
पाल्पा । रिब्दिकोट गाउँपालिकाले रिब्दीकोटमा ५ बेडको कोभिड अस्पताल र ५० बेडको अक्सिजनसहितको आइशोलेशन तयार गरेको छ । गाउँपालिकाले वडा न ३ को खस्यौलीमा अक्सिजन सहितको ५ बेडको कोविड अस्पताल सञ्चालन गरेको हो। त्यसमा चार जना स्वास्थ्य कर्मीहरूले सेवा प्रदान गर्नेछ ।
कोभिड १९ को संक्रमण जो कोही पनि हुन सक्ने भएकोले विरामीहरूसँग परिवारका सदस्य सरहको व्यवहार गरेर उपचार गरिरहेका छौ । समयसमयमा मनोबल उच्च बनाउने खालका सल्लाहा सुझावहरू प्रदान गर्दै आएका छौं ।
गाउँपालिकाले वडा न २ को खस्यौलीमा ३० शैैया र वडा न ५ को कुसुमखोलामा २० शैया गरी ५० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ । पछिल्लो समयमा संक्रमण फैलिरहेको समयमा र अस्पतालहरूमा संक्रमितहरूलाई उपचारमा समस्या नहोस भनी गाउँपालिकाले कोभिड अस्पताल र आइसोलेसन सेन्टर स्थापना गरेको हो ।
गाउँपालिकाले कोभिडबाट नागरिकहरुलाई सुरक्षित बनाउनका लागि सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । कोभिडका कारण गाउँपालिकाका नागरिकहरु पालिका भन्दा बाहिर जान नपरोस भन्ने हो । रिब्दिकोट गाउँपालिकाले कोरोना बिरामीहरुको हेल्थ केयर सम्बन्धि स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखिकरण चलाएको छ ।
स्वास्थ्यकर्मीहरुले कोभिड पोजेटिभ भई होम आईशोलेसनमा बस्ने सम्पूर्ण रिब्दीकोट बासीहरुलाई घरमै गई आवश्यकता अनुसारको सल्लाह दिनेछ । औषधी वितरण गर्ने र जटिल अवस्था आए पालिकाले संचालनमा ल्याएको कोभिड अस्पतालमा ल्याइने छ । आईशोलेशन सेन्टरमा रिफर गर्ने गरि सबै सुरक्षा सामाग्री र आवश्यक औषधी समेत दिई पठाएका छौं ।
खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. अमृत भट्टराई, डा. सच्चु थापाले सेवा दिनेछन् । कोविड १९ का संक्रमितहरूलाई कसरी व्यवस्थापन गर्ने, उपचार पद्धतिका बारेमा एवम उनीहरूलाई गरिने व्यवहारका बारेमा जानकारी दिइएको छ । गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसी पनि खटिएका छन् ।
पछिल्लो समयमा पाल्पाको पश्चिम भेगमा बढी कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् । कोरोना समुदायस्तरमा नै देखिन थालेको छ । रिब्दिकोट गाउँपालिकामा पनि यसको प्रभाव देखिएको छ ।
गाउँपालिकाले संक्रमित नागरिकको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूलाई सुरक्षित भई सेवा प्रदान गर्न तालिम प्रदान गरेका हौ । होम आईशोलेसनमा बस्दा केही समस्या भए डा. अमृत भट्टराई ९८४११७२९६७ र डा.सच्चु थापा ९८४९२५३७८९ मा सम्पर्क गर्न सकिन्छ ।