नुनबहादुर थापा
अध्यक्ष, पूर्वखोला गाउँपालिका
पाल्पा जिल्लाको दशवटा स्थानीय तहहरु मध्ये यस गाउँपालिका जिल्ला सदरमुकामदेखि करिव ३५ किलोमिटर टाढा प्राकृतिक स्रोत सम्पदाले भरिपूर्ण भएर वसेको छ । नेपालको संघीय संरचना अनुसार साविकको सिलुवा, जल्पा, रिड्नेरह, देविनगर, विरकोट र हेक्लाड गाविस मिलेर यस पूर्वखोला गाउँपालिका बनेको छ ।
२०६८ को जनगणना अनुसार १९५८९ जनसंख्या रहेको यस गाउँपालिकाको पूर्वमा निस्दी गाउँपालिका, पश्चिममा रम्भा गाउँपालिका, उत्तरमा रामपुर नगरपालिका र दक्षिणमा माथागढी गाउँपालिका रहेको छ । भौगोलिक, प्राकृतिक, सांस्कृतिक महत्वका दृष्टिले ठूलो सम्भावना रहँदारहँदै पनि यस गाउँपालिका नमिलेको भूगोल, अग्ला एवं विकट पहाडी भूभाग, विकट तथा छरिएर रहेको वस्ती हाम्रो लागि चुनौती भएर रहँदारहँदै पनि हामीसंग भएका प्राकृतिक श्रोत र साधन, कला र संस्कृति, परिश्रमी र श्रमजिवी जनता, विस्तारित सडक, पूर्वखोला गाउँपालिकावाट पारित भएका ऐन, कानुन, नियमावली, सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा दिने सक्षम कर्मचारी संयन्त्र र अभिभावको भूमिका निर्वाह गर्ने निर्वाचित जनप्रतिनिधीहरु हाम्रो गाउँपालिकाको विकासको सम्भावना हुन । यी सबैको साथ र सहयोगवाट नै यस गाउँपालिकाको विकासको ढोका खुल्न सक्छ भन्ने विश्वास छ ।
निर्वाचित भए पश्चात विभिन्न चुनौतीहरुलाई पार गर्दै करिव चार वर्षको यस कार्य अवधिसम्म आइपुग्दा आज हामी कोभिड १९ को विषम परिस्थितीको सामना गरिरहेका छौं । सम्पूर्ण विश्वलाई चुनौती वनेको कोभिड १९ (कोरोना भाइरस) वाट हामी पनि पार पाउन हाम्रा श्रोत साधनको भरपुर उपयोग गरिरहेका छौं । गाउँपालिकाका नागरिकहरुको स्वास्थ्य रक्षा गर्नु हाम्रो पहिलो कर्तव्य रहेको यस अवस्थामा विकास निर्माणका कार्य एकातिर राख्दै स्वास्थ्य रक्षाको लागि वजेट तथा जनशक्ति परिचालन गरिरहेकै छौं ।
यस विषम परिस्थितीमा कोरोना भाइरसवाट संक्रमित तथा प्रभावित सवैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु र भाइरसको कारण मृत्यु भएका व्यक्तिको परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । यस विषम परिस्थितीमा पनि हामिलाई गाउँपालिकाको विकास निर्माणमा सहयोग गर्ने राजनीतिक दल, कर्मचारी प्रशासन, नागरिक समाज, निजि क्षेत्र, गैरसरकारी संस्था तथा आम जनसमुदायको रचनात्मक एवं सिर्जनात्मक सहयोगका लागि कृतज्ञ छौं ।
हामीले बजेट तर्जुमा गर्दा संघीय सरकार तथा प्रदेश सरकारको बजेट शिलिङ्ख तथा मार्ग दर्शन, गाउँपालिकाको विकास प्राथमिकताका क्षेत्रहरु र सहभागितामुलक योजना तर्जुमा प्रकृयाका विभिन्न चरणहरु पार गर्दै आएका छौ । योजनाहरु तथा गाउँपालिका स्तरीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी संघसंस्था एवं नागरिक समाजका प्रतिनिधी तथा आम जनसमुदायबाट प्राप्त हुन आएका अमुल्य सल्लाह सुझावहरुलाई उपलव्ध साधन, श्रोतको सिमा भित्र रही सवैको भावनालाई समेट्ने प्रयास गरिएको छ ।
पूर्वखोला गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ९ करोड ६० लाख बराबरका योजना छुट्याएको छ । जसअन्तर्गत विज्ञान प्रयोगशाला सामाग्री तथा कम्प्युटर खरिद, शिखरडाँडा खानेपानी योजना, सौर्य उर्जा अनुदान कार्यक्रम, पूर्वखोला खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन, पूर्वखोला खेलकुद सामाग्री खरिद तथा वितरण, हात्तिलेक संरक्षण कार्यक्रम, न्यायिक समिति सम्बन्धि कार्य सम्पादन व्यवस्थापन तथा कार्यक्रम संञ्चालन रहेको छ । खल्लुकभञ्ज्याङ विर्तावजार मोटरबाटो स्तरोन्नति, पनेर्दी खानेपानी योजना हेक्लाङ,सामुदायिक विद्युत काठेपोल विस्थापन कार्यक्रम, आयुर्वेद औषधी खरिद,जडीबुटी पहिचान तथा शिविर सञ्चालन कार्यक्रम रहेको छ । विरकोट स्पोर्टस क्लव खेलकुद प्रतियोगिता सञ्चालन, मनकामना मन्दिर तथा पार्क निर्माण, जग्गा प्राप्ति, फर्निचर तथा फिक्चर्स खरिद, उद्धबुद्ध मा.वि.विज्ञान प्रयोगशाला निर्माण आदिवासी जनजाती महासंघ भवन निर्माणको काम रहेको छ । जनकल्याण आ.वि.भवन निर्माण, खल्लुकभञ्जयाङ ढाबडाडा भोर्से कुर मोटरबाटो निर्माण, गाउँ विकास कार्यक्रम विरकोट, वन तथा वातावरण संरक्षण कार्यक्रम, मनहरी सोमसटाक सानोगल्धा गेझबारी मोटर बाटो निर्माण, महिला सशक्तिकरण कार्यक्रम तथा आयआर्जन तालिम, वडा नं ४ वडा कार्यालय सडक टेवा पर्खाल निर्माणको काम रहेको छ । तारजाली खरिद, लोस्दी सानोगल्धा लिफ्ट खानेपानी योजना, गणपति मा.वि. पक्कि बाटो निर्माण, शिवदुर्गा मन्दिर सामाग्री खरिद रहेको छ । केङ्गसेदी रेलडाँडा रामपुर मोटर बाटो स्तरोन्नति, बाकुमगढी संरक्षण पूर्वाधार निर्माण, सालवास झेमराङ मोटरबाटो स्तरोन्नति, पूर्वखोला गाँउपालिका केन्द्र गुरुयोजना निर्माण (गाँउपालिकाको कार्यालय परिसर), भेटनरी अधुरो भवन निर्माणको काम रहेको छ ।
पूर्वखोला बाख्रापालन अनुदान वितरण कार्यक्रम, आदिवासी जनजनति महासंघ कार्यक्रम संचालन, भानुमाता पर्यटन क्षेत्र पूर्वाधार निर्माण, विरकोट रिङ्नेरह मो.वा. कालोपत्रे योजना (क्रमागत), जल्पा लाबे पूर्वखोला मोटर बाटो निर्माण, विद्युतीय सामाग्री खरिद तथा ढुवानी, ढाक्रेबास तामाखानि सामुघा मोटर बाटो निर्माणको काम रहेको छ । शुभ सन्देश महिला कृषि सहकारी भवन मर्मत तथा व्यवस्थापन, केरौली लिफ्ट खानेपानी योजना, कुहुर डाँडा खानेपानी मर्मत तथा पाईप खरिद, पोखन्दी लिफ्ट खा.पा. योजना सिलुवामा रहेको छ । पोखन्दी लिफ्ट खा.पा. योजना सिलुवा, देविनगर सभाहल व्यवस्थापन तथा वडा कार्यालय विविध मर्मत, मन्टुसा खोला पुल मर्मत, बालक्लब,बालमञ्च तथा बालसंञ्जाल प्रवर्धन कार्यक्रम, विभिन्न आईईई अध्ययन प्रतिवेदन निर्माण, मण्डली स्पोर्टस क्लव खेल मैदान निर्माणको काम रहेको छ ।
पाईप तथा ह्युमपाईप खरिद, एकल महिला आयआर्जन कार्यक्रम, ढोलीमारा चुलीडाडा मोटरबाटो तथा प्रतिक्षालय निर्माण, विरकोट स्पोर्टस क्लब व्याडमिन्टन कवर्डहल निर्माणको काम रहेको छ । जल्पा खाँडदेवी,माधलेगुफा संरक्षण पूर्वाधार निर्माण, नेपाल स्काउट सम्बन्धी कार्यक्रम संचालन, सिलुवा मण्डलीवराजु थान संरक्षण तथा व्यवस्थापन, सरस्वती मा.वि.खेलमैदान,गेट तथा घेराबार निर्माण, विपत तथा आकस्मिक खर्च, सहकारी व्यवस्थापन तथा संचालन तालिम संचालन गर्ने कार्यक्रम रहेको छ । जल्पा खेलमैदान निर्माण, देविनगर प्रतिक्षालय निर्माण, पूर्वखोला ग्रामिण विकास कार्यक्रम जल्पा सठिकोल उद्धबुद्ध कलेज सहयोग अनुदान, स्थानीय तह प्रकोप व्यवस्थापन कोष, मातृभूमि मा.वि.पर्खाल निर्माण, पोखन्दी लिफ्ट खा.पा.पहुच मार्ग, स्थानीय तह प्रकोप व्यवस्थापन कोष, अर्खलडाडा कोरोङ्गा खानेपानी योजना, विपद कार्ययोजना निर्माण, सिलुवा स्वास्थ्य चौकी भवन निर्माणको कामका लागि बजेट विनियोजन भएको छ । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, काउलेपानी माथिल्लो लेमधेम सुर्खाझ्याल नालि निर्माण, पूर्वखोला सिंचाई पम्पिङ सेट खरिद, मस्लाङ्ग लिफ्ट खानेपानी योजना, सीप विकासका लागि सिलाई मेसिन खरिद, विरकोट स्पोर्टस क्लब ग्राउन्ड निर्माण, स्याफत सामुदायिक भवन निर्माण तथा भल व्यवस्थापनको काम रहेको छ ।
अतिविपन्न खरको घरधुरीलाई जस्तापाता वितरण कार्यक्रम, विभिन्न भैपरीआउने पूजिंगत खर्च, मर्मत संभार कोष, दृष्टिविहिन अपाङ्ग रोजगार कार्यक्रम, जनमार्ग मा.वि.सभाहल निर्माण, सार्वजनिक सुनुवाई कार्यक्रम, मेशिनरी तथा औजार खरिद, उज्यालो पूर्वखोला कार्यक्रम(सडक वत्ती खरिद) काम रहेको छ । देवीनगर सिमल्दी मोटरबाटो निर्माण, डिजीटल प्रोफाइल, लामोभट्टी पोखरीछाप द्वारीगौडा मो.वा. स्तरोन्नति, न्यायिक समिति सम्बन्धि कार्यक्रम तथा परामर्श,लाबे सिंचाई कुलो मर्मत योजना, रेलडाँडा खानेपानी योजना, मैदानभञ्जयाङ साठिकोल मो.वा. निर्माणको काम रहेको छ ।
गाँउपालिका सभाहल निर्माण, सिमलभञ्जयाङ पार्क निर्माण, जल्पा रिङ्गनेरह मो.वा. (नया ट्रयाक समेत) स्तरोन्नति, जल्पा रिङ्गनेरह मो.वा. (नया ट्रयाक समेत) स्तरोन्नति, विभिन्न सीप तथा क्षमता विकास तलिम, गाउँ विकास कार्यक्रम रिङ्नेरह, खानेपानी एक घर एक धारा, मण्डली स्पोर्टस क्लव खेलकुद तथा सास्कृतिक महोत्सव सञ्चालन भएका छन् ।
साकिने सुखौरा सिलुवा मोटरबाटो निर्माण, विन्दवासिनी सामुदायिक भवन निर्माण, पूर्वखोला युवा स्वरोजगार कार्यक्रम, गा.पा अन्तर्गात विभिन्न डि.पि.आर निर्माण, हुलाकभञ्ज्याङ्ग मौलामन्दिर पदमार्ग (सिढी) निर्माणको काम रहेको छ । पूर्वखोला ग्रामिण विकास कार्यक्रम सिलुवा पाङजुङ्ग, रिङ्गनेरह ढाक्रेवास दार्सिङ्गभञ्जायाङ्ग मो.वा स्तरोन्नति, देउराली अर्खलडाडा तामाखानी मो.वा.निर्माण, खैरेनी ढाबडाडा मो.वा.निर्माण (क्रमागत) रहेको छ । पूर्वखोला गाउँपालिकाको आन्तरिक आय वार्षिक ६० लाखको हाराहारीमा हुन्छ । राजश्व बाँडफाँटबाट संघीय र प्रदेश सरकारबाट बजेट आउने गर्छ । वित्तीय समाननिकरण अनुदान पनि प्रदेश र संघीय सरकारबाट आउने गर्छ । यो बाहेक शसर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदानको बजेट आउँछ ।
गाउँपालिकाले अनुगमन तथा मूल्यांकन, कानून तथा न्याय, गरिबी निवारण, तथ्यांक प्रणाली व्यवस्थपान, प्रशासकीय सुशासन, मानव संशाधन विकास, योजना तर्जुमा र कार्यान्वयन, वातावरण तथा जलवायु परिवर्तन, वित्तीय सुशासन, श्रम तथा रोजगारी, शाीन्त तथा सुव्यवस्था, विपद् व्यवस्थापन, स्थानीय तह प्रकोप व्यवस्थापन लगायतमा बजेट विनियोजन भएको छ । कृषि, पशु विकास, सहकारी, जलश्रोत तथा सिँचाई, वन, पर्यटन, उद्योग, वाणिज्य, भूमि व्यवस्था, आपूति लगायतमा बजेट विनियोजन हुने गरेको छ । यस्तै उर्जा, विज्ञान तथा प्रविधि, पुनःनिर्माण, भवन, आवास तथा सहरी विकास, यातायात पूर्वाधारमा बजेट छुट्याइएको छ ।
सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद, लैंिगक समानता तथा सामाजिक समावेशीकरण, भाषा तथा संस्कृति, जनसंख्या तथा बसाईसराईमा पनि बजेट विनियोजन गरेको छ । जसका लागि गाउं कार्यपालिकाको कार्यालय संचालनको लागि स्थानीय सरकार संचालन ऐन २०७४ लाई आधार मान्दै स्थानीय सरकार संचालनको लागि आवश्यक पर्ने विभिन्न ऐन, नियम तथा कार्यविधी तयार भए अनुसार कार्यालय संचालनमा सहजता भएको छ । धन्यवाद ।