पाल्पामा कुल सक्रिय संक्रमित ५ सय ८  पुगे

पाल्पामा आज मात्रै ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दैनिक रुपमा जिल्लामा संक्रमणको दर बढ्दै जादा नागरिक त्रसित भएका छन ।

कुल ९७ व्यक्तिको स्वाव परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकास पन्थीले जानकारी दिए ।

पाल्पामा कुल संक्रिय संक्रमितको संख्या ५ सय ८ पुगेको छ । आज सवैभन्दा धेरै तानसेन र अस्पतालका गरि कुल ४८ जनामा संक्रमण देखिएको हो ।

यसैगरि निस्दीका २ जना , रिब्दीकोटका ४ जना,तिनाउका २,बगनासकालीका ५ जनामा संक्रमण पुष्टि भएको हो । रम्भामा १,रैनेदेवी छहरामा १ र पूर्वखोलामा ५ जना,रामपुर तथा अस्पतालमा २ जना र माथायढी गाउँपालिकाका ३ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित खवर