ओमबहादुर घर्ती मगर
अध्यक्ष
तिनाउ गाउँपालिका, पाल्पा
स्थानीय सरकार संञ्चालन ऐन २०७४ को दफा ७८ (५) बमोजिम तिनाउ गाउँपालिकाद्धारा प्रदान गरिने सेवा सुविधा सम्बन्धमा सेवा प्रदायक र सेवाग्राही सर्वसाधारण विचमा दोहोरो संम्वाद र प्रश्नोत्तर गरी एक आपसमा प्रष्ट हुने र स्थानीय सरकारको कार्यसम्पादनलाई आगामी दिनहरुमा अझ पारदर्शि, उत्तरदायी र जवाफदेहि बनाउन जनताको कामलाई सरल र सहज ढङ्गबाट सम्पादन गर्ने गरिएको छ ।
हाम्रो गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को आधारमा कार्यसम्पादन गर्दै आएको छ । सिमित साधनबाट, जनताको असिमित आवश्यकता पुरा गर्न प्राय असम्भव छ तथापी जनताको आर्थिक, सामाजिक, सास्कृतिक, साथै महशुस हुने गरि भौगोलिक विकास गरि दिगो विकासको चाहनालाई पुरा गर्न हाम्रो ध्यान केन्द्रित छ । प्राप्त स्रोत र साधनको समुचित व्यवस्थापन र विकासको हरेक चरणमा सर्वसाधारण जनताको चासो बढि रहेको छ ।
गाउँपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवा प्रति जति बढि जनताको चासो र निगरानी हुन्छ उति बढि पारदर्शिता, जवाफदेहिता र साथै सुशासन प्रबर्धनमा उति टेवा पुग्दछ । तिनाउ गाउँपालिकाबासी आम नागरिक प्रति हाम्रो उत्तिकै सम्मान र दायित्व छ । नागरिकको अधिकार स्थापित गरी विकासको फल न्यायोचित ढड्डले वितरण गर्ने तर्फ पनि हामी उत्तिकै सचेत छौं । यस आर्थिक वर्ष २०७७÷०७८ का लागि गाउँसभाबाट पारित भएका बार्षिक नीति कार्यक्रम तथा बजेटलाई कार्यान्वयन गर्ने क्रममा गाउँपालिका हामी निर्वाचित प्रतिनिधिहरु र कर्मचारीहरु लगनशिलताका साथ खटिएका छौं ।
सार्वजनिक सेवा प्रवाहलाई सेवा ग्राही जनतावाट प्राप्त सुझाब साथै पृष्ठपोषणवाट गुनासो व्यवस्थापन गर्दै भावी दिनहरुमा कार्यसम्पादनलाई चुस्त दुरुस्त सुदृढ बनाउने विश्वास छ । गाउँपालिका भित्रका समस्याहरु पहिचान गर्दै समस्या समाधान गर्ने विकल्पहरु पहिल्याउने प्रयास गरिएको छ । गाउँपालिकाको सेवा प्रदायक शाखा र सेवा ग्राही जनता विच सुमधुर सम्बन्ध छ ।
सुशासन ऐन २०६४ को दफा ३० र सार्वजनिक सुनुवाई कार्यविधि २०६७ को आधारमा हामीले समयसमयमा सार्वजनिक सुनुवाई गर्दै आएका छौ । गाउँ कार्यपालिकाको मात्र नभई सबैको साझा सरोकारको कार्यक्रमका रुपमा लिने गरिएको छ ।
हाम्रो गाउँपालिकामा संघीय विशेष योजना अन्र्तगत, चिउरेपानी लिफ्ट खानेपानी योजना ६५ प्रतिशत भौतिक प्रगती भएको छ भने सत्यवती ताल परिसर पर्यटन पवद्र्धन योजना८० प्रतिशत भौतिक प्रगती भएको छ । समपुरक योजना (प्रदेश र गाउँपालिका) अन्तर्गत शिखरडाँडा खानेपानी योजना, ओखलढुड्डा अंकुशे देउराली मोटरबाटो योजना, अविरल पार्क, गोरवन्दी सत्यवती जगात मोटरबाटो, खुर्साने कचल मोटरबाटोको काम भएको छ ।
गाउँपालिका तथा वडा भवन निर्माण तर्फ भौतिक प्रगति, गाउँपालिकाको प्रशासनिक भवन, ३ नं वडा भवन निर्माण, ४ नं वडा भवन निर्माण, ५ नं वडा भवन निर्माण, ६ नं वडा भवन निर्माण, तिलोत्तमा मा.वि प्राविधिक शिक्षालय भवन, गणेश टोल महिला भवन निर्माणका काम भएका छन् । कृषि, शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि काम भइरहेको छ ।
स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम तर्फको गतिविधि
१. गाउँपालिका पहुँच मार्ग कालोपत्रे (गतवर्षको अधुरो) – टेन्डर प्रकृया भई सम्झौताको क्रममा रहेको, २. रानीबगिया झिगामारा ठूलीउदाङ कचल मो.बा. स्तरोन्नती– सम्झौता भई निर्माण कार्य हुदै, ३. तिलोत्तमा मा.वि प्राविधिक शिक्षालय क्यान्टिन निर्माण – सम्झौता भई निर्माण कार्य हुदै, ४. एङलो नेपाल युद्ध स्मारक पार्क निर्माण (नुवाकोट) – संम्झौता हुन बाँकी, ५. दालचिनी खेती प्रवद्र्धन कार्यक्रम – संम्झौता हुन बाँकी रहेको छ ।
सामाजिक सुरक्षा भत्ता दोस्रो चौमासिकमा कायम संख्या देहाय बमोजिम रहेको र दोस्रो चौमासिक भत्ता रकम बैकमा पठाईसकेको छ । १ ज्येष्ठ नागरिक भत्ता लिने (७० वर्ष माथि) ९२२ जना, २, ज्येष्ठ नागरिक भत्ता लिन दलित ८५ जना, ३ एकल महिला २४७ जना, ४ विद्यवा १०जना, ५, पूर्ण अपाड्डता ४४ जना, ६, अति अशक्त अपाड्डता१२६ जना, ७, दलित बालबालिका १६२ जना, ८, लोपोन्मुख जाती ५ जना गरी जम्मा १९०१ जना रहेका छन् । विपद् व्यवस्थापन तथा राहत वितरण तर्फको गतिविधि अन्तर्गत १ अविरल वर्षातको कारण घर पुर्ण क्षती भएका ४३ घरपरिवारलाई २० हजारको दरले राहत उपलब्ध गराईएको छ । २, वर्षातको कारणले घर आंशिक क्षती भएका २९ घर परिवारलाई १० हजारका दरले राहत उपलब्ध गराईएको छ । ३, वर्षातको कारण गोठ, खेतवारी, टनेल आदि क्षती भएका ३१ घर परिवारलाई ३÷४ हजारका दरले राहत उपलब्ध गराईएको छ ।, ४, तिनाउ गाउँपालिका वडा न. ४ का तोया बहादुर पल्लीका छोरा रुखबाट लडेर मृत्यु भएकोमा राहत स्वरुप रु. ३५ हजार उपलब्ध गराईएको छ । ५, वडा न. १ का सुरज थापा करेन्ट लागि मृत्यु भएकोमा निजको परिवारलाई रु ३५ हजार राहत रकम उपलब्ध गराईएको छ । ६, विपन्न नागरिकलाई औषधि उपचार सहयोग स्वरुप ६ जनालाई राहत उपलब्ध गराईएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत यस आ.व. २०७७÷०७८ मा सुचिकृत बेरोजगार व्यक्तिहरु मध्ये बाट वडागत प्राथमिकिकरण अनुसार २५८ जना बेरोजगार व्यक्तिलाई १०० दिनको रोजगारी दिन १९ वटा आयोजनाहरु सम्झौता भई सञ्चालन भईरहेका छन् ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम तर्फ, यस आ.व. मा ११ वटा कार्यक्रम वडा न. २ र ५ मा रहेका छन् जसमध्ये, बाख्रापालन कार्यक्रम, बंगुरपालन, भैसीको पाडापाडी पालन कार्यक्रम टेन्डर प्रक्रियामा रहेको, १०० घर परिवार दलित असहाय स्वास्थ्य विमा कार्य सम्पन्न भएको (खुर्साने र विस्कुनडाँडा), बाल क्षमता विकास, बालबिवाह बिरुद्ध जनचेतना , प्रजनन् र नैतिक शिक्षा ज्ञानोदय मा.वि.मा सम्पन्न भएको अन्य प्रक्रियामा रहेको ।, खेलकुद तथा शैक्षिक साम्रगी सहयोग कार्यक्रम, पशुपालन तालिम, तरकारी खेती लगायतका कार्यक्रम सञ्चालनको क्रममा रहेको छ ।
साझेदारी विकास कार्यक्रम तर्फ, गाउँपालिका तथा हेफर नेपाल र सामाजिक स्रोत विकास केन्द्रसँग सम्झौता सम्पन्न भई कार्यान्वयनको क्रममा रहेको छ । सहकारी विकास तर्फ यस आ.व मा २ वटा सहकारी संस्था दर्ता भएको छ । तिनाउ साना किसान सहकारी संस्था लि. तिनाउ ३ र दलित उत्थान कृषि बहुउद्देश्यीय सं .लि. तिनाउ ६ रहेको छ । तिनाउ ६ चिदीसमा पूर्व सहकारी शिक्षा कार्यक्रम ६५ घरधुरीलाई सम्पन्न भएको ।
लक्षित वर्ग तर्फ पनि महिला सशक्तिकरण अन्र्तगत– लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन , १११ औं अन्र्तराष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भएको छ । युवा कार्यक्रम – अध्यक्ष माझ युवा अन्र्तक्रिया कार्यक्रम र पालिकास्तरिय अध्यक्ष कप रनिंङ शिल्ड भलिवल प्रतियोगिता सम्पन्न भएको छ । जनजाती कार्यक्रम अन्तर्गत सत्यवतीमा मगर दिवसको अवसरमा फागुन १५ गते सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बालविकास कार्यक्रम अन्तर्गत पालिका स्तरीय बाल संरक्षण सञ्जाल बैठक र पालिकास्तरीय बाल सञ्जाल पुर्नगठन कार्यक्रम सम्पन्न भएको छ ।
सीप विकास तालिम तर्फ ः चुरा बनाउने तालिम, मिनि टिलर मर्मत तालिम सम्पन्न भएको साथै अन्य कार्यक्रमहरु प्रक्रियामा रहेका छन् । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्र्तगत डल कुशन तालिम १५ दिने मरामकोट र बगाहामा सम्पन्न भएको छ । सिलाई कटाई तालिम ३ महिले तिनाउ २ घोडेबास, बुढासटक, नुवाकोट मा, बुटिक तालिम नुवाकोटमा, डल कुशन तालिम पासकुण्डामा सञ्चालनमा रहेका छन् । व्युटिपार्लर तालिम र बाख्रा र बंगुरपालन तालिम तिनाउ ५ मरामकोटमा सञ्चालन गर्ने प्रक्रियामा रहेको छ ।
यस आ.व.२०७७।७८ मा भएका महत्वपूर्ण उपलब्धीहरु अन्तर्गत गाउँपालिका र स्थानीय जनताको ५०÷५० प्रतिशत साझेदारीमा ८ कोठे कोभिड अस्पताल निर्माण सम्पन्न गरिएको छ । तिनाउ ४ को लगाड र वडा न. ६ को चिदिसमा गरी यसै आ.व. मा २ वटा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरी सञ्चालनमा ल्याईएको छ । पाठेघरको मुखको क्यान्सर जाँच तथा यासेक्टोमी शिविर तिनाउ १ मा सम्पन्न गरिएको छ । दोभानको लामाचौपारी बजारमा तिनाउ गाउँपालिका र पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको संयुक्त पहलमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भई सञ्चालनमा ल्याईएको छ ।
उँपालिका भित्रका ८४ वर्ष माथिका ज्येष्ठ नागरिकहरुको घरमै गई स्वास्थ्य परिक्षण गरिएको छ कोभिड संक्रमण भई होम आईसोलेसनमा रहेका संक्रमितहरुलाई पोषण राहत स्वरुप रु तिन हजारका दरले २५ जनालाई वितरण गरिएको छ । स्वास्थ्य चौकीहरुबाट वितरण गर्ने अत्यावश्यक औषधिहरु ई विड बाट खरीद गरी अभाव नहुने गरी आपूर्तिको व्यवस्था मिलाईएको छ । साथैप्रत्येक महिनामा सञ्चालन गरिदै आएको पोषण क्किनिक १२ स्थानमा संचालन गरिएको छ । कम्प्युटर नभएका प्राथमिक विद्यालयहरुमा ६ वटा कम्प्युटर वितरण गरिएको छ ।
नीय पाठ्यक्रम निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बालकक्षा भुई व्यवस्थापन कार्यक्रम सम्पन्नको चरणमा रहेको छ । प्राथमिक विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरिएको छ । गाउँपालिकाको न्यायिक समितिमा यो आ.व. मा ८ वटा उजुरी परेकोमा ४ वटा उजुरी फछ्र्यौट भएको र ४ वटा उजुरीहरु फछ्र्याैट हुन बाँकी रहेका छन् । कृषि विकास तर्फ ५० प्रतिशत अनुदानमा ६५ जना कृषकहरुलाईमिनि टिलर वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा गहुँ, मकै विउ वितरण, तरकारी विउ वितरण, आलु पकेट कार्यक्रम लग्दुवामा, झ्याङ्ला, कचल, तरकारी पकेट विस्कुनडाँडा , ओखलढुड्डा, मस्याम, कुडापानी ,झुम्सा लगायतका स्थानहरुमा सम्पन्न गरिएको छ । तिनाउ वडा न. ६ मा ८ वटा कुटानी पिसानी मिल वितरण गरिएको छ ।
प्रदेशबाट हस्तान्तरित कार्यक्रम अन्र्तगत कोभिड विशेष कृषि कार्यक्रम, साना कृषि यन्त्र औजार कार्यक्रम सञ्चालनको प्रक्रियामा रहेको छ । पशु सेवा तर्फ ५० प्रतिशत अनुदानमा माछा पकेट कार्यक्रम झ्याङ्ला, औषधी खरीद कार्यक्रम सम्पन्न भएको अन्य प्रक्रियामा रहेको छ । संघीय शसर्त तर्फको बाख्रा पकेट कार्यक्रम , बाख्रा प्रवद्र्धन कार्यक्रम र प्रदेश तर्फको कोभिड विशेष कार्यक्रम सञ्चालनको प्रक्रियामा रहेको छ । पालिका स्तरीय बाल सञ्जाल पुर्नगठन गरिएको छ साथै तिनाउ गाउँपालिकाको बाल संरक्षण निति २०७७, बाल क्लब गठन तथा सञ्चालन कार्यविधि २०७७, तिनाउ गाउँपालिकाको बाल राहत, उद्दार तथा पूर्नस्थापना कोष कार्यविधि २०७७ तयार गरिएको छ।
ठूला योजनाहरु ई बिड टेन्डर प्रक्रियाद्धारा प्रतिस्पर्धाका आधारमा ठेक्कामा दिई कम लागतमा काम सम्पन्न गर्ने जर्मको गरिएको छ । गाउँपालिका भित्रका उपभोक्ता समितिका पदाधिकारीहरुकोलाई उपभोक्ता तालिम सम्पन्न गरिएको छ । अनलाइन घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रमलाई तथा डिजिटाईजेशनका कामसञ्चालन भईसकेकोे छ । साथै घटना दर्ता तथा सामाजिक सुरक्षा छुट दर्ताको दर्ता अभियान प्रकृयामा रहेको छ ।
जेष्ठ नागरिक परिचय पत्र हालसम्म १२०५ जनालाई र अपाड्डता परिचय पत्र २७१ जनालाई वितरण गरिएको छ । फुस रहित घर अभियानलाई निरन्तरता दिदै यस आ.वमा ६६ घर परिवारलाई ३ बन्डलका दरले जस्ता पाता खरिद गरी उपलब्ध गराईएको छ । राजश्व संकलन कार्यलाई पारदर्शी व्यवस्थित र प्रविधिमैत्री बनाउन सफ्टवयर जडान गरिएको छ । यस आ.व.०७७÷०७८ मा गाउँ कार्यपालिकाको ७८ औं वैठक सम्पन्न भएको छ भने स्थानीय सरकार सञ्चालन ऐन बमोजिम ८ औं गाउँसभा तोकिएको समय सिमा भित्र सम्पन्न गरिएको छ । गाउँपालिकाको शासकीय भवन निर्माण कार्य अन्तिम चरण रहेको, त्यस्तै वडा नं.–३,४,५ र ६ का वडा कार्यालय भवन निर्माण कार्य अगाडि बढाइएको छ ।
गाउँपालिकाका चुनौती तथा समस्याहरु पनि छन् । हाम्रो गाउँपालिका भौगोलिक दृष्टिकोणले अत्यन्तै विकट , ठूलो क्षेत्रफल र छरिएर रहेको बस्ति भएको कारण योजनाहरु समयमै कार्यान्वयन गर्न कठिनाई भएका छ । गाउँसभा सम्पन्न भई सकेपछि पनि बिच बिचमा योजना कार्यक्रम माग भई आउने गरेको बजेट अभावका कारण सम्बोधन गर्न सकिएको छैन । यस गाउँपालिकाको अधिकाँश क्षेत्र चुरे क्षेत्रमा पर्ने भएकाले कच्ची जमिन भएको र पहिरोको प्रकोप तथा बाढीको समेत जोखिम बढी हुने हुँदा विकास निर्माणका कार्यमा थप जटिलता रहेको छ ।