पाल्पा, पत्रकार हरिबहादुर वि.क (सुवास)ले आफ्नो बुवालाई बचाईदिन सहयोगको अनुरोध गरेका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सदस्य रहेका गुल्मीदरबार गाउँपालिका –०२,जुभुङ्ग झिरबास निवासी विक हाल बुटवलमा बसेर पत्रकारिता गर्दे आएका छन् । उनले पहिले पाल्पाबाटै पत्रकारिता सुरु गरेका हुन ।
पत्रकार विकको बुवा लोकबहादुर वि.क गएको ९ महिना देखि दुई मृगौलाले काम गर्न नसक्ने अवस्थामा उपचारार्थ रहेका छन् । बुवाको उपचारका लागि विकले आर्थिक सहयोगको अपिल गरेका हुन ।
वि.कका अनुसार बुवाको स्वास्थ्यमा समस्या देखिएपछि बुटवलमा रहेको सिद्धबाबा हस्पिटल र काठमाण्डौँको ग्रीनसिटी अस्पतालमा उपचार गरिएको बताए र । उपचारपछि अन्तमा दुवै मृगौलाले काम गर्न छाडेकोले मृगौला प्रत्यारोपण गनुपर्ने चिकित्सकहरुको बताएको पत्रकार विकको भनाई छ । उनले आर्थिक अभावका कारण प्रत्यारोपणको सम्भावना नभएपछि हाल सिद्धार्थनगर सिटी हस्पिटल बुटवलमा हप्ताको तीन पटक सरकारले उपलव्ध गराउने निशुल्क डायलिसिस सेवा लिदै आएको बताए ।
पत्रकार विकले डायलिसिस निशुल्क भए पनि नियमित सेवन गर्ने औषधी तथा अन्य परीक्षणको खर्च बढी भएकोले खर्च धान्न समस्या भएको हुदाँ सहयोगकोलाई सामाजिक संजाल मार्फत अपिल गरेका हुन । उनले आफ्नो बुबालाई बचाउन चाहेको तर चाहनाले मात्र नपुग्ने भएकोले आर्थिक सहयोग सवैपक्षबाट भए बुवालाई बचाउन सकिने विश्वास लिएका छन् ।
पत्रकार वि.कले सहयोग गर्न चाहने महानुभावले ग्लोवल आइएमई बैक बुटवलमा रहेको हरिबहादुर वि.क को नाममा रहेको जे३०७०१०००९९५१ मा सहयोग गर्न सकिने बताए । यसका साथै सहयोगीमनहरुले ९८५७०८६६१० मा सम्प्रर्क गरि विरामीको अवस्थाका साथै सहयोगका वारेमा बुझन सकिने जानकारी गराए ।