पत्रकार अर्याल सहित चार पत्रकार पुरस्कृत

पाल्पा । माथागढी गाउँपालिकाले वीपी कोइराला पत्रकारिता पुरस्कारबाट करुवाकर्मी माधव प्रसाद अर्याल सहित पाल्पाका चार पत्रकारलाई पुरस्कृत गरेको छ । गाउँपालिकाको पालिकाको आठौं गाउँसभाको नीति तथा कार्यक्रमबाट अर्याल सहित पाल्पाका जिल्लाका चार जना क्रियाशिल पत्रकार र पालिकाका उत्कृष्ठ चार जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।

पुरस्कृत तथा सम्मानित हुने पत्रकारहरुमा करुवाकर्मी माधव प्रसाद अर्याल, अन्नपूर्णपोष्ट दैनिकका संवाददाता कृष्ण पोखरेल, नवजनचेतना दैनिकका उप – सम्पादक रामचन्द्र रायमाझी र सामुदायिक रेडियो मदनपोखराका गजेन्द्र पन्थी रहेका छन् ।

पुरस्कारको राशी जनही २० हजार रहेको छ । यसैगरी कर्मचारीहरुमा प्रशासकीय अधिकृत नारायण प्रसाद न्यौपाने, पूर्व लेखापाल चुराबहादुर सरतुंगे वडा नंं ४ का कार्यलय सहयोगी बालकृष्ण घर्ति मगर, ल्याव टेक्निसियन नारायण सारु रहेका छन् ।

सम्मानित पत्रकार तथा कर्मचारीहरुलाई गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा, उपाध्यक्ष निर्मला भट्टराई, प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले संयुक्त रुपमा नगद, दोषल्ला सहित सम्मानपत्रले सम्मान गरेका थिए ।

यसैगरी निजामती सेवा दिवसको अवसरमा आयोजित घैटो फोर प्रतियोगितामा प्रथम भीम बहादुर थापा, हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने टोलीबाट इश्वरी प्रसाद ज्ञवाली, धर्मेन्द्र कुमार यादव, सुर्यबहादुर भण्डारी, सीताकुमारी खाम्चा, द्धितीय हुनेमा
नितानन्द खनाल, किरण केसी, भिमबहादुर गाहा थापा, शम्भु जिसी र तृतीय हुनेमा सन्तोष कार्की, पुनम चिदी, पशुपती पन्थी, यमबहादुर खरु रहेका छन् ।

सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले पालिकालाई सम्वृद्ध बनाउन, पालिका मा भईरहेका गतिविधी स्थानीय जनतादेखी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पु¥याउन, पालिकामा काम गर्दा भएका कमीमजोरीहरुलाई आलोचनात्मक समाचार तथा सुझावले पत्रकारहरुले खेलेको भुमिकालाई स्मरण गर्दै विपी कोइराला पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको बताए ।

कर्मचारी अभावको समयमा पनि रात दिन नभनी काममा खटिएका उत्कृष्ट कर्मचारीहरुलाई समेत सम्मान गरिएको अध्यक्ष थापाले बताए । उपाध्यक्ष निर्मला भट्टराईले पत्रकारहरु राष्ट्रको चौथो अंग भएकाले पालिकाले गरेका काम तथा गतिविधिहरु जनतामाझ पु¥याउन ठूलो भूमिका खेलेको पुरस्कारबाट सम्मान गरिएको बताइन ।

प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले सम्मान कार्यक्रम कर्मचारी तथा पत्रकारहरुलाई थप जिम्मेवारी तथा हौसल्ला प्रदान गर्ने, यस पटक पुरस्कृत नभएका कर्मचारी तथा पत्रकारहरुले पनि अर्काे वर्षको पुरस्कार पाउने गरी उच्च मनोवलका साथ काम गर्ने बताए ।

कार्यक्रममा सम्मनित पत्रकारको तर्फबाट कृष्ण पोखरेल, प्रशासकीय अधिकृत नारायण न्यौपानेले गाउँपालिकाले गरेको सम्मान प्रति आभार व्यक्त गर्दै आगामी दिनमा माथागढीको समृद्धि र विकासमा सक्रिय भूमिका खेल्ने बताए । कार्यक्रम पालिकाका अध्यक्ष सन्तोष थापाको अध्यक्षता, स्वास्थ्य शाखा संयोजक केशव जिसीको सञ्चालनमा भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय