पाल्पा । रिब्दीकोट गाउँपालिकाले पालिकाभित्र रहेका ५६ जना एचआईभी सक्रमितलाई विभिन्न सचेतना सम्बन्धी तालिमसंगै पौष्टिक आहार बितरण गरेको छ ।
रिब्दीकोट गाउँपालिका र मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको सहयोग तथा प्रतिबद्ध समूह पाल्पा, गाउँ एड्स समन्वय समिति पालुङ्मैनादीको संयुक्त आयोजनामा गाउँपालिका भित्र रहेका संक्रमितहरुलाई बिभिन्न पौष्टिक तत्व र कुखुरा समेत बितरण गरेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जीसीले बताए ।
एक दिने सचेतना मुलक गतिविधि र उनिहरुको जिवनयापन परिर्वतन गर्ने खालका कार्यक्रमबारे जानकारी दिइएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जीस,ी उपाध्यक्ष लक्ष्मी खनाल, प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द अर्याल, लेखा अधिकृत मन्जु पन्थी, ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला कार्की लगायतले एचआईभी नियन्त्रणमा समुदायको प्रभावकारी र महत्वपूर्ण भुमिका रहने बताए ।
एचआईभी संक्रमण हुँदा मान्छे मरिहाल्छ भन्ने गलत बुझाईले एचआईभी संक्रमितहरु अझै पनि समाजमा खुलेर आउन नसकेको उनीहरुले बताए । पछिल्लो समय संक्रमित खुलेर स्वास्थ्य संस्थामा आएर सेवा लिन थाले पनि समाजमा हुने लाल्छन्ना र भेदभावको कारणले नै उनिहरु समाजमा अझै राम्रोसंग खुल्न नसकेको उनीहरुले बताए ।
कार्यक्रम गाउँ एड्स समन्वय समिति पालुङ् मैनादीका संयोजक शिव कुवँरको अध्यक्षता तथा गाउँपालिकाका सल्लाकार शिव जीसीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा वडाध्यक्षहरु संघसंस्थाका प्रतिनिधि र सम्बन्धित सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
जिल्लामा ३ सय २१ जना एचआईभी सक्रमित रहेका छन् । जसमा ४३ जना मात्र समाजमा खुलेर काम गरेका छन ।