कोरोना जाँच बढाऔं

स्थानीय तहले यसवर्ष कोरोना भाइरस संक्रमण परीक्षणमा वेवास्ता गर्दै आएका छन् । पछिल्लो समय जिल्लामा कोरोना संक्रमण भुसको आगो सरह फैलिरहेको छ । तर यसमा स्थानीय तहका स्वास्थ्य शाखा भने कामै नगरिकन बसेका छन् । केही दिनअघि माथागढी, देउगीर क्षेत्र शील गर्नु पर्ने गरी कोरोना फैलियो । तर त्यहाँ परीक्षण हुन नसकेको स्थानीयको गुनासो छ । ताँहु, अर्चले, आर्यभन्ज्याङ लगायतका क्षेत्रमा पनि अवस्था उस्तै छ । केही दिनयता औसतमा ७० प्रतिशत भन्दा माथि संक्रमित थपिने क्रम जारी छ । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय तहले परीक्षणमा यसपटक वेवास्ता गर्दै आएका छन् । कतिपय स्थानीय तहलाई एन्टिजेन स्वास्थ्य कार्यालयबाट पनि दिइएको छ । तर उनीहरुले एन्टिजेन परीक्षणमा समेत चासो दिएका छैनन् ।

पश्चिमको रैनादेवी छहरा गाउँपालिकादेखि रामपुर नगरपालिका क्षेत्रमा उस्तै समस्या छ । निस्दी, पूर्वखोला, रिब्दीकोट, तिनाउमा पनि अवस्था उस्तै छ । यसअघि पहिलो लहरमा क्वारेन्टाइन, आइसोलेशन बनाएपनि यसपटक त्यमास पनि कुनै चासो दिएका छैनन् । कोरोनासँग नडराएको जस्तो व्यवहार हुँदै आएको छ । हुन त पहिला जस्तो त्यति धेरै डर, त्रास भएको पाइएको छैन । तर स्थानीय तहले गर्नुपर्ने काम गरेको दाबी गर्न छाडेका छैनन् । अहिले धेरै जना होम आइसोलेशसनमै छन् । अक्सिजन दिनुपर्नेलाई मात्र आइलोलेसन र अस्पताल लगिएको छ । विभिन्न प्राविधिक कारणले नभएपनि अब आरटिपिसिआर र एन्टिजेन परीक्षणको काम अघि बढ्ने दाबी स्वास्थ्य शाखा प्रमुखको नभएको भने होइन ।

जिल्लामा दिनहुँ संक्रमणको दर तीव्र गतिमा वृद्धि भएको छ । १० स्थानीय तहमध्ये तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, माथागढी गाउँपालिका,रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका र निस्दी गाउँपालिका बढी प्रभावित देखिएका छन् । अन्य तहमा पनि कोरोना भने फैलिएकै अवस्था छ । स्थानीय सरकार र नागरिक दुवैका कमजोरीले जिल्लामा संक्रमणको उच्च जोखिम रहेको छ । कोरोनाको पहिलो चरणको सुरुवातमा एक ÷दुई जनामा कोरोना संक्रमण देखिएपछि एकाएक आत्तिएको पाल्पा अहिले शान्त छ । दिनहुँ संक्रमित देखिँदा समेत पनि स्थानीय निकायले केही गरेका छैनन् । कुनै समय भने अताल्लिएर आफ्नो क्षेत्रमा शिल गर्दै आएका थिए । अहिले केही छैन । संक्रमित थपिने थपियोस् । मर्ने मरोस् । कसैलाई मतलब छैन । त्यसैले कोरोना जाँच सकेसम्म धेरै गरौं । यसलाई बढाऔं ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय