पाल्पा,जिल्ला कोभिड संकट व्यवस्थापन समितिले पाल्पाको बैठकले ११ दिन थप गर्ने निर्णय गरेको छ । विहीवार बसेको बैठकले जारी निषेधाज्ञालाई आगामि जेठ ४ गते रातीसम्म थप गर्ने निर्णय गरेको हो ।समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेकोले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र्र प्रसाद पाण्डेयले जानकारी दिनुभयो । समितिको बैठकले निषेधाज्ञा तथा कोभिड नियन्त्रणका लागि विभिन्न १४ वटा निर्णय समेत गरेको छ ।
पाल्पामा अहिले सम्म कुल ७ सुय ५७ जना सक्रिय संक्रमित रहेका छन । उनिहरुमध्य ३७ जना अस्पतालमा उपचार गराईरहेका छन भने ७ सय २० जना होमआइसोलेसनमा रहेका छन् । अहिले सम्म कोरोना पुष्टि भएर मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।