पाल्पा । पछिल्लाे २४ घण्टामा पाल्पाका अस्पताल र होम आइसोलेसनमा गरी थप ६ जना काेराेना भाइरस संक्रमितको मृत्यु भएको छ । तीन जनाको होम आइसोलेसनमा मृत्यु भएकाे छ भने थप तीन जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिएका छन् ।
मृत्युहुनेहरु पाल्पाका चार जना छन् । गुल्मी र स्याङ्जाका एक÷एक जनाकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले जानकारी दिए । होम आइसोलेसनमा तानसेन नगरपालिका–२, का ७२ वर्षीय पुरुष, तानसेन–६, का ५१ वर्षीय पुरुष, तानसेन नगरपालिका–५ की ७७ वर्षीय महिलाको मृत्यु भएको छ ।
यस्तै बगनासकाली गाउ“पालिकाले निर्माण गरेको कोरोना अस्थायी अस्पताल पोखराथोकमा बगनासकाली–२, की ७७ वर्षीय महिलाको आइतबार मृत्यु भएको बगनासकाली स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए । उनका अनुसार मिसन अस्पतालमा अक्सिजन बेड नपाएपछि गाउ“पालिकाले निर्माण गरेको कोरोना अस्पतालमा बैशाख २४ गते आएकी हुन् । अक्सिजन लेवल बढ्न नसकेकाले समस्या भएको थियो ।
उता, लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा स्याङ्जाको कालीगण्डकी गाउ“पालिका–५, का ४१ वर्षीय पुरुषको बिहिबारै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । गुल्मीको चन्द्रकोट गाउ“पालिका–३, का ४६ वर्षीय पुरुषको पनि लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।
यसैबीच, पाल्पामा आइतबार १ सय १९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पिसिआर परीक्षणमा १ सय ९ र एन्टिजेन परीक्षणमा १० जना पोजेटिभ देखिएका हुन् । १५ जनाको एन्टिजेनमा १० जनामा र १सय ५८ जनाको पिसिआर परीक्षणमा १ सय ९ जनाको कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले बताए । तानसेन नगरपालिकाभित्र ६६ जनाको पिसिआर गर्दा ४४ जना, रैनादेवी छहरामा ४२ जनाको पिसिआर गर्दा ४० जनामा पोजेटिभ देखिएको छ ।