
ऋषिकेष जाने मोटरबाटोलाई प्राथमिकता
हाम्रो गाउँपालिकाले ख्याहालाई ६५ लाख बजेट सिलिङ दिएको थियो । सोही अनुसार ख्याहादेखि ऋषिकेश जाने सडकका लागि १५ लाख विनियोजन गरियो । सडकहरुमा लगानी गरिएको छ । ख्याहादेखि लप्सीखोला जाने सडकको काम भएको छ।
राधाकृष्ण मन्दिरदेखि डम्बक जोड्ने सडकको काम भएको छ । सिँचाईका लागि पनि सहयोग गरिएको छ । सर्देवाको सिँचाइका लागि ५ लाखको बजेट छ । जोगीथुममा मन्दिर निर्माण गरिएको छ । १ लाख दिएको तर स्थानीयले ५ लाखको काम गरेका छन् ।
राधाकृष्ण पौवा निर्माणका लागि २ लाख दिएका छौं । मोटरबाटो प्राथमिकता दिएका हौं । २०७४ साल असारमा जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि सडकमै ध्यान दियौं । अहिले गोरेटोबाटो, ढुंगा छाप्ने बाटो बनेको छ ख्याहा गुल्मीसँग जोडिएको छ ।
यहाँ सबै किसिमको बस्ती छ । ठूलो समूहमा कुमाल समुदाय मात्र होइन दलित बस्ती पनि छ । अन्य जातजातिको पनि बसोवास रहेको छ । विकासका हिसाबले स्थानीय तहको निर्वाचन अघि खासै अघि बढ्न सकेको थिएन ।
कतिपय गाउँसम्म पुग्ने मोटरबाटोको ट्याक पनि थिएन । अहिले खुलेका छन् । केही घर बाहेक सबैमा मोटरबाटो पुगेको छ । मोटरबाटो स्तरोन्नति, ट्याक निर्माण, शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि काम गरेका छौं ।
जसले गर्दा जनतालाई समृद्ध बनाउने लक्ष्य पूरा गर्ने योजनामा अघि बढेका छौं । जनतालाई सकेसम्म सुविधा दिने योजना हो। सोही अनुसार विकास निर्माणका काममा तीव्रता दिएका छौं । बस्तीमा एक घर एक धाराको अभियानलाई पनि तिव्रता दिइएको छ ।
गाउँपालिकामा गाउँसभामा योजना छनोट गर्ने र बस्तीलाई फाइदा पुग्ने गरी नै काम गरेका छौं । कसैलाई पनि फरक दृष्टिकोण र राजनीतिक बाहेस अहिलेसम्म गरिएको छैन । समग्रमा कुरा गर्दा राजनीतिक दलबाट सहयोग नै पाइएको छ । सबै एकजुट भएर विकास निर्माणको काममा सघाउने हो भने पक्कै पनि यसबाट फाइदा नै हुन्छ ।
खस्यौलीमा खानेपानीमा जोड
हाम्रो वडामा बजेट सिलिङ् ६५ लाख थियो । एक घर एक धारालाई प्राथमिता दिइने छ । मिटर सहितको धारा जडान गर्ने योजना हो । १५ लाख बजेट विनियोजन गरिएको छ ।
लघुवामा लसुने बाँसधारा, टारी बिलाउने पानी, रिपखोला मालमूल, धारादी मसाहर, डुम्रीपोखरामा चिदियार र खल्लुकगैरा खानेपानी योजना संचालन भएको छ । रिब्दीकोटको देउराली वरपोखरा खानेपानी योजनामा बजेट दिइएको छ ।
हामीले दोस्रो प्राथमिकतामा कृषि र पशुपालनमा जोड दिइएको छ । बीउ बिजन र कृषि औजार विनियोजन गरिएको छ ।
यसमा १५ लाख विनियोजन गरिएको छ । दुई वटा पाल्नुपर्ने छ । ७० जनाको माग भएको छ । बीमा भएपटि १० हजार अनुदान पाउँछ । ५ सुत्केरी खर्च पनि पाउने छ ।
बाख्रा दुई वटा पाल्दा ५ हजार पाउनेछन् । धेरैको माग रहेको छ । तर अनुदान लिन खोज्ने पनि छन् । ५० प्रतिशत अनुदान जस्तै छ । ५० वटा लोकल जातको कुखुरा पाल्यो भने ५ हजार पाउँछ । कुखुरापालन खासै माग भएको छैन । बीउँबिजन पनि बितरण गरिएको छ । करेसाबारीमा निःशुल्क बाँडिएको छ । व्यवसायिकका लागि ५० प्रतिशत अनुदानमा बितरण गरिएको छ।
हेम्जाली आलु लघुवा फाँटमा लगाइएको छ । ५० क्वीन्टल दिइयो । गाउँपालिकाले पनि सहयोग गरेको थियो । अघिल्लो वर्ष पनि हामीले अनुदानमा दिएका छौं । सडक स्तरोन्नतिमा पनि बजेट विनियोजन गरिएको छ । ११ लाख लघुवादेखि देउराली हुँदै डुम्रिपोखरा भएर मैनादी जोड्नेबाटो बनिरहेको छ ।
यसमा गाउँपालिकाले ५ लाख दिएको छ । अन्य सडक प्रदेशबाट देउरालीको कन्टीपोखरादेखि कालोपत्र हुँदैछ । वडा कार्यालय जान सडक ग्राभेल गरिएको छ । टोप्रे जाने बाटो खनिएको छ ।
टोलटोलमा सडक पुगेको छ । देउरालीचौरसम्म पुग्ने सडकका लागि पनि बाटो पुग्ने योजना छ । तर जंगल र अर्काको बारीले समस्या ल्याएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमबाट नाली बनाउने काम भएका छन् । गोरेटो बाटो खनिएको छ । बाजेका पालादेखिका गोरेटो बाटो बनाइएको छ ।
कन्टीपोखरादेखि लघुवा जाने गोरेटो बाटो खनिएको छ । खस्यौलीको शिवगुफासम्म गोरेटो बाटो खनिएको छ । शिक्षामा केही बजेट विनियोजन गरियो । शैक्षिक सुधार व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको छ । स्वास्थ्यका लागि सेनिटाइजर, मास्क किनिदिएका छौं । आदर्श प्रावि डम्बकको गेट निर्माण भएको छ । २० बेडको आइसोलेसन बनाइएको छ । ५ वटा अक्सिजन रहेको छ ।
कृषि र पशुपालनमा जोड
खस्यौली रिब्दीकोट गाउँपालिका रहेको वडा हो । अघिल्लो वर्षदेखि कोरोनाले सताएको छ । प्राथमिक स्वास्थ्य केन्द्र छ । कोरोना अस्पताल पनि बनेको छ । गाउँपालिकाको सहयोग यस वडामा स्वास्थ्यका क्षेत्रमा काम भएका छन् ।
यस आर्थिक वर्षका लागि ६३ लाख बजेट थियो । भौतिक पूर्वाधार योजना सम्पन्न भएको छ । भौतिक पूर्वाधार अन्तर्गत खानेपानी, मोटरबाटो पूरा भएको छ । सिरुखर्कमा दुई बाटो ढलाई र मुलसंरक्षण थियो । मालमूल, सिरुपाते, सौरपानी निन्धारा, हार्थोकमा मूल संरक्षण, ढलान, भवनका काम सम्पन्न भएको छ ।
माथिल्लो खस्यौली, तल्लो खस्यौली, हिरापोखराको बाटो ढलान भएको छ । हिरापोखरादेखि कोलीखर्क फेदियाँ जाने सडकमा काम भएको छ । सबै काम सकिएको छ । पशुपालनतर्फ पाठापाठी बितरण, खोर निर्माणमा ४ लाख थियो ।
भैसीका पाठापाडी, बंगुरपालन, खोर सुधारका लागि ६८ जना किसानलाई बढीमाा ५ हजारका दरले बितरण गरियो । तीनवटा भैसी पाल्नेले २० हजार रुपैयाँ पाएका छन् । दुई पाल्नेले १० हजार पाए । यस्ता किसान ११ जना थिए । कृषिको कार्यक्रम अन्तर्गत जंगली जनावर संरक्षणको २ लाखको जति काम बाँकी छ । घेराबार लगाउने काम थियो ।
तरकारी खेतीलाई संरक्षण गर्ने योजना थियो । अघिल्लो वर्ष तीन घरले बारेका थिए । किसानले ५० हजार बराबरको भ्याटबिल सहितको सामान ल्याउनुपर्छ । शिक्षातर्फ पनि काम भएको छ । स्वास्थ्यतर्फ पनि काम भइरहेको छ । सेवा बन्द गर्दैनौं । शिक्षामा अन्तिममा आएको बजेट छ ।
ढिला गरी आएको बजेट भवन निर्माण गर्न समस्या होला जस्तो छ । वडाका योजनामा अन्तिममा आएका कार्यक्रम गर्न ढिलाई भइसकेको हो । स्थिति सुध्रियो भने काम गर्न अझै सकिन्छ तर स्थिति बिग्रियो भने समस्या हुनेछ । राष्ट्रपति शिक्षा कार्यक्रम गर्न समस्या होला जस्तो छ ।
पर्यटकीय क्षेत्रमा प्राथमिकता
रिब्दीकोट गाउँपालिकाको वडा नम्बर ४ भैरवस्थान पर्यटकीय क्षेत्र पनि हो । यहाँ पर्यटक पुग्ने भैरवनाथ मन्दिर रहेको छ । वार्डको यस वर्ष ६२ लाख थियो । ६५ लाखमा ३ कार्यालय खर्च रहेको छ । हामीले रानीठाँटीमा खेलमैदान बनाउन सकेका छैनौं। साना साना बजेट बढी बाँडियो ।
सडक ढलान गरिएको छ । ढेकुलडाँडामा सडक ढलान गरिएको छ । सामुदायिक भवन ढेकुलडाँडामा १ लाख ५० हजार दिइएको छ । रानीठाँटी, मसुरेमा सडक निर्माणका लागि एक एक लाखका थिए । भारकोटमा पनि सडकमा १ लाखको काम भएको छ ।
सडकमा हामीले स्तरोन्नतिको काम गरेका छौं । बाँकी रहेका काम गरेका छौं । कृषिमा ९ लाख छ । धानको बीउ बितरण गर्ने योजना छ । पशुपालनमा बाख्रा, बंगुर, कुखुरा, पाडापाडी खरिद गर्नेलाई अनुदान दिन्छौं ।
किसानको निवेदन लिएका छौं । ११ लाख बजेट छ । हाम्रो वडामा प्रदेशबाट आएको योजना भैरवस्थान मन्दिरमा छ । पूर्वाधार विकास कार्यक्रमको १५ लाख रहेको छ । प्रदेशको बजेट १० लाख रहेको छ । संघीयको मन्दिर जिर्णौद्धारको काम भइरहेको छ । कोरोनाका कारण काम अलि ढिला भएको छ ।
प्रदेश र गाउँपालिकाको साझेदार कार्यक्रम पनि छ । रानीठाँटीमा खानेपानीको समस्या थियो । यसमा लिफ्ट खानेपानी योजना चलेको छ । ५ लाखमा अस्थायी चलेको थियो । सौरगैरा लिफ्ट खानेपानी योजना अघि बढेको छ । दुई वटा राम्रो भवन निर्माण गरेका छौं ।
साविकको भारकोट र मसुरेलाई समेट्ने गरी सामुदायिक भवन, हटिया बजार क्षेत्रमा भवन निर्माण भएको छ । दुई तले भवन बनेको छ । सय जना जति अट्ने गरी ढेकुलडाँडामा भवन बनेको छ ।
ढेकुलडाँडा र हटियाको सामुदायिक भवनलाई फर्निचरको व्यवस्था गरेका छौं । कुखुरेढाप खानेपानी योजना अधुरो थियो । यसलाई सम्पन्न गरेका छौं । साविकको १, २, ५, ६ र ७ लाई धारा बितरण गरेका छौं ।
अब २० वर्षलाई खानेपानी पूरा हुन्छ । स्वास्थ्यको अस्पताल बनाउन जग्गा थियो । ढेकुलडाँडामा बन्ने स्वास्थ्य चौकी भवन पुनर्निमाणले बजेट सहयोग गरेको छ ।
कुसुमखोलाको जोड कृषि तथा पशुपालन
हाम्रो वडाको बजेट ६५ लाख थियो । भौतिक पूर्वाधार, सडक स्तरोन्नति, कृषि, शिक्षा, स्वास्थ्यमा जोड दिएका छौं । दुध डेरी संकलन कार्यक्रम लगायतमा ७ लाखको थियो । गतवर्ष पनि कार्यक्रम गरेका थियौं । पशुपालनमा बढी जोड दिएका छौं ।
सडक ग्राभेल गर्ने काम भएको छ ।साविक कुसुमखोला गाविस हुँदा विकास निर्माणले खासै चासो पाएको थिएन । धनी अत्यधिक सुविधा सम्पन्न र गरिव विपन्नता भएको वडा पनि यही हो ।
वास्तवमा धनी र गरिवको खाडल धेरै भएको वडाका रुपमा पनि चिनिएको छ । तरपनि हामी निर्वाचित भएपछि सकेको काम गरेका छौं । विकास निर्माणमा सडक, खानेपानी र अन्य पूर्वाधारलाई पनि ध्यान दिएर काम गरेका छौं । हामीले पशुपालन, सिटाके च्याउ, बाख्रपालन, भैसीपालन, फलफुल खेतीलाई ध्यान दिएका छौं ।
३५ प्रतिशत बजेट हामीले कृषिमा नै छुट्याएका छौं । निर्वाचनपछि समग्र कुसुमखोलाको विकास गर्नुपर्छ भनेर अघि बढेका छौं । धेरै काम भइरहेको छ । फोहोर व्यवस्थापन, थरी सुधारको कार्यक्रम पपिन गरेका छौं । खानेपानी पनि एक घर एक धारा अभियानमा जोड दिएका छौं ।
२२ वटा थरी सुधार गरिएको छ । लोकलकुखुरा र ब्रोइलर कुखुरापालनमा अनुदान दिइएको छ । नीतिगत रुपमा अप्ठेरो बाहेक गाउँमा हुने काममा कुनै अप्ठेरो छैन । टोलबस्तीमा काम गर्दा स्थानीयको सहयोग राम्रो पाइएको छ । शिक्षा, सचेतनाका हिसाबले पनि अघि बढेको छ ।
खरको छानालाई बिस्थापित गर्ने, कृषिमा आत्मनिर्भर मात्र होइन निर्यातयोग्य उत्पादन गर्ने योजना अनुसार अघि बढेका छौं। धेरै काम भएको छ । कतिपय काम बाँकी छ । तर पनि हामीले अब बाँकी अवधिमा गर्न सक्छौं ।
सम्पन्ता र विपन्नताको खाडल पुर्ने अभियानमा छौं । खानेपानी घरघरमा धारा बाँड्ने योजनामा छौं । जलेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन अघि बढेका छौं ।
पशुपालन गर्न चाहनेलाई तीन वर्षमा ऋण फिर्ता गर्ने गरी अहिले लगानी गरेका छौं । अपांगता भएका, ज्येष्ठ नागरिक, असहायका लागि पनि हामीले सहयोग गर्दै आएका छौ । घरमुलीको नाम, फोन नम्बर सहितको विवरण संकलन गरेका छौं ।
ठिमुरेको मुख्य जोड पूर्वाधार
हाम्रो वडामा ६८ लाख बजेट सिलिङ थियो । सडक स्तरोन्नतिमा रहेको छ । नेटादेखि देउराली छतिवन जाने सडकका लागि पालिकासहित ९ लाख थियो । त्यसमा पालिकाले ७ लाख दिएको थियो ।
तल्लो ताल सडकका लागि १ लाख ५० हजार थियो । नेटादेखि देउराली धुस्टुङ गोलफान हुँदै पाक्रीकोल रिङरोडका लागि १ लाख ५० थियो । यी सबै स्तरोन्नति हुन् । नयाँ ट्रयाक कालटार, पचभैया टोलमा १ लाख छुट्याइएको थियो ।
इजरडाँडादेखि गन्दीपतर्फ जाने बाटोका लागि पनि बजेट छुट्याइएको छ । १५ वटा बाटोका लागि बजेट विनियोजन गरिएको थियो । वडा कार्यालय नारायण मावि धुस्टुङतर्फबाट जाने सडकका लागि ३ लाख ५० हजार छुट्याइएको छ ।
यसको काम भइसकेको छ । हाम्रो वडामा काम सम्पन्न भएका छन् । केही योजनाको निकासा हुन बाँकी छ । मौरी घार तालिमका लागि २ लाख थियो । तल्लो ताल, बुढोखत्री, धुस्टुङका लागि ६७ वटा घार ५० प्रतिशत अनुदानमा दिइएको छ ।
कृषि तर्फ नै खोर सुधार, गोठ भकारो सुधारका लागि २ लाख विनियोजन गरिएको थियो । बाख्रा, गाई, भैसी पाल्नेलाई प्राथमिकता दिइएको छ । अनुदानमा आधारित रहेको छ । कृषिमा १ लाख ५० हजार थियो । ५ हजारका दरले दिइएको छ । बंगुर खोर र बाख्राको खोर, भकारो सुधारका लागि ८ हजार दिइएको छ ।
२ लाख यसमा बजेट विनियोजन गरिएको थियो । कृषि औजारका लागि ३ लाख छुट्याइएको छ । कुटानीपिसानी मिल र हाते टेक्टरका लागि बजेट विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ हामीले धेरै काम गरेका छौं । कोभिड १९ को महामारी छ ।
२ लाख बजेट छ । १ लाखको सेनिटाइजर, साबुन, बाल्टी, स्वास्थ्य संस्था, ८ वटा विद्यालयमा बाल्टी, मास्क दिइएको छ । अरु बाँकी बजेटबाट कृषितर्फ दिइएको छ । अब फेरी मास्क किन्ने, सेनिटाइजर, वृद्धवृद्धालाई औषधि उपचारका लागि ५० हजार जति छुट्याइएको छ ।
बाँकी १ लाख जति अझ स्वास्थ्यतर्फ बजेट राखिएको छ । पूर्ण सरसफाईको कार्यक्रम अघि बढेको छ । मचान बनाइएको छ । सरसफाई तर्फ ध्यान दिनका लागि बुढीखत्री टोलमा २ लाखको कार्यक्रम गरेका छौं । शिक्षा तर्फ पनि हामीले ग्रामीण क्षेत्रमा सामुदायिक विद्यालयमा अंग्रेजी, विज्ञान, गणितका विद्यार्थी कमजोर छन् ।
त्यसलाई प्रोत्साहन गर्न पुरस्कार दिने गरिएको छ । शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिएको छ । विद्यालयलाई पनि पुरस्कृत गरिएको छ । अभिभावकलाई पनि शिक्षा दिइएको छ । विद्यार्थी, व्यवस्थापन समिति, प्रधानाध्यापकलाई अभिमुखीकरण कार्यक्रम गर्नेका लागि १ लाख थियो ।
अहिले कोभिडले गर्दा समस्या छ । कृषिका उत्पादन फलेको छ तर बिक्री बितरणमा समस्या छ । यसमा सहजिकरणको समस्या छ । अन्त्यमा हाम्रो ध्यान भनेको समृद्ध ठिमुरे बनाउने नै हो ।
पालुङमैनादीमा भैसीपालनलाई जोड
पालुङमैनादीको बजेट सिलिङ ६८ लाख थियो । पशुपालनमा हामीले धेरै बजेट विनियोजन गरेका छौं । भैसीपालनका लागि २१ लाख विनियोजन गरेको छ । मैनादी, खातुङ, डढुवा, देउले, मैदिया, बतासे, डबका, पालुङमा विनियोजन गरेका छौं । भैसीपालनका लागि दिएका छौ ।
वडाले ३५ हजार दिन्छ त्यसमा अरु आफै लगानी गर्नुपर्छ । एक घरमा कम्तीमा एउटा भैसी हुनुपर्छ । एक भैसी बराबरको ३५ हजार दिएका छौं ।
मोटरबाटोका लागि बजेट त्यसपछि दिएका छौं । सईटोला मैनादीबाटोका लागि १ लाख ५०, गोहतेर पाखाशील जाने बाटो, थुम्किलादेखि तल्लाबारीलाई पनि बजेट विनियोजन भएको छ ।
बतासेदेखि पालुङ, साथै पालुङ नेटा लगायत धेरै सडकका लागि बजेट १५ लाख बढी बजेट छुट्याइएको छ । खानेपानी योजना पनि संचालन भएका छन् ।
अर्खौदि डढुवा खानेपानी आयोजना, भालुवन दसैंघर खानेपानी योजना, काफलमोहर पालुङ खानेपानी योजना, मैनादी ठूला पँधेरा थुम्किला खानेपानी योजनालाई पनि बजेट दिएका छौं । इन्टेक बनाउन पनि दिएका छौं ।
विद्यालयमा हामीले पनि बजेट दिएका छौं । पालुङ चण्डिका आधारभूत विद्यालयमा आइसिटिका लागि २ लाख दिएका छौं । प्रभात मावि मैनादीलाइृ २ लाख दिइएको छ । बतासे कालिका माविलाई ३ लाख दिइएको छ ।
प्रभात र बतासेका लािग फर्निचरका लागि दिइएको हो । स्वास्थ्य, आयुर्वेद, स्वास्थ्य इकाईका लागि पनि बजेट दिइएको छ । व्यवस्थापन, औषधि खरिदका लागि पनि दिइएको छ । कृषितर्फ बीउँबिजनका लागि छुट्याइएको छ । २ लाख बढी छुट्याइएको छ ।
कृषि सहकारीहरुलाई दिइएको छ । लक्षित कार्यक्रम अन्तर्गत हामीले महिलाले महिला दिवस मनाएका छन् । खेलकुद, युवा लाई पनि बजेट दिइएको छ । हाम्रो वडामा प्रदेशको योजना पनि छन् ।
पालुङमैनादी स्वास्थ्य चौकीमा भवन मर्मत र ल्याबका लागि १० लाख प्राप्त भएको छ । संघको योजना सभा हलका लागि बतासेमा १० लाख परेको छ । सामुदायिक भवन निर्माण भइरहेको मैनादीमा १० लाख संघीय बजेट परेको छ ।
बतासे फेक कचल सडकका लागि प्रदेशले बजेट दिएको छ । यसैगरी कुुसुमखोला सइटोला नजिकै कोल्डस्टोरका लागि पनि बजेट परेको छ । ५० लाख प्रदेश र गाउँपालिका ५० लाख विनियोजन भएको छ ।
ठिमुरेको मुख्य जोड पूर्वाधार
हाम्रो वडाको यो चालु आर्थिक वर्षको ७० लाख थियो । ७० लाख बजेटमध्ये हामीले मोटरबाटो र खानेपानीलाई प्राथमिकता दिएका छौं । मोटरबाटोका लागि २१ लाख रहेको छ । खानेपानीका लागि हामीले ८ लाख छुट्याएका छोै । अन्य बजेट ट्रस भवन निर्माण गरिएको छ ।
तीन वटा ट्रस भवन निर्माण भएको छ । काउलेको चौतारा भन्ज्याङमा भवन निर्माण भएको छ । लुम्बासमा सामुदायिक भवन निर्माण गरिएको छ । सोमहर आधारभूत विद्यालयलाई ट्रस भवन निर्माण भएको छ ।
ठूलो पोखरा भन्ने स्थानमा ट्रस भवन भनेपनि यसलाई पक्की पिलरसहित भवन निर्माण भएको छ । यसका लागि २ लाख ५० हजारका दरले दिएका छौं । मोटरबाटो अन्तर्गत हामीले यसवर्ष एउटा नयाँ ट्रयाक थागल्दीदेखि दाङसिंगडाँडा जाने खुलेको छ।
सुरुमा ६ लाख र अहिले १ लाख ५० हजार खर्च भएको छ । अझै ट्रयाक जोडिएको छैन । अघिल्लो वर्ष काम गरेर अधुरो रहेको भट्टेचौरदेखि चण्डीस्थान, ढोलीरहेदेखि रातामाटा मोटरबाटो, लुम्बासदेखि लाँकुर दुर्वली मोटरबाटोका लागि पनि बजेट विनियोजन गरेका थियौं ।
पेलाचौर क्षेत्रमा भानेचौर कालिका मन्दिरमा मोटरबाटो, ताल्तुङमा भेडीचौरदेखि झण्डीगाड्ने, ताल्तुङदेखि जोगेथान जोड्ने बाटोका लागि बजेट विनियोजन गरियो । खानेपानीका योजनाहरु अन्तर्गत बेग्दी क्षेत्रमा रातामाटा खानेपानी योजनाका लागि २ लाखको काम भइरहेको छ ।
सोमहर माझीगैरा खानेपानी योजना, ताल्तुङ बोकासिंह गैरा खानेपानी योजना भइरहेको छ । कृषि तथा पशुपालनका लागि ८ लाख बजेट विनियोजन गरेका थियौं । पशुपालनको क्षेत्रमा अनुदान दिइएको छ ।
पाडी पालनका लागि १० हजार अनुदान, बंगुरपालनका लागि ५ लाख अनुदान दिइएको छ । बाख्रापालनको बोका खरिदका लागि १० हजार दिएका छौं । १८ वटा पाडी, ३६ बंगुर, बोका ९ वटा दिएका छौं । कृषि सामाग्री खरिद गरिएको छ । घाँसकाट्ने, स्प्रे मेशिन, गोबर परीक्षण गर्ने माइक्रोसकोप, खसी पार्ने मेशिन किन्ने काम छ ।
पोषण तथा लक्षित कार्यक्रम पनि छ । सिलाईकटाई तालिम चलाइएको छ । वडाका सबै विद्यालयमा सबैलाई ट्रयाकसुट बितरण गरिएको छ । निजी स्रोतका शिक्षकलाई पनि एक एक सेट पोसाक दिइएको छ । सिँचाईको लागि गाउँपालिकाले पनि सहयोग नगरेकाले १ लाख बजेट विनियोजन गरेर डिपिआर तयार गर्ने योजना बनेको छ ।
विद्यार्थीका अभिभावकलाई सेचतनामूलक कार्यक्रम गर्न बजेट विनियोजन गरेका छौं । वडा कार्यालय, खानेपानी योजना पनि प्रदेशको सरकारबाट पनि सहयोग रहेको छ ।