
पाल्पा । तिनाउ गाउँपालिकामा १० आइसोलेसन बेडको तिनाउ कोरोना अस्पताल तयार भएको छ । गाउँपालिका, चुनढुंगा खानी उद्योग र ट्रिपर व्यवसायीको आर्थिक सहयोगमा अस्पताल निर्माण भएको हो ।
अहिले गाउँपालिकाको पाँचवटा अक्सिजन छ । अब पाँच वटा थप गरिने गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिले बताए । यो अस्पताल भवन २९ लाख लगानीमा निर्माण गरिएको हो । यहाँ १० लाख संघीय सरकारले बजेट दिएको छ ।
५० प्रतिशत चुनढंगा खानी र ५० प्रतिशत गाउँपालिकाको हो । अस्पतालमा ५ वटा कोठा रहेको छ । जहाँ अक्सिजनयुक्त आइसोलेन बेड राखिने भएको छ । यहाँ सात कोठा छ । पाँच कोठामा दुई दुई बेड बनाएको छ ।
एउटा कोठामा दुईवटा बेड रहनेछन् । अस्पतालमा १० आइसोलेसल बेड तयारी अवस्थामा रहेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए । दोभानमा निर्माण गरिएको अस्पतालमा ५ वटा आइसोलेसन बेड अक्सिजनयुक्त
रहेका छन् ।
बाँकी ५ बेडका लागि अक्सिजनसहितका सिलिण्डर खरिद गरेर ल्याउने तयारी भइरहेको उनले बताए । उनका अनुसार केही दिनमा अक्सिजनयुक्त १० आइसोलेसन शैय्या तयार हुनेछन् ।
गाउँपालिकामा पनि कोरोना संक्रमितिको जोखिम बढ्दै गएपछि पूर्व–तयारी गरिएको उनले बताए । पछिल्लो समयमा अस्पतालमासमेत अक्सिजनसहितको आइसोलेसन बेड पाउन समस्या भएपछि गाउँपालिकाले नै अस्पताल निर्माण गरेको घर्तिमगरले बताए ।
उनका अनुसार यस अस्पतालमा २ जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी रहनेछन । होम आइसोलेसनमा सुरक्षित बस्ने व्यवस्था नभएकालाई यहाँ राखिने छ । अक्सिजनको आवश्यकता पर्ने संक्रमितलाई यस अस्पतालमा राखेर उपचार गरिने उनले बताए । यहाँ खान, बस्न, डाक्टरबाट पाइने सेवा र सामान्य औषधि निःशुल्क पाइने व्यवस्था हुनेछ ।