५० प्रतिशत अनुदानमा कुटानी पिसानी गर्ने मिल बितरण

भुवन रायमाझी

पाल्पा ।  रैनादेबी छहरा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा  पालिकाका सबै वडाका नागरिकहरूको माग अनुसार कुटानी पिसानी गर्ने मिल वितरण गरेको छ ।

 गाउपालिकाले आर्थिक  वर्ष २०७७, ७८ को  वर्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा कुटानी पिसानी मिल बितरणा भएकाे हाे । मिल माग गरेका २२ जना कृषकलाई  वितरण  गरिएको  गाउँपािलिकाका अध्यक्ष रामबहादुर कार्किले बताए । गाउँ पालिका भित्रका नागरिकहरूलाई कुटानी पिसानीमा सहज हाेस भन्दै गाउँपालिकाले एउटा टोलमा एक ओटाका दरले मिल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष  कार्कीले बताए ।

प्रत्येक टोललाई मध्ये नजर गरी मिल वितरण गरिएको र यस कार्यबाट टोल वरपरका नागरिकहरूले कुटानी पिसानी सम्बन्धि कार्यहरू गर्न टोल भन्दा बाहिर जान नपर्ने भएकोले नागरिकहरूले   फाइदा  हुने  अध्यक्षय कार्कीले बताए । लेखा अधिकृत लिलामणी बस्यालले गाउँपालिकाले पालिकाका नागरिकहरूलाई स्वरोजगार मुलक कार्यक्रमहरू मार्फत उधमी बनाउने, नागरिकहरूलाई कृषिमा अनुदान प्रदान गर्ने,कृषि यन्त्र तथा उपकरणमा अनुदान लगाएतका कार्यहरू सञ्चालन गरेको बताए ।

रैनादेबी छहरा गाउँपालिकाले अनुदानमा कम्बाइण्ड मिल वितरण कार्यक्रममा गाउँपालिका  उपाध्यक्ष  चेत कुमारी थापाले पालिकाले नागरिकहरूका माग अनुसार कुटानी पिसानी मिल वितरण गरेको बताउदै आगामी दिनमा थप अन्य कृषि यान्त्रि उपकरणहरू कृषकका मागका आधारमा गाउपालिकाले प्रदान गर्न पहल गर्ने  बताइन् । रैनादेबी छहरा गाउँपालिकाले कृषकहरूलाई कृषिमा आत्मनिर्भर बनाउन कृषि प्रविधिको हस्तान्तरण,आधुनिक उपकरण वितरण गरिएको र परम्परागत रूपमा कुटानी पिसानीका लागि प्रयोग गरिने उपकरण कुटानी पिसानी समस्या हुने भएकोले पालिकाका नागरिकहरूको मागका आधारमा कम्बाइण्ड मिल वितरण गरेको गाउँ पालिकाका प्रबक्ता बिष्णु पोखरेलले बताए ।  गाउँपालिकाले ५० पैतिसत अनुदानमा मिल दिदा स्थानीय नागरिकहरु  हर्षित भएको कृषि  तथा पसु शाखा प्रमुख पारस मणि पाण्डे ले बताए ।

सम्बन्धित खवर