पूर्वाधारमा जोड दिएका छौं
सिलुवामा हामीले धेरै काम गरेका छन् । दसैं मोटरबाटो सरसफाईमा ५ लाख खर्च भएको छ । पूराना मोटरबाटो मर्मतका लागि ५ लाख खर्च गरियो । सिँचाई योजनातर्फ ठूलोकुलो निर्माण अल्कीचौर, गुगरीघाट सिँचाई कूलो, तालखोला कूलो योजना गरी १ लाख ७० हजारमा काम गरिएको छ ।
नर्सरी व्यवस्थापन वडामै गरिएको छ । ५० हजारको योजना कैनपानीमा गरिएको छ । खानेपानीतर्फ कोक्सेनी खानेपानी योजना पाइप खरिद तथा मर्मत १ लाख, बैछापमा एक घर एक धाराको १ लाख ८०, मस्साङ खानेपानी योजना ५ लाख रहेको छ । विद्यालयतर्फ मदन आश्रितमा भुँई बसाइ १ लाख ३० हजार, जनजागृति प्रावि तटबन्ध निर्माण, मनकामना प्रावि मोटरबाटो १ लाख २० हजारको योजना रहेको छ ।
संस्कृति प्रवद्र्धनतर्फ पनि कोटघर दुर्गामन्दिर सिलुवा बराजुथपना भन्दा माथि, माझकोट नेवार जाती भीमसेन, विरुवामा प्रतिक्षालय तयार, दार्सिङभन्ज्याङ प्रतिक्षालय निर्माण भएको छ । यसैगरी माझथर प्रतिक्षालय, अकलादेवी पौवा निर्माण योजना, गोलीपाटन थपना पौवा निर्माण, युवा तथा खेलकुद सानो गल्धा खेलमैदान मर्मतमा पनि खर्च गरिएको छ ।
लक्षिततर्फ बालबालिकातर्फ विद्यालयमा सेनिटाइजर, डिटेल साबुन, मास्क पनि बितरण गरिएको छ । युवा लक्षित कार्यक्रम अन्तर्गत भलिबल, नेट बितरण तथा मैदान मर्मतमा सहयोग गरिएको छ । कृषितर्फ नर्सरी व्यवस्थापन तालिम ५० हजार गरिएको छ । मण्डली बराजु टस निर्माण योजना ५० हजारको रहेको छ ।
भवनतर्फ पनि माझकोट महिला भवन निर्माण, मनहरी युवा तथा महिला भवन, अल्किचौर प्रतिक्षालय मर्मत योजना, पड्केभन्ज्याङ स्वास्थ्यकेन्द्र, बजरे महिला भवनका लागि पनि बजेट छुट्याइएको छ । मोटरबाटोका लागि रेचेदेखि पाङजुङ, मनहरी गेझाबारी, मस्लाङदेखि पड्केभन्ज्याङ, पड्केभन्ज्याङदेखि रोमन्दी, डुम्रेदेखि जामकोट मोटरबाटो योजनाको काम पनि भएको छ ।
कृषि र पूर्वाधारमा जोड
जल्पामा कोभिडको अवस्था सामान्य छ । यतिबेला दुई जना मात्र छन् । अहिले क्वारेन्टाइनमा छैनन । होम आइसोलेसनमे बसेका छन् । चुलीडाँडा पर्यटकीयस्थल निर्माणको काम भइरहेको छ । सडक निर्माणको काम भएको छ । पार्क बनाउने काम भइरहेको छ । यसमा ८ लाख बजेट थियो ।
वडाको बजेट ६५ लाख हो भने लक्षिततर्फ ५ लाख थियो । वडादेखि पालिका जोड्ने सडक निर्माणको काम ५० लाखमा भएको छ । यसमा प्रदेशको सहयोग रहेको छ । यसवर्ष हामीले सडक नपुगेका स्थानमा सडक पुगेको छ । ३ लाखको बजेटमा मैदानमा बस पुगेको छ । साठीकोल जाने सडकका लागि स्तरोन्नति गरिएको छ ।
८ लाख बजेट थियो । सामुदायिक भवन निर्माण भएका छन् । माथिल्लो झेरुदी सामुदायिक भवनमा ३ सय जना मान्छे अट्ने छ । ३ लाख मात्रै बजेट भएपनि क्रमागत योजना हो । कृषिमा जोड दिएका छौं । बाख्राका लागि तीन समूहमा एक एक लाखका दरले दिएका छौं । मैदान, झेरुदी र साठीकोलमा एक एक लाख दिएको हो ।
उन्नत जातका बोका ल्याउनका लागि सहयोग गरेका छौं । जोनले ल्याएको कार्यक्रम ७२ घरमा सहयोग गरेको छ । पहिला तीन र अहिले एक लाख रुपैयाँ आठ जना महिला समूह मैदानमा बाख्रापालन गरेका छन् । बोयर बोका र २० मााउ छन् । अहिले आफैले जग्गा किनेर घाँस रोपण गरेका छन् ।
दिनमा दुई जनाले रेखदेख गर्छन् । चिडिया घर, मादले गुफालाई व्यवस्थित गर्नका लागि तीन लाख सहयोग गरिएको छ । वडाले खानेपानी योजना गरिएको छैन तर प्रदेशको सहयोगमा योजना संचालन भइरहेको छ ।
सामान्य क्षति भएकाहरुलाई पाइप बितरण गरिएको छ । उपभोक्ताको ६० हजारमा प्रदेशले ६० हजार दिने गरी २० बटा बनिरहेको छ । २ सय वटा टनेल जोनको १० लाखमा बन्दैछ ।
सामुदायिक भवन निर्माणमा बढी खर्च
हामीले प्रत्येकटोलमा सामुदायिक भवनलाई तीनलाखका दरले बितरण गरिएको छ । पाँच वटा टोलमा बन्ने टोल विकास समितिमार्फत भवन बन्ने छ । वडाको बजेट ६५ लाख हो भने लक्षिततर्फ ५ लाख थियो ।
आमा समूह, सहकारी, वन समूह छन् । बैठक बस्न, व्यवस्थापन गर्नका लागि ओत अफिका लागि सहयोग गरेको हो । सिँचाईका योजना संचालन गरिएको छ । सातबिसे सिँचाई, पूर्वखोलालाई २ लाख दिइएको छ ।
अन्य फुटकर सिँचाईका लागि ५ लाख दिइएको छ । विद्यालय भवन निर्माणका लागि ८ लाख बजेट विनियोजन गरिएको छ। उद्वुद्ध माविमा खेलमैदान निर्माणका लागि तीन लाख दिइएको छ । जनउज्जवल आधारभूत विद्यालय अर्खलडाँडालाई १ लाख ५० दिइएको छ ।
पहिरो गएकाले संरक्षणका लागि दिइएको छ । बाराही प्राविका लागि १ लाख १५ हजार, तीन कन्या प्राविलाई १ लाख १५ हजार दिइएको छ । सडक स्तरोन्नतिका लागि मर्मत सम्हारका लागि ६ लाख दिइएको छ । पहिरो बढी गएकाले पनि बढी खर्च भयो। नयाँ सडक लप्सीभन्ज्याङदेखि सिकारभन्ज्याङ जाने सडकका लागि २ लाख दिइयो ।
खानेपानीका लागि वडाले ७ लाख २० हजार दिइएको छ । साविकका वडालाई एक घर एक धारा निर्माणका लागि समानुपातिक हिसाबले बितरण गरेको छ । प्रदेशले वडामा योजना दिएको छ । अर्खलडाँडामा खानेपानी योजना ५६ घरमा पुगेको छ । ३० हजारका दरले दुई टंकी बनेको छ ।
प्रदेशसरकारले ४३ घरलाई कोरङ्गामा खानेपानी योजना चलाएको छ । सातबिसे क्षेत्रमा २० घरधुरीलाई प्रदेश सरकारकै सहयोगमा खानेपानी योजना भइरहेको छ । कृषिमा वडाले हाते टेक्टर ५० प्रतिशत अनुदानमा १६ वटा बितरण गरेको छ । साविकका वडालाई मध्ये नजर गर्दै सहकारी, समूहमार्फते बितरण गरिएको छ ।
सडकमा समपुरक कोषबाट १ करोड ३० लाखमा खल्लुकभन्ज्याङ्देखि बिर्ताबजार सडकको काम भइरहेको छ । हुमीनदेखि रिङ्नेरह सडक ३२ करोडको टेण्डर स्वीकृत भएको छ । यो सडक कालोपत्रे हुँदैछ ।
उद्वुद्ध मावि नजिकै गेट र बस्ती विकासबाट १५ लाखको बजेटमा कल्भर्ट बनेको छ । कलेज सम्बोधनमा ५ लाख उद्वुद्धमावि सम्बोधन ८ लाख गाउँपालिका मार्फत् आएको छ ।
एक घर एक धारालाई प्राथमिकता
हाम्रो लागि वडाले वडाको बजेट ६५ लाख हो भने लक्षिततर्फ ५ लाख थियो । हामीले यही बजेटबाट सामुदायिक भवनका लागि २५ लाख दिइएको छ । तल्लो लेमढेम ५लाख, काफलडाँडा ५ लाख, सिमल्दी ५ लाख, बलीपोखरा ५, गतवर्षको क्रमागत महकाल तीन र बेसर्घामा २ लाख दिइएको छ ।
सामुदायिक भवन बनेपछि बैठक बस्नलागि प्रयोग गरेका हौं । अब साविकको समानसिंहमा मात्र बाँकी छ । अर्काे वर्षमा पूरा हुनेछ । हामीले बाँकी रहेको बजेटबाट सिँचाईमा लगानी गरेका छौं । सडकमा लगानी भएको छ । सिँचाईतर्फ ढाबखोला, तल्लो लेमढेम, बलीपोखरामा सिँचाईका लागि ५ लाख बजेट दिइएको छ ।
खानेपानीतर्फ पनि हामीले बजेट विनियोजन गरेका छौ । मर्मतका लागि दिइएको हो । प्रदेशबाट धारादी लिफ्ट खानेपानी योजना छ । २ सय घरपरिवारका लागि एक घर एक धारा निर्माण भइरहेको छ । पूर्वाधार विकासका लागि बढी खर्च भएको छ। वडा भवन मर्मतको ५ लाख खर्च गरिएको छ ।
गतवर्ष सांसद विकास कोषको बजेट थियो तर काम गर्न पाइएन । यसवर्ष आफैले बजेट विनियोजन गरेर सम्पन्न गर्दैछौं । बढी वर्षा भएर अघिल्लो वर्ष धेरै काम हुन सकेन । यसवर्ष हामीलाई मर्का परेको छ । हामीले देवीनगर वडा अन्तर्गत काफलडाँडादेखि ढावखोला हुँदै Σयामिरेका लागि ४ लाख दिइएको छ ।
नाली निर्माणका लागि सबै सडकमा दिइएको छ । यसका लागि ५ लाख विनियोजन गरिएको छ । मुन्टुङदेखि उड्डाँडा जानका लागि ३ लाख, जमुनाखर्कदेखि चेवाफाँटका लागि २ लाख, बलीपोखरादेखि सिमल्दीका लागि २ लाख बजेट दिइएको छ ।
खायखोला सार्वजनिक धारा निर्माणका लागि १ लाख ५० हजार बजेट दिइएको छ । महकाँलदेखि कोन्द्रेखोला सडकका लागि तीन लाख दिइएको छ । केरौली लिफ्ट खानेपानी योजनाका लागि ४ लाख दिइएको छ । यहाँ २२ घर देवीनगर पर्छ ।
समग्र पूर्वाधारको काम गरेका छौं
हाम्रो बीरकोट वडाका लागि वडाको बजेट ६५ लाख हो भने लक्षिततर्फ ५ लाख थियो । हामीले शिक्षातर्फ किसान प्राविमा कम्पाउण्ड निर्माण गरेका छौं । कृषि उपज संकलन तथा वितरण केन्द्र भवन व्यवस्थापन, भोर्से स्वास्थ्य इकाई घेराबार तथा विद्युत् व्यवस्थापन गरिएको छ ।
पोखरीछापमा शौचालय निर्माण भएको छ । डुम्रीकोनदेखि फुरुङदी मोटरबाटोको नयाँ ट्रयाक खोलिएको छ । कृषिवूतु निर्यातका लागि गाडी गरिद गरिएको छ । कालिका प्रावि गेट तथा फर्निचर व्यवस्थापन भएको छ । कर्नेडाँडा सामुदायिक भवन निर्माण, सडक सरसफाई तथा मर्मत गरिएको छ ।
लामोभट्टी मालेखरक सातबिसे मोटरबाटो निर्माण भएको छ । साँधभन्ज्याङ बुढीलेक मोटरबाटो, पोमेखोला सिँचाई योजना, पोखरीछाप शिखरडाँडा दडेउटा मोटरबाटो निर्माणको काम भएको छ । निशानडाँडा शौचालय निर्माण, पोखरीछाप, बार्झे मोटरबाटोको काम पनि वडाबाट भएको छ ।
आफरडाँडा खानेपानी टंकी निर्माणको काम भएको छ । बाहुन्दी लिफ्ट खानेपानी मर्मत, आँफरडाँडा कर्मुघा मोटरबाटो स्तरोन्नटि तथा वाल निर्माण, मण्डली प्रावि भुँइ बसाई व्यवस्थापन गरिएको छ ।
थापडाँडा क्यापिन सिँचाई, स्याफट भैरवमन्दिर निर्माण, मारुनटिोल खानेपानी योजना निर्माण, भैसादी मोटरबाटो, मौलाथर नौ दुर्गादेवी मन्दिर घेराबार गरिएको छ । कुमालगाउँ मोटरबाटो, जन्मभूमि खेलमैदान, योगीपोखरा निशानडाँडा ढलाई, थापडाँडा सामुदायिक भवन निर्माणको काम भएको छ ।
भैसादी खेलमैदान निर्माण, स्याफट माथिल्लो टोल मोटरबाटो, हटिया सामुदायिक भवन, जिविएच ट्रस निर्माण, मोचाबारी सामुदायिक भवन, बुढीलेक सिँढीबाटो निर्माण, वाशा शौचालय, देउराली खानेपानी मर्मतको काम पनि भएको छ । चालुसडक सरसफाई गरिएको छ । आफरडँडा सामुदायिक भवन तथा अकलादेवी फिल्ड तथा मन्दिर निर्माण भएको छ ।
कृषि र पशुपालनमा जोड
पूर्वखोला गाउँपालिका–६, हेक्लाङ् वडाका लागि वडाको बजेट ६५ लाख हो भने लक्षिततर्फ ५ लाख थियो । तर हामीले यसअघि धेरै काम गरेका छौं । हामीले चालु आर्थिक वर्षमा ५ लाखको हेक्लाङ्मा खेलमैदान निर्माण गरेका छौं ।
सबैका लागि आवश्यक खेलमैदान भएकाले पनि यहाँ निर्माण गरेका हौं । हामीले ४ लाख मामाभान्जा कुखुरा फार्मका लागि दिएका छौं । कानुङ खुमडाँडा कृषक समूहका लागि ८ लाख, चुलीडाँडा कृषि फर्ताका लागि ७५ हजार दिएका छौं ।
पनेर्दी मोटरबाटोका लागि २ लाख ५० हजार, बरघरे कृषि फार्मका लागि एक लाख दिएका छौं । यसैगरी पूर्निमा कृषि फर्मका लागि ७५ हजार, चालु सडक मर्मतका लागि ४ लाख दिएका छौं । तल्लो खोरेदी मोटरबाटोका लागि २ लाख, काम्मु बंगुरफार्मका लागि १ लाख, कानुङ बंगुरफार्मका लागि एक लाख बितरण गरिएको छ ।
अन्य कामहरु पनि भइरहेको छ । यो बाहेक पनि गाउँपालिका र वडाको सहयोगमा लाँकुरी लिफ्ट खानेपानी योजना १ करोडमा सम्पन्न भएको छ । झेमराङ लिफ्ट खानेपानी योजना प्रदेको सहयोगमा १ करोडमा सम्पन्न भएको छ । बराहदेवी लिफ्ट पोखराथोकको खानेपानी योजना सम्पन्न भएको छ ।
स्वास्थ्यचौकी भवन निर्माण भइरहेको छ । कृषिको क्षेत्रमा पनि धेरै काम गरेका छौ । फार्ममा अनुदान दिएका छौं । संघीय बजेट र गाउँपालिकामा २ करोडको ७ मिटरको बाटो निर्माणको काम भइरहेको छ । हेक्लाङमा समृद्धिका लागि धेरै काम भएको छ । पनेर्दी लिफ्ट खानेपानी ५० लाखको काम भइरहेको छ ।
प्रदेश र गाउँपालिकाको सहयोगमा कानुङ खुमडाँडाका कृषि समूहका लागि कृषि फार्मका लागि गाडी खरिद गरिएको छ । सालबास खानेपानी लिफ्ट योजना सम्पन्न भएको छ । लक्षितवर्गतर्फ पनि काम भएको छ । तालिम, क्षमता अभिवृद्धिका कार्यक्रम सम्पन्न भएका छन् ।