लापरवाही नागरिकबाट नहोस्

९० प्रतिशत कोरोना संक्रमित यतिबेला होम आइसोलेसनमा छन् । तर उनीहरुको केयरमा भने ध्यान पुगेको छैन । तर नागरिबाट पनि लापरवाही हुन भएन । नागरिकले समयमा स्वास्थ्यकर्मी, सम्बन्धित वडाका जनप्रतिनिधिलाई जानकारी नदिने समस्या छ । अर्को कुरा आफ्नै लापरवाहीले गर्दा ज्यान जोखिममा परेको छ । पाल्पाको दुई ठूला मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा अक्सिजन प्लाण्ट छ । तर उनीहरुले आफूले थेग्न सक्ने मात्र बिरामी भर्ना लिने गरेका छन् । सरोकारवालाले पनि यस विषयमा कुरा नउठाएका होइनन् । तानसेन नगरपालिका लगायत सरोकारवालाई समयमै ध्यान दिन सल्लाह सुझाव दिएको छ । अस्पतालमा बेड नभएपछि फर्काउने गरेको छ । पोजेटिभ भएका घरमा छन् । लापरवाही बढी छ ।

जिम्मेवार निकायलाई अनुरोध गरेपनि खासै वास्ता भने गर्दैनन् । सरोकारवाला नागरिक संक्रमित भएर मरिरहँदासम्म पनि कानमा तेल हालेर बसेका थिए । सबैको दबाव भएपछि अहिले बल्ल सुस्ताएका स्थानीय तह केही भए पनि उठेका छन् । धेरै तहबाट स्थानीय तहलाई सुझाव दिँदादिँदा हैरान भइसकेका छन् । निर्णय भएपछि कार्यान्वयनमा जानुपर्ने हो । तर कोही कसैले पनि काम गरेका छैनन् । जिम्मेवारपूर्वक काम गरेकै छैनन् । यस्तै हो भने आगामी दिनमा थप भयावह स्थिति आउन सक्छ । घरघरमै संक्रमित छन् । कोही बिरामी छन् कोही छ्रैनन् । समुदायमा पुगेको छ । अब झन् जटिल हुने अवस्था देखिएको छ ।अहिले एन्टिजेन, आरटिपिसिआर गर्दा ७० प्रतिशत बढीमा कोरोना पोजेटिभ देखिनु भनेको राम्रो लक्षण होइन ।

अहिले लक्षण देखिएकालाई अक्सिजन आवश्यक परेको छ । अक्सिजन बजारमा छैन् । अस्पतालमा पनि जटिल लक्षणका बिरामीलाई दिनुपर्ने अवस्था छ । होम आइसोलेशनमा बसेका अधिकांशलाई स्थानीय तहले मतलव नै गरेका छैनन् । पूर्वखोला र बगनासकालीले होम आइसोलेसनमा रहेका संक्रमितको दैनिक अवस्था बुझ्ने गरेको छ । अन्य स्थानीय तहले भने यस विषयमा कुनै जा“गर नै चलाएका छैनन् । ठूला अस्पतालले बिरामीलाई भर्ना लिएका छैनन् । लुम्बिनी मेडिकल कलेजमा तीनवटा भेन्टिलेटर छ । आइसियु छैन । त्यसैले नागरिक आफैले लापरवाही नगरौं । घरमै बसेपनि सम्बन्धित वडाका स्वास्थ्यकर्मी, जनप्रतिनिधिलाई जानकारी गराइराखौं ।

सम्बन्धित खवर