निषेधाज्ञासंँगै सुनसान बजार

पाल्पा । कोरोना संक्रमण बढेपछि लगाएको निषेधाज्ञासँगै तानसेन, रामपुर लगायत ग्रामीण बजार क्षेत्र सुनसान बनेको छ । राजमार्गमा भने निजी तथा सार्वजनिक सवारी साधन बाहेक अन्य सवारी साधन संचालनमा रहेकाे छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि एकपछि अर्को जिल्लामा निषेधाज्ञा लागु भएको छ ।

पाल्पा गुल्मीमा निषेधाज्ञा लागु भएको छ । केही गुल्मीबाट सवारी साधन आउन छाडेको छ । टिपर, टेक्टर, मालवाहक ट्रक संचालनमा छ । नयाँ भेरियन्ट सहितको कोभिडको जोखिम अझ खतरा रहेकाले रोकथाम तथा न्यूनिकरणका लागि निषेधाज्ञा जारी भएको प्रुमख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले बताए ।

पाल्पामा शनिबार बिहानैदेखि एक साताका लागि निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको प्रभाव गत वर्ष चैत ११ देखिको लकडाउनमा जस्तै देखिएको स्थानीयले बताए । तर डर, त्रास भने अघिल्लो वर्षजस्तो छैन । चार महिना लामो लकडाउन पश्चात विस्तारै आफ्नो लयमा फर्किने प्रयासमा रहेका जिल्लाका बजार क्षेत्र निषेधाज्ञाले पुनः सुनसान बनेको छ ।

सदरमुकाम तानसेन, तानसेनपछि दोस्रो व्यापारिक केन्द्र रामपुर सहित आर्यभञ्ज्याङ्ग, ताहुँ, कसेनी, सराई, खहरे, डुम्रे, छहरा लगाएतका बजार क्षेत्र सुनसान बनेको स्थानीयले बताए ।

घर तथा भवन निर्माणको कार्य कही कतै भएको छ । सडक, नाली निर्माणको काम भएका छन् । बजार क्षेत्रका उद्योग, व्यवसायहरु बन्द रहेको छ । सवारी साधनहरु ठप्प रहेको छ । जिल्ला प्रशासनको निर्देशनलाई पालना गरेका छन् । केही अटेरी गर्नेले भने कार्ड भीरेर हिडेका थिए ।

प्रशासनले निषेधाज्ञाको समयमा विनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ । अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक यातायातहरु सञ्चालन नगर्न आग्रह गरेको छ ।अन्य जिल्लाका लागि पाल्पा हुँदै गुड्ने सवारीलाई यात्रु ओराल्न र चढाउन नपाईने गरी राजमार्गमा गुड्ने निर्णय गरेको छ ।

तर रुपन्देहीमा निषेधाज्ञा लगाएकाले पनि थप सहज भएको छ । मेडिकल तथा क्लिनिकहरु २४ सै घण्टा सञ्चालन गर्न पाइन्छ । खाद्यान्न, तरकारी, दुध तथा माछामासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ र निर्माण सामग्रीका पसलहरु, होटेल तथा रेष्टुरेण्टहरु बिहान ६ बजे देखि ११ बजे सम्म मात्र खुल्ला रहेको छ ।

उल्लेख नभएका अन्य पसलहरु भने खोल्न पाईने छैन । स्वास्थ्य, संचार, विद्युत, खानेपानी, बैंक तथा वित्तिय संस्थाहरुबाट प्रवाह हुने सेवाहरु बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय बाट प्रदान गरिने सबै प्रकारका सेवाहरु बन्द रहने छ । निषेधाज्ञालाई मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित खवर