केन्द्र सरकारको विकल्प नभई सहअस्तित्व सहसम्बन्धका आधारमा प्रतिस्पर्धाको भावना र जनताको नजिकको सरकारको रुपमा विकास गनेर् मनसायले अधिकार, स्रोत सहित स्थानीय तहका रुपमा परिष्करण गनेर् सिलसिलामा साविकका आठ वटा गाउँ विकास समिति ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, पालुङमैनादी, ठिमुरे र फेक गाविसलाई मिलाएर दिगो एकाईका रुपमा विकास गनेर् गरी रिब्दीकोट गाउँपालिका गठन भएको हो ।
रिब्दीकोट गाउँपालिकाको कुल जनसंख्या १८, ७७० रहेको छ । यसको क्षेत्रफल १२४.५५ वर्ग किलोमिटर रहेको छ । यसको सिमाना पुर्वमा तानसेन नगरपालिका, पश्चिममा रैनादेवी छहरा गाउँपालिका, उत्तरमा तानसेन नगरपालिका र गुल्मी जिल्ला तथा दक्षिणमा तिनाउ गाउँपालिका रहेका छन् ।
औसत पारिवारिक आम्दानीमा कृषि व्यवसायको ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको मुख्य स्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । स्थानीय जनशक्ति मजदुरी र अध्ययनका लागि विदेशिने र बसाईसराई गनेर् क्रम अत्यधिक बढीरहेको छ । यस गाउँपालिकामा आधारभुत देखि माध्यमिक तहसम्म शिक्षा प्रदान गनेर् शैक्षिक संस्था उल्लेख्य रहेका छन् । यस गाउँपालिकामा २७ प्रा.वि., ६ मा.वि. र ६ उच्च मा.वि., ३ वटा क्याम्पस रहेका छन् । अधिकाशं घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् ।
स्थानिय निकायमा जनप्रतिनिधिको अभाव, योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रमा अपेक्षित विकास हुन सकिरहेको देखिदैन । त्यसैलाई आधार मानेर विनियोजन विधेयक, २०७७ को सिद्धान्त र प्राथमिकता, गाउँपालिकाद्धारा निर्मित कानुनहरु, गाउँकार्यपालिकाका निर्णयहरु तथा दीगो विकास लक्ष्यलाई मुख्य आधार बनाएर बजेट निर्माण गनेर् गरिएको छ । विभिन्न क्षेत्रका सरोकारवालाबाट प्राप्त हुन आएका महत्वपूर्ण सुझावलाई समेत बजेट निर्माण गर्दा विशेष ध्यान दिने गरिएको छ ।
स्थानीय सरकारको आन्तरिक स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित अनुदान तथा राजस्व बाँडफाँडलाई मुल आधार मानी हरेक वर्ष बजेट तथा कार्यक्रम तर्जुमा गनेर् गरिन्छ । बजेटमा गाउँपालिकाको आफ्नो क्षेत्राधिकारभित्र कर तथा गैर कर राजस्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखिन्छ । अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, पुँजीगत बजेटको अंश बढाउने र चालु खर्चमा मितव्ययिता ल्याउने गरी बजेट प्रस्ताव गरिन्छ । कार्यक्रमको छनौट, साधन स्रोतको बाँडफाँड र विनियोजनमा देखिने दोहोरोपनलाई न्यूनीकरण गर्न प्रशासनिक तथा प्राविधिक क्षमता, स्रोत तथा विनियोजनका वीचमा सन्तुलन कायम हुने गरी स्रोत व्यवस्थापन गनेर् गरिन्छ ।
घटना दर्ता प्रणालीलाई थप व्यवस्थित गर्न श्रावणदेखि नै सबै प्रकारका घट्ना दर्ता अनलाइन प्रणाली मार्फत गर्न शुरु गरिएको छ । राजस्व चुहावट हुन सक्ने सम्भावनाको अन्त्य गदैर् राजस्व आम्दानीलाई पारदर्शी बनाउन कम्प्युटराइज्ड विलिङ सिस्टम लागू गरिएको छ । सेतो घर कार्यक्रम अन्तर्गत खरका छानामुक्त गाउँपालिका घोषणा गनेर् लक्ष्य अनुरुप कुल २२८ घरधुरी खरको छानायुक्त भनी जस्तापाता माग भएकोमा विद्युतीय खरीद प्रक्रियाबाट जस्ता पाता खरीद गरी १ सय ६६ घरपरिवारलाई जस्तापाता उपलब्ध गराईसकिएको छ भने अन्य बाँकी घरपरिवारले समेत आवश्यक संरचना तयार गरी लैजाने क्रम जारी छ । जसले गर्दा यही आर्थिक वर्षमा नै खरको छानामुक्त गाउँपालिका घोषणा गर्न सक्ने अवस्थामा पुगेका छौँ ।
अपांगता भएका व्यक्तिहरुले परिचयपत्र समयमा नविकरण नभइ भोग्नु परेको समस्यालाई मध्येनजर गदैर् अपांगता परिचयपत्र वितरण सम्बन्धी कार्यविधि तर्जुमा गरी वडावडा र घरघरमै पुगी अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण सम्पन्न गरिएको छ । यसै आर्थिक वर्षको दोस्रो चौमासिकदेखि लागू हुने गरी ग वर्ग (पहेँलो कार्ड भएका) को अपांगता भएका व्यक्तिहरुलाई मासिक ८०० निर्वाह भत्ता दिन शुरुवात गरिएको छ । उत्पादनमा आधारित अनुदान अन्तर्गत टमाटर उत्पादक किसानलाई दिइदै आएको नगद अनुदानलाई निरन्तरता दिइएको छ, जसले गर्दा यस आर्थिक वर्षमा कृषि व्यवसायतर्फ थप कृषकहरुको आकर्षण बढेको छ । दुधमा प्रति लिटर १ रुपैया नगद अनुदान दिइदै आएकोमा श्रावण महिनादेखि प्रतिलिटर २ रुपैँया दिइएको छ । आगामी आ.व.देखि सुन्तला र कागतीमासमेत उत्पादनमा आधारित नगद अनुदान उपलब्ध गराउन कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याइएको छ ।
एक घर एक धाराको नीति अन्तर्गत १ करोड बढी लागतका पालुङमैनादीको पालुङमा चुर्पुकधारा लिफ्टिङ खानेपानी र फेकको सोमहरमा भालुवन लिफ्टिङ खानेपानी निर्माण सम्पन्न गरी घरघरमा धारा र मिटर जडित स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको छ । ढाप लिफ्टिङ खानेपानी, सौरागैरा लिफ्टिङ खानेपानी र खोप्चेखोला लिफ्टिङ खानेपानी आयोजनाहरु निर्माणाधिन रहेका छन् । सेवा प्रवाह र विकास निर्माणमा पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गनेर् उद्धेश्यले चालू आ.व.देखि चौमासिक सार्वजनिक सुनुवाईको शुरुवात गरिएको छ, जसबाट सेवा प्रवाह र विकास गतिविधि प्रति आमनागरिकको चासो, सरोकार, सहभागिता र अपनत्वमा वृद्धि भएको महशुस भएको छ ।
कृषि यान्त्रिकीकरण र व्यवसायीकरणका लागि कृषकहरुको मागको आधारमा मिनी टिलरहाते ट्याक्टर, कम्बाइन्ड मिल, प्लाष्टिक पोखरी तथा प्लाष्टिक टनेल वितरण गरिएको छ । योजनाबद्ध विकास र गाउँपालिकाको एकीकृत तथ्यांक अद्यावधिक गनेर् उद्धेश्यले गाउँपालिकाको प्रोफाइल र आवधिक योजना तर्जुमा कार्य यही आर्थिक वर्षभित्र सम्पन्न हुने चरणमा पुगेको छ । एकल महिलाहरुको सशक्तीकरण, उद्यमसिलता र आत्मनिर्भरताका लागि परालका जुत्ता, बाटेको अगरबत्ती बनाउने जस्ता विभिन्न आयमुलक कार्यक्रमहरु संचालन गरी उत्पादित बस्तुलाई गाउँपालिकाले नै खरीद गरी प्रोत्साहित गनेर् कार्य गरिएको छ ।
मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई आर्थिक रुपले विपन्न र लक्षित वर्गमा केन्द्रित गरी बाख्रापालन, बंगुरपालन, कुखुरापालन, अदुवा उत्पादन, मौरीको गोलासहितको घार, बोयर बोका वितरण जस्ता आयमुलक कार्यक्रम संचालन गरिएको छ, यसबाट आर्थिक रुपमा आत्मनिर्भरता र व्यवसायिकता प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । सँगसँगै निलो र पहेलो कार्ड प्राप्त अपांगता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य विमा गरिएको छ । वडाहरुसम्म पुग्ने सडकहरुको थप स्तरोन्नति र विस्तार गरी सहज यातायातको सुनिश्चितता एवं उत्पादित कृषिजन्य उत्पादनलाई बजारसम्म पहुँच विस्तार गनेर् उद्धेश्यले बतासे–ठिमुरे सडक, बतासे–पेmक सडक तथा देउराली–ख्याहा सडकको विस्तार एवं स्तरोन्नति कार्य भइरहेको छ ।
पूर्ण संस्थागत सुत्केरी भएको गाउँपालिका बनाउने नीति अनुरुप कुसुमखोला र देउरालीलाई पुर्ण सस्थागत सुत्केरी भएको वडा घोषणा गरिएको छ भने अन्य केही वडाहरु घोषणा हुने क्रममा रहेकोमा बन्दाबन्दीका कारण रोकिएको छ । यस आ.व. मा न्यायिक समितिमा हालसम्म १३ वटा मुद्धा दर्ता भएकोमा ९ वटा मुद्धा मिलापत्रमार्फत नै किनारा लगाइएको छ भने ४ वटा मुद्धा प्रक्रियामा रहेका छन् । गाउँपालिकाबाट प्रवाह हुने सेवासुविधा र आवश्यक कागजातका बारेमा नागरिकलाई जानकारी प्रदान गरी छिटोछरितो, सहज र सरल ढंगले सेवा प्रवाह गर्न घरघरमा नागरिक बडापत्र बितरण कार्य प्रारम्भ गरिएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारका लागि आवश्यक प्रबन्ध मिलाइएको छ, हरेक वडावडामा क्वारेन्टिन स्थल तयार गरी भारत लगायत अन्य देशबाट आउने व्यक्तिहरुलाई सुरक्षित र व्यवस्थित रुपमा राखी चेकजाँच पश्चातमात्र घर पठाउने व्यवस्था मिलाइएको छ । देशव्यापी रुपमा कोरोना संक्रमण फैलिएसँगै गाउँपालिका आफैले भिटिएम किट खरीद गरी चेकजाँचको व्यवस्था मिलाएको छ । कोरोना संक्रमण देखिएमा संक्रमितहरुको भरपदोर् उपचारका लागि लुम्बिनी मेडिकल कलेजको आइसोलसेन सेन्टर प्रयोग गनेर् गरी सम्झौता गरिएको छ । कृषकहरुले सहज रुपमा रसायनिक मलखाद प्राप्त गरुन् भन्ने उद्देश्यले सहकारीहरुसँग सहकार्य गरी वडा वडाबाटै माग बमोजिमको मलखाद उपलब्ध गराईएको छ ।
व्यवसायिकता प्रवद्र्धन गर्न तथा कृषि एवं पशुपालनमा युवाहरुलाई आकर्षित गर्न फर्म सुधार, गोठ सुधार तथा थरी सुधारका लागि नगद अनुदान उपलब्ध गराईएको छ । रिब्दीकोट जलेश्वरमन्दिर क्षेत्रमा थप भौतिक पूर्वाधार र संरचना तयार गरी आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आयमुलक वृक्षारोपण, नाली निर्माण, सडक मर्मत जस्ता कामममा बेरोजगार जनशक्तिलाई परिचालन गरिएको छ । विपदमा प् रेकाहरुको लागि विपद् व्यवस्थापन कोष मार्फत राहतको व्यवस्था गरी हालसम्म कुल २९ घरपरिवारलाई राहत सहायता उपलब्ध गराईएको छ ।
मुटु रोग, क्यान्सर जस्ता घातक र असाध्य रोगबाट पिडितहरुको लागि आजको मितिसम्म यस आ.व.मा कुल ६१ जनालाई आर्थिक सहायता उपलब्ध गराईएको छ । त्यसै गरी स्वास्थ्य संस्थामा गई सुत्केरी हुने आमालाई थप अतिरिक्त पोषण भत्ताबापत यस आ.व.मा हालसम्म ७९ जनालाई १ हजार ५ सयका दरले उपलब्ध गराईएको छ, यसबाट घरमै सुत्केरी हुने अवस्थाको करिब अन्त्य भएको छ । उल्लेखित उपलब्धिका बाबजुत समाजवादउन्मुख अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको निर्माण र व्यवस्थापन, आन्तरिक स्रोतकोआधार विस्तार, उत्पादन र उत्पादकत्व बृद्धि, आयोजनाको प्राथमिकीकरण, सुशासन प्रवद्र्धन र अन्तरसरकारी समन्वय स्थानीय सरकारको रुपमा हाम्रा प्रमुख चुनौती रहेका छन् । हामीले कोरोनाभाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्था गनेर् गरेका छौं । जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रदान गरिँदै आएको छ । लोकतन्त्रका लाभहरुको समानुपातिक, समावेशी र न्यायोचित वितरण गरिएको छ ।
स्थानीय सरकारको रुपमा विधायिकी, कार्यकारीणी र न्यायिक अभ्यासलाई संस्थागत गर्नुपर्छ । साधन स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध रिब्दीकोट बनाउनु रिब्दीकोटवासी जनताहरुको जीवनस्तरमा सुधार गर्न सामाजिक न्याय र रोजगारीका अवसरहरु प्रदान गरी आर्थिक वृद्धि हासिल गर्नु रहेको छ । राष्ट्रिय स्तरमा लिइएका आवधिक योजना, प्रदेश सरकारको लक्ष्य र सोँच एवं सरकारका नीति तथा कार्यक्रम एवं दीगो विकास लक्ष्यहरुलाई स्थानीय स्तरदेखि नै सहयोग पु¥याउनु रहेको छ । लैंगिक, अपा·ता, सामाजिक समूह, जात आदिका आधारमा गरिने विभेद अन्त्यगरी हिंसामुक्त सभ्य समाजको निर्माण गनेर् गरिएको छ ।
कोभिड–१९ को महामारीबाट जनताको जीवन रक्षा गरी जनजीवनलाई सुरक्षित र सहज बनाई सुरक्षित राख्न क्वारेन्टिन एवं आइसोलेसन व्यवस्थापन, अत्यावश्यक औषधि, स्वास्थ्य सामग्री एवं उपकरणको उपलब्धता, परिक्षणको दायरा विस्तार र उपचारको व्यवस्था मिलाइएको छ । कृषि, पर्यटन, उद्योग तथा व्यापार, सहकारी, वित्तीय क्षेत्रको विकास मार्फत आर्थिक विकास गनेर् गरिएको छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापन गनेर्, शासकीय सक्षमताको विकास गरी सुशासन र सदाचार प्रवर्द्धन गनेर् गरिएको छ । गाउँपालिकाका लागि संघीय सरकार र प्रदेश सरकारको समानिकरण अनुदान, शसर्त अनुदान, समपुरक अनुदान, राजश्व वाडफाड वाट प्राप्त हुने रकम, संघीय सरकारको विषेश अनुदान, मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम साथै पुर्वाधार विकास कार्यक्रम, विद्यालय क्षेत्र सुधार कार्यक्रम, झोलु·े पुल क्षेत्र कार्यक्रम , प्रधानमन्त्री रोजगार कार्यक्रम, गरिवसंग विशेश्वर कार्यक्रम, प्रदेश तथा स्थानीय तहमा क्षमता विकास कार्यक्रम, राष्ट्रिय परिचयपत्र तथा पंञ्जिकरण कार्यक्रम रहेको छ ।
हामीले आफ्नो वडा आफै बनाउँ भन्ने अभियान, कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार एवं भविष्यमा आउन सक्ने विभिन्न महामारीलाई मध्यनजर गदैर् स्वास्थ्य प्रणालीलाई सबल र सुदृढ तुल्याउन आवश्यक जनशक्ति व्यवस्थापन गदैर् स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास तथा सेवा विस्तारमा जोड दिइएको छ । विपद् र त्यसबाट सिर्जित स्वास्थ्य समस्यालाई सम्बोधन गर्न आवश्यक औषधि तथा उपकरणको लागि स्रोतको व्यवस्था छ । विभिन्न प्रकोप एवं जोखिमका कारण कृषकहरुले भोग्दै आएको क्षति न्यूनिकरण गरी किसानको लगानी सुनिश्चित गर्न गाउँपालिकाको अनुदानमा अनिवार्य वाली तथा पशु धन विमा गरिएको छ ।
विदेशबाट फर्किएका युवा जनशक्तिको सीपको विवरण अद्यावधिक गरी सीप अनुसारको उद्यमका साथै कृषि तथा पशुपालनमा आकर्षित गर्न सहुलियत ऋण तथा ब्याज अनुदान उपलब्ध गराइएको छ । कृषिको यान्त्रिकीकरण, व्यवसायीकरण एवं आधुनिकीकरण गदैर् उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषकहरुको माग र आवश्यकता बमोजिम साना कृषि औजार तथा यन्त्र उपकरण उपलब्ध गराइने छ ।समयमै रोगको पहिचान र उपचारमा सहयोग पुर्याउन पालुङ मैनादीमा प्रयोगशाला(ल्याब) स्थापना गरी सेवा उपलब्ध गराउन रु. १० लाख विनियोजन गरेको छु ।
ल्याब सेवाको संचालनबाट फेक, ठिमुरे लगायतका दुर्गम बस्तीका जनता प्रत्यक्ष लाभान्वित हुने विश्वास लिएको छु । प्रदेश सरकारसँगको सहकार्यमा कोभिड–१९ का कारण गाउँ फकेर्का कृषकहरुलाई उत्पादन सामाग्रीमा अनुदान दिइएको छ ।
कृषि उपज तथा कृषिजन्य उत्पादनको भण्डारण एवं खाद्य सुरक्षाका लागि प्रदेश सरकारको समपुरक अनुदान र गाउँपालिकाको लगानी समेतमा पायक पनेर् स्थानमा शित भण्डारको निर्माण भइरहेको छ । ) एक घर एक धाराको नीति अनुरुप सम्पूर्ण घरधुरीलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न झरझरे लिफ्टिङ खानेपानी, फेकमा योजना संचालन भएको छ । निर्माणाधीन लिफ्ट खानेपानी योजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने क्रममा छन् ।
बतासे–सोमहर–डेढु सडकको स्तरोन्नति र विस्तारका लागि संघीय सरकारको समपुरक अनुदान प्राप्त भएको छ । विद्यालयहरुको शैक्षिक सुधारका लागि मापदण्डका आधारमा दिइदै आएको अनुदान, परीक्षा संचालन, तथा विविध शैक्षिक गतिविधि संचालन भइरहेको छ । बालविकास केन्द्र संचालन नभएका ९ वटा विद्यालयमा वालविकास केन्द्र संचालन भइरहेको छ ।
गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा एकै प्रकारको रंगरोगन गरी एकरुपता कायम गरिएको छ । रिब्दिकोट हिल रिंगरोडको अपुरो भाग निर्माण एवं सुधारको काम भइरहेको छ । सिलांगे–चकल्दी–रजवे हुदै डुम्रे जोड्ने मोटरबाटो निर्माण भइरहेको छ । जातीय विभेद अन्त्य गर्न सहकार्य, क्षमता विकास एवं सहभातृत्वको विकासका साथै विभद े र छुवाछुत विरुद्धको कार्यक्रम भएका छन् । रिब्दीकोट जलेश्वरको पर्यटन पूर्वाधार विकास, केन्द्र सरकारसँगको सहकार्यमा सुन्तलाजात विरुवा रोपण अभियान कार्यक्रम, लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नयाँ लघु उद्यमी सिर्जना, एक वडा बहु पोखरी कार्यक्रम, एकल महिलाको सशक्तिकरण एवं आयआर्जन र क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
सहकारी संस्थाहरुको क्षमता विकास, तालिम तथा लागत साझेदारीमा आयमुलक कार्यक्रम संचालन, आयुवेर्द शिक्षाको विकास, जीवनयापन तथा जीवनशैली सुधार र प्रत्येक वडामा योग प्रशिक्षक तयार गरिएको छ । मुटु रोग, क्यान्सर जस्ता घातक र असाध्य रोगबाट पिडित रोगीहरुलाई दिइदै आएको आर्थिक सहायता, अस्पतालमा सुत्केरी भए बापत सुत्केरी आमालाई दिइदै आएको छ । गाउँपालिकाको आन्तरिक व्यवस्थापनलाई चुस्त, पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने, होमस्टेको थप विकास र विस्तार मार्फत पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना गनेर् उद्धेश्यले सामुदायिक तथा एकल होमस्टे संचालन तथा व्यवस्थापनका लागि अनुदान प्रदान गरिएको छ ।
खानेपानी आयोजनाहरुको मर्मत सम्भार एवं दिगोपनाको लागि सम्बन्धित उपभोक्ता समितिहरुलाई, मर्मत सम्भार तालिम, प्रधानमन्त्री रोजगार कार्यक्रम तथा मुख्यमन्त्री गामीण विकास कार्यक्रमलाइ सबै वडामा आवश्यकताको आधारमा रोजगारी प्रदान गर्न तथा आयमुलक र उत्पादनमुलक क्षेत्रमा परिचालन, वतासे–रिब्दीकोट–छतिवन मोटरबाटो, नैटोला–घोर्लिखर्क जोड्ने सडक, लघुवा–देउराली–मैनादी सडक, पालुङ–जेमरतुङ–लुम्बास सडक, सिलाङथोक–ओखलढुंगा सडक, ख्याहा–सातमुरे सडक, सुन्तला क्षेत्रमा सिंचाइ सुविधा उपलब्ध गराउने योजना संचालनमा छ ।
हाथोर्क बजार तथा बतासे बजार व्यवस्थापनका लागि एकमष्ट रु. ५ लाख बजेट विनियोजन गरेको छु ।
धन्यवाद ।