डढेलो नियन्त्रण उपकरण वितरण

पाल्पा । तिनाउ वन समन्वय समितिले डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण वितरण गरेको छ । जिल्लामा रहेका सुरक्षा निकाएका लागि डढेलो तथा आगलागी नियन्त्रण गर्न आवश्यक सामग्री वितरण गरेको हो ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी वल गुल्म तथा दोभाना वन सव–डिभिजन कार्यालयलाई गरि ६ लाख बराबरको उपकरण वितरण गरिएको तिनाउ वन समन्वय समितिका अध्यक्ष पदमलाला शाक्यले बताए ।

पछिल्लो समय आगलागीका घटना बढेको र सोको नियन्त्रण गर्न साधन र स्रोतको कमीले समस्या हुँदै आएकोमा तिनाउ भित्रका ७४ वटा सामुदायिक वनको सहयोगमा उपकरण सहयोग गरिएको अध्यक्ष शाक्यले बताए ।

जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले उपकरण बुझ्दै सेउलाको भरमा आगो नियन्त्रणमा समस्या भएकोमा उपकरण प्राप्त भएसंगै आगो नियन्त्रणमा सहज हुने बताए ।

कार्याक्रममा डढेलो लगायत अन्य विपद्मा समेत काम लाग्ने फायर बलाङ्केट, वेल्चा गैटी दगायतका सामग्री वितरण गरिएको थियो ।

सम्बन्धित खवर