पूवखोलामा कोभिडपछि भएका काम

नेपालको संबिधान २०७२ को धारा ३५ ले निर्दिष्ट गरेको प्रत्येक नागरिकलाई राज्यवाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने छ ्र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवावाट वन्चित गरिने छैन, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ ।

प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनि संबिधानमा व्यबस्था भए बमोजिम पूर्वखोला गाउँपालिकाले स्वास्थ्य मानिसको सबै भन्दा ठूलो सम्पत्ति हो भन्ने मूल नाराका साथ स्वास्थ्य सम्बन्धि कार्य गर्दै आएको छ ्र स्वस्थ मानिसले मात्र परिवार, समाज र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान गर्न सक्छ ।

मुलुक संघियताको अभ्यासमा गएको सन्दर्भमा अहिले स्थानीय तहमा अधिकार विकेन्द्रित भएको छ । स्थानीय तह स्थायी सरकारको रुपमा स्थापित भएको छ । प्राप्त अधिकारलाई अर्थपूर्ण बनाई जनताको जीवन स्तरमा सुधार ल्याउन स्थानीय सरकारको रुपमा स्थापित पूर्वखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको छ ।

मोहन ढकाल
स्वास्थ्य शाखा प्रमुख
पूर्वखोला गाउँपालिका, पाल्पा

कोभिड १९ नामको कोरोना भाईरसबाट सिर्जित विश्वव्यापी महामारीको कारण उत्पन्न असहज परिस्थिति र नेपालमा समेत महामारीको रुपमा फैलिएकोले यस्को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पहल गरी गाउँपालिकाका जनताको स्वास्थ्य अवस्था सुधार, महामारी समुदाय सम्म जान नदिनको लागि स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, महिला स्वास्थ्य स्वमसेविका, स्थानीय संघ संस्थाहरु समेत परिचालनवाट महामारीलाई नियन्त्रण गरि व्यक्ति र समुदायमा बचाउन सकिन्छ भन्ने अभिप्रायका साथ स्वास्थ्य शाखाले हाल सम्म तपसिल बमोजिम कार्यहरु गर्दै आएको जानकारी गराउन चाहन्छु ।

हाल सम्म कोभिड १९ कोरोना भाइरसको एऋच् जाचँ गरेको संख्या १११९ जनालाई गरिएको छ । पिसिआर पोजेटिभ केश २९० जना छ । आरडिटि मार्फत कोभिड जाचँ गरेको संख्या जम्मा ३१६ छ । एन्टिजेन टेष्टमार्फत कोभिड जाचँ गरेको संख्या जम्मा ३८ जनामा २३ जना पोजेटिभ रहेको छ ।साउन देखि हाल सम्म पिसिआर गरेको ४४६ जना मध्ये १३० जना पोजेटिभ केश आएकोमा ५ जनाको कोभिडको कारणले मृत्यु भएको छ भने १ जना पोजेटिभ भएर लुम्बिनी मेडिकल कलेजमा बसेको नेगेटिभ भइ घरमा आए पछी पोस्ट कोभिडले गर्दा मृत्यु भएको छ ।

साउन देखि हाल सम्म कोभिड–१९ कोरोना भाइरस भएका ३१ जना कोभिड अस्पतालमा, ४० जना उद्धवुद्ध मा.वि. आइसोलेसनमा राखी उपचार गरियो भने ६ जना लुम्बिनी मेडिकल कलेजमा र ३७ जना होम आइसोलेसनमा बसेका छन् । कोभिड १९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि बिभिन्न शिर्षक जस्तै पिसिआर प्रयोगशाला निर्माण पाल्पा अस्पताललाई अनुदान, क्वारेन्टाइन तथा आइसोलेसन निर्माण, राहत वितरण, सवारी साधन प्रयोग, कोभिड अस्पताल करार कर्मचारी खर्च, स्वास्थ्य सामाग्री तथा औषधि खरिद स्वास्थ्यकर्मीहरुको लागि प्रोत्साहन जस्ता कार्य गर्दा ५१ लाख ९१ हजार खर्च भएको छ ।

पूर्वखोला गाउँपालिका गत आ.व.मा नेपालमा नै पूर्ण संस्थागत सुत्केरी घोषणा भएको गाउँपालिका सो कार्यलाई सुनिश्चता गर्नको लागि प्रत्येक टोल स्तरमा स्वास्थ्य सम्बन्धि कार्य गर्दै आएको हुदा पूर्ण संस्थागत सुत्केरी सुनिश्चता भएको साथै साउन देखि हाल सम्म १२७ जना सस्था सुत्केरी भएको छ भने घरमा ० नै भएको छ ।

पूर्वखोला गाउँपालिका भित्र २ वटा स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा संचालन गरिएकोमा साउन देखि हाल सम्म ३८ जनाले सेवा लिएका छन् । पूर्वखोला गाउँपालिकावाट गत आ.व.वाट सुत्केरी पश्चात घर भेट १६० जनालाई पिएनसि जाँच गरिएको छ । पूर्वखोला गाउँपालिकाको नागरिकहरुलाई सर्बशुलभ स्वास्थ्यको पहुच दिलाउन गाउँपालिकाको लगानीमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर छुटमा १ वटा एम्बुलेन्स खरिद गरि संचालनमा ल्याइएको छ भने भारतीय दुतावासको सहयोगमा १ वटा गरि गाउँपालिकाको दुई वटा एम्बुलेन्स संचालन गरिएको छ ।

प्रदेशमा नै नमुनाको साथ संचालन गरिएको ८० बर्ष माथिको जेष्ठ नागरिक २७० जनालाई र पूर्णअपांग भएका ३१ जनालाई घर घरमा गई स्वास्थ्य उपचार तथा जाडोको लागि ब्लान्केट वितरण गरि स्वास्थ्यको पहुच घर घरमा पुर्याएको छ । बिपन्न तथा दलित नागरिकहरुलाई गाउँपालिकावाट आर्थिक सहयोगमा स्वास्थ्य बिमा गराउने कार्य प्रभावकारी बन्दै गएको छ भने यस आ.व.मा अति बिपन्न १०० घर परिवारलाई पूर्ण निशुल्क र दलितलाई ५० प्रतिशत छुटमा १५० घर परिवारलाई स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई निरन्तर दिईएको छ ।

बीरकोट स्वास्थ्य चौकीवाट ल्याब सेवा संचालन गर्दै आई राखेको छ । प्रदेश सरकारको अनुदानमा ३ वटा स्वास्थ्य चौकी जल्पा, देवीनगर र सिलुवा स्वास्थ्य चौकीमा जनस्वास्थ्य प्रयोगशाला संचालन गरिएको छ भने आगामी आ.व. सम्ममा सबै स्वास्थ्य चौकीमा ल्याब सेवा संचालन गरिने छ ्र सो कार्यको लागि जनशक्ति व्यबस्थापन गाउँपालिकाले गर्नेछ । प्रदेश सरकारको अनुदानमा सिलुवा स्वास्थ्य चौकीमा बर्थिंग सेन्टर भवन निर्माणको कार्य अगाडी बढाईएको छ ।

हेक्लाग स्वास्थ्य चौकी भवन निर्माण कार्य अगाडि बढाईएको छ । पूर्वखोला गाउँपालिकाले स्वास्थ्यको पहुच कम भएको बिकट ३ ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि संचालन गरिएको छ । पूर्वखोला गाउँपालिका पूर्ण खोप सुनिश्चता भएको छ यसलाई निरन्तरता दिनलाई स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु स्वास्थ्य चौकीहरुवाट गरिदै आएको छ । पूर्वखोला गाउँपालिकालाई पूर्ण पोषणयुक्त,पूर्ण सरसफाई युक्त बनाउनको लागि स्वास्थ्य कार्यक्रम गरिएको छ । स्वास्थ्य चौकीमा सुत्केरी हुन आउनेहरुलाई पोषिलो झोलिलो खानाको शुरुवात गरिएको छ ।

सबै बिद्यालयहरुमा स्वास्थ्य शिक्षा कार्यक्रमलाई निरन्तरता दिईएको छ । पूर्वखोला गाउँपालिकामा कोभिड अस्पतालमा कर्मचारी समेतको जनशक्ति राखी मिति २०७७ मंसिर १० गतेबाट सेवा सुचारु गरेको छ । कोभिड १९ रोग रोकथाम तथा नियन्त्रणको लागि कोभिड अस्पतालमा १० वटा अक्सिजन सहितको बेड तयार गरिएको छ । पूर्वखोला गाउँपालिका वार्ड नं. ५ विरकोटको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि १५ शैयाको अस्पताल बनाउन भवनको ठेक्का प्रक्रिया अगाडी बढाईएको छ ।

पूर्वखोला गाउँपालिका वार्ड नं. ५ विरकोटको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि १५ शैयाको अस्पताल बनाउन भवनको ठेक्का प्रक्रिया अगाडी बढाईएको छ । पूर्वखोला गाउँपालिकाको केन्द्र रहेको ठाउँमा १० शैयाको अस्पताल निर्माण गरि सेवा विस्तार गर्न आठौ गाउँ सभावाट निर्णय गरिएको छ । यस्तै गरि पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखाले सम्पूर्ण नागरिकलाई स्वास्थ्यको अनुभूति दिलाउनको लागि सम्पूर्ण जनप्रतिनिधि, पत्रकार, आमनागरिक,कर्मचारीहरुको सहयोगको अपेक्षा राख्दछ धन्यवाद ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय