका काठका पोलहरुलाई विस्थापित गरी स्टिल पोलको व्यवस्थापन गरेका छौं भने गत आर्थिक वर्षमा टुकी रहित उज्यालो गाउँपालिका घोषणा गर्ने कार्यक्रम विशेष कारणले सम्पन्न गर्न नसकिएकोले यस आर्थिक वर्षमा घोषणा गर्ने कार्यक्रम छ । सडकतर्फ भने हामीले रम्भा गाउँपालिकालाई सडक संजालमा जोडिन बाँकी रहेका क्षेत्रहरुलाई सडकको पहुँच पुर्याउने कार्यलाई उच्च प्राथमिकता दिएका छौं । सडक स्तरोन्नती वर्षको रुपमा अगाडी बढाउदै ट्रयाक खुलेका सडकहरुमा पक्की नाली निर्माण गर्ने, ग्रावेल गर्ने, ग्रेड मिलाउने जस्ता कार्यमा जोड दिएका छौं ।
संचालनमा आएका सडकहरुलाई वर्षायाममा बन्द हुन् नदिई बाह्रै महिना संचालन गर्न विगत वर्ष देखि संचालनमा ल्याईएको मर्मत संभार कोषलाई निरन्तरता दिदै उक्त कोषबाट खर्च गरी संचालन गर्ने कार्यक्रमलाई निरन्तरता दिनुका साथै बाटो हेरचाह गर्नका लागि बिलतज mबल को व्यवस्था गर्ने कार्य अगाडी बढाएका छौं । गाउँपालिका कार्यालय, वडा कार्यालय, विद्यालयहरु, स्वास्थ्य संस्थाहरुमा यातायातको पहुँचलाई थप व्यवस्थित गरिएको छ । रम्भा गाउँपालिका भित्र पर्ने सिद्धार्थ आर्थिक कोरीडोर, कालीगण्डकी कोरीडोर, आर्यभञ्ज्याङ्ग रामपुर सडकको सामान्य मर्मत दोहोरो खर्च नपर्ने गरी गर्नुका साथै यस क्षेत्रका बासिन्दाको आर्थिक समृद्धि गर्न आर्थिक उपार्जनमा जोड दिएका छौं ।
हामीले गाउँ–गाउँमा सहकारी घर–घरमा रोजगारी भन्ने नारालाई सफल बनाउन गाउँपालिका भित्र संचालित सवै सहकारीहरूलाई थप व्यवस्थित बनाउदै सक्रिय बनाएका छौ भने कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाहरु मार्फत विभिन्न प्रकारका आय–आर्जन तथा शीपमूलक तालिमहरु संचालनमा ल्याएका छौं । सहकारी संस्था तथा अन्य वित्तीय संस्थाहरु मार्फत व्यावसायिक कृषि तथा पशुपालनका लागि आवश्यक कर्जा सहुलियत व्याजदरमा उपलब्ध गराउने कार्य अगाडी बढाएका छौं ।
कृषकका लागि आवश्यक पर्ने उन्नत विउ विजन, मल, किटनासक औषधीहरु कृषि सहकारीहरु मार्फत वितरण गर्ने तथा कृषि उत्पादनलाई विक्री वितरण गर्ने कर्यमा समेत कृषि सहकारीलाई सकृय बनाएका छौं । आय–आर्जनको मुख्य श्रोत पर्यटन व्यावसाय भएको हुँदा रम्भा गाउँपालिका भित्र रहेका धार्मिक एवं पर्यटकीय गन्तव्य स्थलको पहिचान, गुरुयोजना तयार संरक्षण तथा विस्तार गर्ने कार्यमा उच्चा प्राथमिकता दिएका छौं ।
पर्यटन क्षेत्रको प्रचार प्रसारको लागि रम्भादेवी, रिमिघा र कालीगण्डकी महोत्सव संचालन गरेका छौं । पर्यटन व्यावसायको मेरुदण्डको रुपमा रहेको होमस्टे व्यावसाय संचालनमा ल्याएका छौं भने कालीगण्डकी उपत्यकाको एकिकृत विकास गर्न गुरुयोजना तयारी गर्ने कार्यमा जोड दिएका छौं । रम्भादेवी मन्दिर, रिमिघा लेकको एकिकृत विकासका लागि योजना वद्ध कार्यक्रम ल्याइएको छ ।
देश भित्र तथा देश बाहिर रोजगारी गुमाई वस्नु भएका सम्पूर्ण रम्भाबासी युवाहरुलाई सीपमुलक तालिमको व्यवस्था गरी सो सीप अनुसारको व्यवसाय संचालन गर्न उत्प्रेरित गरिएको छ भने मागको आधारमा स्वरोजगार मुलक तालिमको व्यवस्था गरी आत्म निर्भर र स्वावलम्वी बनाउने कार्यमा जोड दिएका छौं । तालिम प्राप्त गरी सो कार्यक्रम संचालन गर्ने युवा तथा महिलाहरुलाई व्यावसायिक कामका लागि विशेष अनुदानको व्यवस्था मिलाएका छौं भने युवाहरुको सर्वांङ्गीण विकासलाई ध्यानमा राख्दै विभिन्न किसिमका खेलकुदका कार्यक्रममा जोड दिइनेछ साथै खेल मैदान निर्माण तथा स्तरउन्नतीमा जोड दिइएको छ ।
विभिन्न प्रकारका दिवस, अन्तराष्ट्रिय नारी दिवस, तीज गीत प्रतियोगिता जस्ता कार्यक्रमलाई निरन्तरता दिदै थप व्यवस्थित बनाइएको छ भने जेष्ठ नागरिक सम्मान, घरमै पुगी औषधि उपचार गर्ने प्रक्रियालाई थप व्यवस्थित गर्दै उक्त कार्यलाई उच्च प्राथमिकता दिइएको छ । जेष्ठ नागरिक परिचय पत्र तथा अपांग परिचय पत्रहरु घरमै पुगी वितरण गर्ने कार्यलाई निरन्तरता दिदै व्यवस्थित बनाएका छौं । जोखिममा परेका बालबालिका, असहाय बालबालिकाको उद्दार पुनस्थापनामा जोड दिनुका साथै बालश्रमको अन्त्य गर्ने कार्य कडाईका साथ अगाडी बढाएका छौं । बाँकी रहेका बालमैत्रीका सुचाकहरुलाई पुरा गरी बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीमा छौं । बालविवाह मुक्त गाउँपालिका घोषणा गर्न थप सचेनामुलक कार्यक्रम ल्याइएको छ ।
आदिवासी जनजातीहरुको संस्कृति संरक्षण तथा शसक्तिकरणका कार्यक्रममा जोड दिँदै छुवाछुत मुक्त गाउँपालिका व्यावहारिक रुपमै भएको देखाउने गरी सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । सीपमुलक तालिमको माध्यमबाट पछाडी परेका दलित समुदाय तथा लोपोन्मुखलाई आय–आर्जनको काममा लगाउने प्रकृयामा जोड दिाँदै परम्परागत पेशालाई सुदृढिकरण गर्दै पेशा प्रति आकर्षित बनाउने कार्यमा जोड दिएका छौं ।
छुवाछुत मुक्त दिवस तथा नेपाल मगर दिवस गाउँपालिका तथा वडास्तरमा व्यापक रुपमा मनाउँदै युवाहरुलाई निजामती सेवा तथा शिक्षा सेवा तर्फ भित्र्याउन तैयारी कक्षाहरु संचालन गर्ने कार्यक्रम ल्याएका छौं । फरक क्षमता भएका व्यक्तिहरुलाई उच्च सम्मान गर्दै निजहरुको शसक्तिकरणमा जोड दिँदै सडक बालबालिका मुक्त गाउँपालिका बनाउने अभियान छ । फरक क्षमता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य वीमा गर्ने योजना छ ।
घरेलु तथा साना उद्योगतर्फ स्थानीय साधन, श्रोत, शीप एवं प्रविधिलाई वढावा दिई व्यावसायिक उत्पादन तर्फ अग्रसर बनाईने कार्यक्रममा जोड दिएका छौं । स्थानीय कृषि उत्पादनहरुको बजारीकरण तर्फ ध्यान दिइनेछ । घरेलु तथा साना उद्योग स्थापना, घरेलु इट्टा उद्योग स्थापना तथा संचालनलाई उच्च प्राथमिकता दिइएको छ ।
हामीले योजनाहरुमा आर्थिक पारदर्शीता, गुणस्तरीय संचालन तथा फरफारकमा आईपर्ने समस्यालाई समाधान गर्न उपभोक्ता समितिलाई क्षमता अभिवृद्धि सम्बन्धि तालिमको व्यवस्था मिलाईने छ साथै प्रारम्भिक अभिमुखिकणमा जोड दिएका छौं । गुणस्तरीयताका साथ समयमा योजना सम्पन्न गर्ने उपभोक्ता समितिलाई सम्मान गर्ने र आवश्यक थप रकमको व्यवस्था गर्ने कार्यक्रम छ । रम्भा गाउँपालिका भित्रबाट दिइने सेवा सुविधाहरुलाई छिटो, छरितो, सरल र प्रभावकरी बनाउँदै आर्थिक मितव्ययी तथा पारदर्शीतालाई विशेष कडाईका साथ लागु गर्न र आर्थिक नियन्त्रण प्राणाली एवं आर्थिक अनुशासनलाई उच्च प्राथमिकता दिएका छौं ।
गाउँपालिकालाई आन्तरिक आम्दानीमा सवल बनाउन अव्यवस्थित ढंगबाट रहेका प्राकृतिक साधन र श्रोतहरुको उच्चतम उपयोग गर्ने कार्यक्रम ल्याएका छौ भने संचालनमा ल्याइएको गाउँ विकास कार्यक्रमलाई क्रमश विस्तार गर्दै लगिएको छ । सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुको यथार्थ विवरण तयार गरी संघिय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरी व्यवस्थित गर्ने कार्यमा जोड दिएका छौं ।
सार्वजनिक जग्गाको संरक्षण गर्दै खाली जग्गालाई हराभरा गर्ने नीति अगाडी सारिएको छ । सूचना प्रविधिको विकास एवं कार्यान्वयनमा जोड दिँदै स्थानीय तहका कर्मचारीहरुको क्षमता विकासका लागि समयानुकुल तालिमको व्यवस्था गर्ने र कर्तव्य निष्ट एवं पेशा प्रति बफादार बनाउन सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको छ ।
कामको चापलाई मध्यनजर राख्दै अतिरिक्त काममा लगाउदा नियमानुसार थप सुविधाको व्यवस्था मिलाएका छौं भन हरियो वन नेपालको धन भन्ने नारालाई साकार बनाउन राष्ट्रिय वन, सामुदायिक वन तथा निजी वन क्षेत्रको वैज्ञानिक वन व्यवस्थापन गरी संरक्षण तथा विकास गर्ने कार्यमा जोड दिएका छौं । सामुदायिक वनहरुमा अम्लिसो, लिची, आँप पौष्टिक तत्वले पूर्ण घाँसको विकास तथा विस्तार गर्ने नीति ल्याएर काम अघि बढाएका छौं । हरियाली गाउँपालिका बनाउने कार्यमा जोड दिँदै वन्यजन्तु संरक्षण तथा नियन्त्रण गर्ने नीति अवलम्वन गरिएको छ ।
जनता आवास कार्यक्रमलाई निरन्तरता दिइएको छ भने पूर्ण सरसफाई उन्मुखगाउँपालिका घोषणा गर्ने कार्यक्रम विशेष कारणले बाँकी रहन गएको वडा नं.३ लाई तत्काल घोषणा गरी यस आ.व.मा गाउँपलिकालाई पूर्ण सरसफाई उन्मुख गाउँपालिका घोषणा गर्ने योजना छ । न्यायको पहुँच जनताको घर दैलोमा भन्ने भनाइलाई साकार बनाउन न्यायिक समिति, मेलमिलाप समितिको क्षमता अभिवृद्धि गराइएको छ भने न्यायिक समितिलाई थप प्रभावकारी बनाउदै न्याय प्रणालीलाई सरल, छिटो छरितो, चुस्त दुरुस्त बनाइएको छ ।
दैविक प्रकोप न्यूनीकरण गर्न सचेतना मुलक कार्यक्रम संचालन गर्ने तथा उचित व्यवस्थापन गर्न प्रकोप व्यवस्थापन कोषलाई मजवुद बनाउदै थप व्यवस्थित बनाइएको छ भने सुचनाको हक सम्बन्धि नीतिलाई कडाइका साथ अगाडी बढाइएको छ । धन्यवाद ।