कोभिड १९ हामी सवैको साझा समस्या : अध्यक्ष आचार्य

पाल्पा,  नेकपा एमाले पाल्पाका अध्यक्ष नारायणप्रसाद आचार्यले कोभिड १९ हामी सवैको साझा समस्या भएकोले मिलेर जित्नुपर्ने बताएका छन् । उनले महामारीबाट बच्न सरकार,राजनितिक दल, नीजि क्षेत्र सहित आमनागरिक एक भएर लाग्नुपर्ने बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेका एमाले जिल्ला अध्यक्ष आचार्यले प्रेस विज्ञप्ति मार्फत संक्रमण नियन्त्रण भन्दा वाहिर गएको अवस्थामा संवेदनशिल भएर जनस्वास्थ्यको मापदण्ड अपनाउन सके संक्रमणको चेकब्रेक गर्न सकिने विश्वास व्यक्त गरेका छन् । उनले यसको लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गरेको निषेधाज्ञा प्रभावकारी बन्ने बताए । निषेधाज्ञाको सवैले पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष आचार्यले संक्रमितले सहज रुपमा स्वास्थय उपचार प्राप्त गर्ने अवस्था निर्माणका लागि डिसिसिएमसीको ध्यान केन्द्रित गराएका छन् । उनले संक्रमणको रोकथामका लागि केन्द्रकै नेतृत्वमा आइसोलेसन,क्वारिन्टीन र अक्सिजनको व्यवस्थापन गर्न अनुरोध गरेका छन् । पाल्पामा अक्सिजनको अभाव हुननदिन पाल्पामै अक्सिजन प्लान्ट वा अक्सिजन बैक स्थापना गर्नतर्फ लाग्नुपर्ने उनको भनार्ए छ ।

विज्ञप्तिमा अध्यक्ष आचार्यले अहिले सम्म कोरोना संक्रमण रोकथामका लागि ज्यान जोखिममा राखेर क्रियाशिल सवै पक्षलाई धन्यवाद तथा अभार व्यक्त गरेका छन् । यसका साथै जिल्लाको कोरोना भाइसर संक्रमण नियन्त्रण,उपाचार तथा व्यवस्थापनमा बनेको संयन्त्रलाई स्थानीय तहसम्म लैजान आग्रह गरिएको छ । विषम परिस्थितीमा स्वास्थ्य मापदण्ड अपनाई आमनागरिको सेवा खटिन पार्टी तथा सवै जनवर्गिय संगठनहरुलाई अपिल समेत अध्यक्ष आचार्यले गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय