यतिबेला थाहै छ अस्पतालहरुमा बेड छैन । अक्सिजन पनि कमी छ । अस्पतालमा मात्र होइन घरमै भएको लापरवाहीले गर्दा ज्यान जाने बढेको छ । त्यसैले पनि होम आइसोलेसनमा बसेका संक्रमितका परिवारले समस्या देखिनासाथ अस्पताल लग्नुपर्छ । अस्पतालमा बेड नपाए पनि जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई भन्नुपर्छ । अस्पतालमा बेड पाए ज्यान जाने थिएन भन्ने हुन्छ । अहिले बेड पाउनै समस्या छ भन्ने सबैलाई थाहा छ । अस्पतालमा पालो पर्खदै घरमा बस्नु परेको छ । बेड खाली भएर ल्याउँदा अवस्था जटिल हुनेगर्छ । त्यसैले पनि नागरिकले घरमा बस्दा लापरवाही गर्न भएन ।
समयमा जानकारी नदिने र आफ्नै लापरवाहीले गर्दा ज्यान जोखिममा परेको छ । कतिपय बिरामीले आफै घर जान्छु भन्दै हिड्दा पनि समस्या भएको छ । कतिपयले अस्पताल जान नखोज्ने, बिरामी परेपनि जोखिम मोलेर बस्ने, अरुलाई नभन्ने समस्या छ । लापरवाहीले गर्दा आफ्नै ज्यान जोखिममा पारेको देखिएको छ । तर उनीहरुले आफूले थेग्न सक्ने मात्र बिरामी भर्ना लिने गरेका छन् । पछिल्लो समयमा मृत्यु हुने अधिकांश होम आइसोलेसनमा बसेका छन् । स्वास्थ्य कार्यालयका अनुसार १ हजार ५ सय बढी होम आइसोलेसमै छन् । होम आइसोलेशनमा बसेका अधिकांशलाई स्थानीय तहले मतलव नै गरेका छैनन् भन्ने गुनासो पनि छ ।
बिरामीलाई अस्पतालको गेटबाटै कोरोनाको बिरामीलाई फर्काइएको छ । अनि सर्वसाधारणले उपचार नपाई मर्ने अवस्था छ । पाल्पाका दुई ठूला अस्पतालले बिरामीलाई भर्ना लिन आनाकानी गर्छन् । किनभने अक्सिजन बढी खपत हुन्छ । हुन त गाउँगाउँमा घरमै अक्सिजन दिएर कोरोना संक्रमित उपचार गराइरहेका छन् । तर यसमा सरोकारवालाको भने ध्यान पुगेको छैन । गाउँगाउँमा लक्षणसहितका बिरामी छन् । ती बिरामीका विषयमा धेरै ध्यान पुग्न सकेको छैन । रम्भा गाउँपालिकाको हुँगीका सगाहा र असेर्दी बिरामी अत्यधिक भएका छन् । अवस्था झन् जटिल बनेको छ । किनभने समुदायमा संक्रमण फैलिएको छ । त्यसैले संक्रमण पुष्टि भएकाहरु घरमै बसौं । बिरामी छन् भने पनि बाहिर नडुलौं । किन भने नागरिकबाट लापरवाही भयो भने जोखिम आफैलाई पर्छ ।