पाल्पाका ट्राफिक प्रमुख बुढाथोकीको सरुवा

पाल्पा,पाल्पाको ट्राफिक व्यवस्थापनमा छोटो समयमा राम्रो काम गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख उपेन्द्र बुढाथोकीको सरुवा भएको छ । उनी सरुवा भएर नवलपरासी  गएका छन् ।

ट्राफिक प्रहरी प्रमुख बुढाथोकी पाल्पा रहदाँ ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण काम भएका थिए । उनले पाल्पामा बढ्दो टिप्पर आतंक नियन्त्रण, सवारी साधनको नियमित चेकजाँच तथा राजमार्ग,बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा सरोकारवाल संगको समन्वय र सहकार्यमा काम गरेका थिए ।

उहाँ पाल्पामा आएपछि औधोगिक कच्चा प्रर्दाथ बोक्ने टिप्पर ओभरलोड र तिव्र गतिबाट हुनेगरेको क्षतिलाई न्यूनीकरण गर्न प्रदेश संगको सहकार्य र निर्देशनमा गएको माघमा टाइम कार्ड लागू गराएका थिए । जसवाट तिव्र गतिमा चल्ने टिप्परहरुको गतिमा नियन्त्रण आउनुका साथै दुर्घटना न्यूनिकरण भएको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यसका साथै ट्राफिक प्रहरी प्रमुख बुढाथोकीले रातीको समयमा सिद्धार्थ राजमार्ग र बुर्तुङ्ग रिडी सडक खुल्ला हुदाँ अत्यधिक गतिमा टिप्पर चलाउने, सहचालकलाई चलाउन लिने र चालकलाई निद्रा लाग्ने हुदाँ दुर्घटना हुनुका साथै बजार क्षेत्रमा भैआएका समस्या समाधानका लागि रातीमा टिप्पर संचालनमा रोक लगाउन सरोकारवाला संगको छलफल गरि निर्णय कार्यान्वयन गर्न सफल भएका थिए ।
प्रमुख बुढाथोकीले आफ्नो कार्यकालमा पाल्पामा संचालनमा रहेका टिप्परहरुको प्रयोग गर्ने प्रेसर हर्न , मापदण्ड भन्दा विपरीत निर्माण सामाग्रि तथा औधोगिक कच्चा प्रर्दाथ बोक्ने सवारी साधनलाई कारवाहीमा कडाई गरेका थिए । सवारी दुर्धटना न्यूनिकरणका लागि राजमार्गमा सवारी चेकजाँचलाई प्राथमिकताका साथ अगाडि बढाएका थिए । उनले पाल्पा रहेको समय अवधिमा सवारी चेकजाँचवाट राम्रो राजश्व संकलन गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर