तिनाउ गाउँपालिकाको वडाका असल अभ्यास

खानेपानी र स्वरोजगारमा ध्यान

तिनाउ गाउँपालिका १, कचलमा स्थानीय निर्वाचन पछि कामले तीव्रता पाएको छ । चुरे तथा महाभारत क्षेत्रमा यो वडा पर्छ । चालु आर्थिक वर्षमा पनि कचलका लागि ५० लाख सिलिङ आएको थियो ।

सोही अनुसार योजना बाँडफाँड गरिएको छ । सम्बोधन नभएकाहरु गाउँपालिकाबाट योजना परेको छ। बुढीकोटदेखि काफलबारी पुग्ने नयाँ मोटरबाटो खनिएको छ ।

बुढीकोटमा लिफ्टि १ करोडको खानेपानी योजना चलेको छ । पेलाचौर रितुग ठाडे मोटरबाटोको काम अघि बढेको छ । छतिवनदेखि ओखलढुंगा ग्राभेलको काम अघि बढेको छ । खुर्सानेदेखि कचल मोटरबाटो ५० लाखको रहेको छ ।

यहाँ काम भइरहेको छ । ठुली उदांङ लिफ्टिङ खानेपानी अधुरो थियो र अहिले पूरा भयो । सम्पन्न गर्नका लागि ५लाख ५० हजार रहेको छ । खानेपानीका योजना पनि धेरै छन् ।

वडास्तरीय खेलमैदान बनेको छ । ज्योतिदमारमा खेलमैदान बनेको छ । यसका लागि १० लाख रहेको छ । शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि काम भइरहेको छ । कृषि क्षेत्रमा पनि काम भएको छ ।

पुनर्निमाणबाट ७२÷७२ लाखको काम युवावर्ष र ज्ञानोदयमा सम्पन्न भएको छ । अन्य सानातिना काम पनि भइरहेको छ । झिंगामारामा पनि मन्दिर निर्माणको काम भएको छ । ठूलो लुम्पेकबाट आएकहरुले लुम्पेकी मन्दिर बनाएका छन् । कचल फाँटमा पनि विकास निर्माणका काम भइरहेको छ ।

ठुलीउदाङ र सानीको बीचमा सिद्धबाबा मन्दिरमा जाने सिँढी बनाइएको छ । सानातिना काम भइरहेको छ । लघुउद्यम कार्यक्रम अन्तर्गत स्वरोजगारका तालिम चलेको छ । ओखलढुंगा, कचलफाँट, झिँगामारा, ठुली र सानी उदाङ, ताल, मुर्थुङ, छतिवन, आर्खुते लगायतका बस्तीरहेको छ ।

दोभानमा पर्यापर्यटनमा जोड दिइयो

तिनाउ गाउँपालिका वडा नम्बर २ दोभान क्षेत्र गाउँपालिका रहेको स्थल हो । यहाँ विकास निर्माणका काम भइरहेका छन् । सबै भन्दा महत्वपूर्ण काम पर्यापर्यटन अन्तर्गत अविरल पार्कमा काम भएको छ । प्रदेशको २५ र गाउँपालिकाको २५ लाखमा काम भइरहेको छ ।

एक घर एक धारा अन्तर्गत सातपत्रे टोल (गाउँपालिका वरपरको टोल) मा खानेपानी योजना सम्पन्न भएको छ । यस वर्ष १५ लाखको यो योजनामा निरन्तर चल्दै आएको र यसवर्ष सम्पन्न भएको हो ।

गणेशटोलमा ५ लाखमा एक घर एक धारा योजना सम्पन्न भएको छ । तिनाउकै गरिमामय कार्यक्रम अन्तर्गत अघिल्लो वर्ष रोकिएको काम यसवर्ष कालोपत्रको काम हुँदैछ । यसमा माननीय सोमप्रसाद पाण्डेयको पूर्वाधार विकास कोष अन्तर्गत २० लाखमा काम भइरहेको छ ।

प्रदेशबाट आएको बजेटबाट दोभान मावि खेलकुद मैदान निर्माण भइरहेको छ । कृषि, पशु आयआर्जनका कार्यक्रम भएका छन्। पासकुण्ड र खुर्सानेमा तरकारी खेतीमा सहयोग गरिएको छ । जोनबाट सहयोगमा बोटेगाउँमा तरकारी खेतीको व्यवसायिक काम भइरहेको छ ।

वडाध्यक्षसँग जनता आवास कार्यक्रम अन्तर्गत टुहुरा बालबालिकाका लागि मार्रावासमा र हरियाली गाउँमा वृद्ध असहायको घर निर्माण भएको छ । टिन र ५० हजार नगद दिएर घर बनाइएको छ ।

झुम्सामा शिक्षामा बढी जोड दिइयो

वडामा हामीले धेरै विकास निर्माण काम गरेका छौं । तिलोत्तमा मावि प्राविधिक शिक्षालय अटोमोवाइलका लागि भवन निर्माण गरिएको छ । दुई वटा भवन निर्माण भइरहेको छ । १ करोड २८ लाख प्रशासनिक भवन निर्माण गरिएको छ । चमेना गृह भवन पनि निर्माण भइरहेको छ ।

६४ लाखको भवन हो । यसवर्ष १९ लाखबाट काम अघि बढेको छ । वडा भवन निर्माण भएको छ । सडक विभागले प्रयोग गरेको जग्गामा भवन निर्माणको काम ६५ लाखमा काम भइरहेको छ ।

वडाले एक आर्थिक वर्षमा दुई वटा गरिवको घर बनाउने अन्तर्गत एक लाख २५ हजारका दरले निर्माण भएको छ । दुई वटा घर श्रीडाँडामा निर्माण भइरहेको छ । सडक निर्माणको काम भइरहेको छ ।

वडालाई दिएको बजेट ४५ लाख थियो । गाउँपालिकाले दिएको बजेटबाट हामीले झण्डै एक करोडको काम गरिएको छ । सबै घरमा बिजुली पुगेको छ । मिटर र तार दिएका छौं ।

सबै घरमा शौचालय बनाइएको छ । १८ घरमा १० हजार अनुदान दिइएको छ । प्रगतिशिल आमा समूह, झुम्सामा २० हजार सार्वजनिक शौचालय बनाउन बजेट दिइएको छ । कृषिको क्षेत्रमा १८ थान मिनिटिलर बाँडिएको छ ।

व्यवसायिक तरकारी खेतीका लागि पनि सहयोग हुने गरेको छ । स्वास्थ्यका लागि पनि बजेट विनियोजन गरिएको छ । जनतासँग प्रत्यक्ष सहभागी भएर काम भइरहेको छ । पोषणको कार्यक्रम पनि संचालन गरिएको छ । टोलटोलमा संचालन गरिएकाले प्रभावकारी भएको छ ।

सत्यवती तालमा महत्वपूर्ण काम

तिनाउ गाउँपालिकाको थोरै जनसंख्या रहेको वडा सत्यवती हो । यहाँ मगर समुदायको बाहुल्यता छ । वडामा हामीलाई आर्थिक वर्षमा ४१ लाख बजेट पाएको हो । यो बाहेक पनि वडामा गाउँपालिकामार्फते र प्रदेश सरकार छ ।

गोरबन्दी घाट मोटरबाटोका लागि ५० लाख र सत्यवती मन्दिरका लागि १ करोड बजेट परेको छ । त्यसबाट मन्दिरको निर्मा०ाको काम भइरहेको छ । मोटरबाटोलाई ३ करोडको बजेट परेको छ ।

संघीय बजेटबाट टेण्डर भर्खर भएको छ । वडामार्फत् हामीले धेरै काम गरेका छौं । वडा भवन निर्माण भइरहेको छ । ६५ लाख बजेटमा निर्माण भएको छ । यसवर्ष सम्पन्न हुनेछ ।

खानेपानीको योजना सम्पन्न भएको छ । एकघर एक धारा अन्तर्गत लगाड, जाल्माघाट, बोबरीडाँडा, नेबोघाट, गिजनचौर, सत्यवती, थपनडाँडा र बेँसीदमार र उर्दुदीमा योजना संचालन भएको छ । यी योजना संचालन भइरहेको छ । केही योजना यसवर्ष नै संचालन हुन्छ ।

प्रदेश सरकार मार्फत् पनि योजना संचालन भइरहेको छ । मोटरबाटो स्तरोन्नति भइहरेको छ । तरकारी खेतीका लागि खासै बजेट थिएन । शिक्षाको क्षेत्रमा हामीले सबै विद्यालयलाई भवन निर्माणमा सहयोग गरेका छौं । व्यवस्थापनका लागि काम भइरहेको छ ।

रोजगारका विषयमा हामीले प्रधानमन्त्री रोजगार अन्तर्गत २७ लाख बराबर मोटरबाटो स्तरोन्नतिको काम भइरहेको छ । सबै टोलमा कुलेसो खन्ने र पर्खाल लगाउने काम भइरहेको छ । एक जनाले सय दिन बराबर भएपनि ४५ जना भन्दा बढीलाई काम दिइएको छ ।

मोटरबाटोमा बढी खर्च भयो

साविकको कोलडाँडाका केही वडा र मस्यामको केही वडा जोडेर वडा नम्बर ५ बनेको छ । मस्याम र कोलडाँडामा विकास निर्माणको काम अघि बढाएका छौं । वडाले वडा भवन निर्माण गरिरहेको छ ।

६५ लाखको लागतमा भवन निर्माण भएको छ । मोटरबाटो निर्माणको काम भइरहेको छ । चर्चरेदेखि मरामकोट ८ लाखमा स्तरोन्नति, केराबारीदेखि पातालसम्म ४ लाखमा स्तरोन्नति भइरहेको छ । सिसुवादेखि हिउँदेखेतसम्म ४ लाख ५० हजार रहेको छ ।

कोलडाँडामा पनि विकास निर्माणको काम भइरहेको छ , गाबुडाँडादेखि बोहखर्क ३ लाख, भोगटेछापमा तीन लाख, कसेनीदेखि चर्चरे आउने मोटरबाटोका लागि ३ लाख बजेट विनियोजन भएर काम भएको छ ।

कालीमाटीमा २ लाखको काम भइरहेको छ । चर्चरेबाट कोलडाँडा जाने बाटोमा सिंँढी निर्माण ४ लाख रहेको छ । २४ माइलमा मोटरबाटो निर्माणल २ लाख हो । कोलडाँडामा टोल भवन निर्माण भएको छ ।

कोलडाँडामा ४ लाखको काम भएको छ । बिस्कुनडाँडामा २ लाख टोल भवन निर्माण सुरु भएको छ । वडाको ५६ लाख बजेट थियो । पर्यटनका लागि हामीले साढे ६ लाख बजेट विनियोजन भएको थियो ।

पूर्वाधारको काम गरेका छौ । कृषि अन्तर्गत पनि हामीले पोखरी, सिँचाई गरेर ५ लाख खर्च भएको छ । खानेपानी योजना अन्तर्गत ४ लाख बजेट विनियोजन गरेर काम भइरहेको छ । साना योजनामा सहयोग गरिएको छ ।

लिम्दी खानेपानी भोगटेछापमा सम्पन्न भएको छ । यसमा ३ लाख ५० हजार बजेट थियो । कोलडाँडामा एक एक लाखको दुई वटा, केराबारी नजिकै पनि एक एक लाखको खानेपानी र सिँचाइको खर्च भएको छ ।

३ लाख सिँचाइमा खर्च गरियो । शिक्षाको क्षेत्रमा खासै बजेट थिएन । प्रदेशबाट पक्की पुलको काम भइरहेको छ । भूमिशाला निमावि मरामकोटका लागि १० लाखको काम भइरहेको छ ।

जोन कार्यालयबाट खुर्सानी खेतीको काम भइरहेको छ । आदर्श, कल्याणी र वुद्धविकासमा भवन निर्माण भइरहेको छ । कोलडाँडाको तुइँन बिग्रेर बसेको छ बजेट हुनासाथ बनाउने छौं ।

मस्याममा खानेपानीलाई प्राथमिकता

साविकको मस्याम र दोभानको पाटन क्षेत्र अन्तर्गत यो वडा पर्छ । ६ वडा अन्तर्गत हामीले खानेपानीमा राम्रो काम गरेका छौं। शिखरडाँडा खानेपानी योजना ७० लाखको योजना छ । यसवर्ष सम्पन्न हुनेछ । अर्खले लिफ्टिग खानेपानी योजना २६ लाखको योजनाको काम भइरहेको छ ।

पाटनमा खानेपानीको १० लाखको काम भइरहेको छ । बेलडाँडा लिफ्टिग खानेपानी १० लाखको काम भइरहेको छ । सिस्नेखोला मरेक १३ लाखको कजवे बनेको छ । वडा कार्यालय भवन निर्माण २० लाखमा काम सुरु भएको छ । ६५ लाखको योजना हो । सडक स्तरोन्नति काम भइरहेको छ ।

पुनः निर्माण र प्रदेशको काम भइरहेको छ । ५० लाखको ठेक्का प्रदेशको सडकमा भएको छ । गुफाचौरदेखि चिदिस सिखरडाँडा आउने मोटरबाटोको काम पनि ४ लाखको भएको छ ।

जन्तीलुङमा साँस्कृतिक भवन निर्माण बनेको छ । ८ लाख प्रदेशको बजेटबाट बनेको छ । रिपाहामा ४ लाख, चिदिसमा ५ लाख, सिसुवा ३, कोलाङमा ३ मा सामुदायिक भवन बनेको छ । स्वास्थ्यमा हामीले कोलाङमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । गतवर्ष पाटनमा राखेका थियौं ।

कृषितिर खासै वडाको ध्यान पुगेको छैन । पकेट कार्यक्रम अन्तर्गत कृषि शाखाले गरेको छ । हेफरसँगको साझेदारीमा पशुपालनका लागि समूह गठनको काम भएको छ । शिखरडाँडा र जन्तीलुङमा ५० लाखको पशुपालनको काम अघि बढेको छ ।

सिँचाईको काम भइरहेको छ ।शिक्षामा वडाले बजेट छुट्याएन । भूकम्प पुनःनिर्माणको काम भएको छ । सडक स्तरोन्नति, पक्की कुलोको काम भइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय