स्थानीय तहले सक्रियता बढाउँ

भारतमा कोभिड संक्रमणले महामारीको रुप लिएको छ । दिल्ली, मुम्बई लगायतका सहरमा कोभिडका बिरामी लाखौंको संख्यामा पुगेका छन् । पछिल्ला दिनमा दैनिक कम्तीमा ३ लाख कोभिडका बिरामी भारतमा देखिएका छ्न । त्यसको प्रभाव नेपालमा पनि परेको छ । त्यहाँ कामका लागि पुगेका नेपाली घर फर्किने क्रम बढेको छ । जसले गर्दा नेपालमा पनि अवस्था दयनीय बन्दै छ । दैनिक २ हजार बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतमा आप्रवासी नेपालीले काम नपाउने मात्र होइन, खान नपाउने अवस्था आइसकेको छ । भारतमा रोजगारका लागि पुगेका सयौं नेपाली विभिन्न नाकाबाट नेपाल प्रवेश गरेका छन् । ती मध्ये पाल्पाका पनि छन् । सोनौली, रुपैडिया, पश्चिमका गड्डा चौकी लगायतबाट पाल्पाली नागरिक प्रवेश गरेका छन् । तर उनीहरु नेपाल आइसकेपछि गाउँमा भने खुलेआम हिडडुल गरेका छन् ।

गतवर्ष जस्तो यसपटक निगरानीका काम गरिएको छैन । गाउँपालिकाबाट पनि त्यस्तो खालको निर्णय भएको छैन । त्यसैले निगरानीलाई खासै ध्यान दिइएको छैन । भारतबाट फर्केकाहरु सोझै आफ्नो घर पुगेका छन् । जहाँ परिवार, समुदायसँग धेरै घुलमिल भइसकेका छन् । भारतमा कामबाट फर्केकाहरुको तथ्यांक लिने काम पनि खासै भएको छैन । गतवर्ष आएकाको रेकर्ड राखिएको थियो । यसवर्ष भने त्यस्तो कुनै तथ्यांक लिएको छैन । केही गाउँपालिकाले त्यस्तो काम गर्नु भन्ने निर्णय गरेको छ । तर स्थानीयस्तरसम्म भने त्यसको प्रभावकारिता खासै देखिएको छैन । गाउँमा कन्ट्याक्ट ट्रेसिङ भएको छैन । भारतबाट आएका पनि यत्तिकै छन् । सकेजतिको मिलाएर पिसिआर परीक्षण गर्नुपर्छ ।

पाल्पा अस्पताल ल्याबबाट थोरैको मात्र पठाउनु भन्ने भएर पनि स्थानीय तह हच्किएका हुन् कि ? अर्को कुरा यसपटक निगरानीसमेत वडा वडामा नहुनु भनेको थप जोखिम मोल्नु हो । स्थानीय तहमा निर्णय सबैमा भएका छन् । स्थानीयस्तरमा त्यस्ता निर्णयको कार्यान्वयन भएको पाइएको छैन । पिसिआर पोजेटिभ आएका व्यक्तिहरुको निकट रहेका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ्ग गरी पिसिआर परिक्षणमा सहजिकरण गर्ने निर्णय नभएको होइन । तर काम भएको छैन । यसपटक लापरवाह बढेको छ । जोखिम सबैमा छ । तर त्रास अघिल्लो वर्ष जस्तो यसपटक देखिएन । टोलविकास समिति, समुदाय र वडा कार्यालयहरुले निगरानी गर्नुपर्छ । अघिल्लो वर्षमा जस्तो क्वारेन्टिन, आइसोलेसन संचालन गर्नुपर्छ । गतवर्ष प्राय सबै स्थानीय तहले क्वारेन्टिन र आइसोलेशन संचालनमा ल्याएका थिए । यसैगरी अहिले पनि संचालन गरिनुपर्छ ।

सम्बन्धित खवर