पाल्पामा थप २६ जनामा कोभिड १९ पुष्टि

ज्याेती रायमाझी
पाल्पामा सोमवार थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । पाल्पामा थपिएका २६ जनामध्ये तीन जना जिल्लाका सरकारी कार्यालयका अधिकृतहरू रहेका छन ।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका एक अधिकारी र डिभिजन वन कार्यालयका एक अधिकृतलाइ कोरोना पुष्टि भएको छ । यसैगरी एक जना पत्रकारमा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको पछिल्लो सूचना अनुसार ६७ जनाको स्वाब परीक्षण गर्दा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्यका सूचना अधिकारी पन्थीले बताउनुभयो ।

जसमा सवैभन्दा बढी तानसेन नगरपालिका र अस्पतालमा गरि १५ जना,रैनादेवी छहराका ३ जना ,बगनासकाली गाउँपालिकाका १ जना तिनाउ गाउँपाकिलाका २ जना ,रिब्दीकोटा गाउँपालिकाका २ जना पूर्वखोलाका १ जना र माथागढीका २ जना रहेको छन ।

संक्रमित मध्य ९ जना अस्पतालमा उपचार गराइरहेका छन भने १ सय ५३ जना होम आइसोलेशनमा रहेको स्वास्थ्या कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले पाल्पाली जनताहरुलाइ बिना काम घर बाहिर निस्केर कोरोनाको जोखिम नबढाउन आग्रह गरे । उनले घर वाहिर निस्कनै परे स्वास्थ्य मापदण्ड पालना गरि निस्कन आग्रह समेत गरेका छन् । संक्रमण दर बढ्दै गएपछि स्थानीय तहहरुले संचालनको तयारीमा रहेका र भैरहेका परीक्षाहरु सहज परिस्थिती नहुन्दा सम्मका लागि स्थगीत गरेका छन ।

कोरोना भाइरस संक्रमण दर बढने संकेत अनुसार जेठ महिनामा हुने भनिएको शैक्षिक शत्र २०७७ को अन्तिम परीक्षा बैशाख २० भित्र सम्पन्न गर्नका लागि सवै स्थानीय तह तयारीमा थिए ।

पाल्पामा सक्रिय कोरोना ंसंक्रमितको संख्या एक सय ६४ पुगेको छ । पाल्पामा हालसम्म ३९ जनाको कोरोनाका कारण निधन भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय