पाल्पा,तानसेनमा निर्माण भएको निशान भगवती मन्दिर प्रधान सेनापति पुर्णचन्द्र थापाले उद्घाटन गरेका छन् । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको मापदण्ड अनुरुप प्रधान सेनापति थापाले मन्दिरको उद्घाटन गरेका हुन् । तानसेनको दरबार परिसरमा दुई तले मन्दिर सहित आकर्षक बगंैचा निर्माण भएको छ ।
नेपाली सेना गोरख दल गण,तानसेन नगरपालिका,बगनासकालि गाउँपालिका, लुम्बिनी प्रदेश सरकार,दानवीर स्थानिय समाजसेवि र स्थानिय पाल्पाली नागरिकको योगदानमा निशान भगवती मन्दिरको निर्माण भएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष भिमसेन कार्कीले जानकारी दिए ।
नेपाली सेनाको गोरखदल गणको संक्रिय योगदान,मध्यम पश्चिम पृतना माताहतका सबै नेपाली सेनाका २३ वटा युनिट र स्थानीय दाताको सहयोगमा करिब १ करोड लागतमा निशान भगवती मन्दिर निर्माण भएको हो ।
निशान मन्दिर परिसरमा निर्माण भएको सुन्दर बगैंचा सवैका लागि प्रिय भएको छ । फराकिलो बगैंचामा आर्कषक पाल्पाली करुवा,प्रेमको प्रतिक रानिमहल,संघिय नेपालको नयाँ नक्सा,पर्यटकीय स्थल श्रीनगरबाट देख्न सकिने हिमशृङखलाका दृश्य,पाल्पाली ढाका अंकित चित्र ,शुद्ध पिउने पानि र आर्कषक दुबोको बगैंचा मन्दिर परिसरमा अवलोकन गर्न पाइन्छ ।
मन्दिर निर्माण उपभोक्त समितिका अध्यक्ष भिमसेन कार्कीले निशान मन्दिरमा निर्माण भएको संरचनाको बारेमा प्रधानसेनापति थापालाई जानकारी गराए । अध्यक्ष कार्कीले मन्दिर निर्माण गर्नुको कारण,यसले सम्रग पाल्पाको विकासमा पार्ने प्रभाव,नागरिक सैनिक सम्बन्ध सुधारमा पर्ने प्रभाव लगायतको विषयमा प्रधानसेनापति थापालाई अवगत गराए ।
सेना दिवस २०७७ मा प्रदान गरिएको प्रधानसेनापति प्रंशसा निशानी चिन्हबाट उपभोक्ता समितिका अध्यक्ष भिमसेन कार्की र कोषाध्यक्ष भुगोल प्रसाद बैजु श्रेष्ठलाई सम्मान गरिएको छ ।
निशानको उद्घाटन कार्यक्रममा नेपाली सेनाका उच्च पदस्थ अधिकारी,नगरप्रमुख अशोक कुमार शाही,प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे, भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदय,सहयोगी दानवीर दाताहरु र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियोे ।