पाल्पा,सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडक खण्डको तिनाउ ३ झुम्सामा ट्याक्सी र स्कारपीओ ठोकिदा ६ जना घाईते भएका छन् ।
बुटवलबाट पाल्पा आउदै गरेका लु १ झ ५४२ नंम्वरको कृषी ज्ञान केन्द्र पाल्पाको गाडी र विपरीत दिशाबाट जादै गरेको लु १ ज ३५७९ न.को ट्याक्सि एक आपसमा ठक्कर खादा दर्र्घटना भएको हो ।
दुर्घटनामा घाईतेहरुको उपचारका लागि बुटवल पठाईएको प्रहरी चौकी दोभानले जनाएको छ । दुर्घटनामा घाईते हुनेहरुमा अर्घाखाँची सन्धिखर्क नगरपालिकाका ७ का वर्ष ४७ का लुम बिक्रम शाह ,गुल्मी ईस्मा गाउपालिका ४ का बर्ष ३० को कृष्ण बहादुर कुँवर, स्याङ्जा छ्याङछ्याङ्दी गाउपालिका २ का बर्ष ५७ का समर थापा ,पर्बत बिहादी गाउपालिका ३ का बर्ष ३२ का राम प्रसाद अधीकारी रहेका छन् ।
यसैगरी घाइतेहरूमा स्याङ्जा भिरकोट नगरपालिका ९ का बर्ष ३० का चारजन सुनार र स्याङ्जा वालिङ नगरपालिका १४ का बर्ष २१ का केशव सार्की रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । घाईत सवैको अवस्था सामान्य रहेको र सवारी दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।