कोरोनाबाट थप  दुई जनाको मृत्यु

पाल्पा ।  कोरोना संक्रमणबाट पाल्पामा थप दुई जनाको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा तानसेनका एक पुरुष र माथागढीमा एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।

तानसेन नगरपालिका–३, भगवतीटोलका ८१ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो । माथागढी कसेनीकी २५ वर्षीय महिलाको उपचारका लागि ल्याउदै गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । यो संगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

यसैबीच, पाल्पामा कोरोनाको संक्रिय संक्रमित ६ सय ३३ पुगेको छ । बुधबार एकै दिन दोस्रो लहर सुरु भएपछि सबै भन्दा धेरै १ सय ४८ जना पुष्टि भएको हो । १ सय ९५ जनाको आरटिपिसिआर र एन्टिजेन परीक्षणमा तानसेन, रैनादेवी छहरा र बगनासकालीमा सबै भन्दा धेरै कोरोना संक्रमित देखिएको हो । अन्य सात स्थानीय तहले भने अझैपनि एन्टिजेन र आरटिपिसिआरमा ध्यान दिएका छैनन् । तस्बीर ः सांकेतिक

सम्बन्धित खवर