तपाईको मास्क खोई ?

पाल्पा । प्रहरीले सोध्नेछ, ‘तपाईको मास्क खोई ?’ बिहिबारबाट यो अभियान सुरु भएकाले मास्क नलाई हिड्दा सय जरिवाना तिर्नुपर्ने हुनसक्छ । त्यसैले जतिबेला पनि मास्क लगाउन नबिर्सन प्रहरीले सचेत गराएको छ । अभियान प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बिहिबार सुरु गरेर एकसातासम्म चल्ने बताए ।

कोभिड १९ संक्रमणबाट बच्न मास्क अनिवार्य लगाएर हिँडडुल गर्न भन्दै बिहिबारबाट प्लेकार्ड, ब्यानरसहितको ¥यालीमा माइकिङ गरेर नागरिकलाई सचेत गराएको हो । जिल्ला प्रशासन, प्रहरी, सेना, सशस्त्र प्रहरी, कर्मचारीसहित सडकमा मास्क नलगाई हिडेका यात्रुलाई मास्क वितरण गरिएको थियो ।

‘कोरोना महामारीबाट आफु पनि बचौ“ र अरुलाई पनि बचाउ“’ भन्दै तानसेन बजारमा मास्क अभियान चलाइएको हो । पछिल्लो समय कोरोना संक्रमितको सख्या ह्वात्तै बढेपछि प्रशासनले सक्रियता देखाएको हो । भारतमा कोरोना संक्रमणदर बढेसंगै त्यसको असर त्यहा“बाट भित्रिएका नागरिकबाट यहा“ परेको छ ।

बजारमा प्रहरी प्रशासन सहितका टोलीले मास्क बाँडेपछि सर्वसाधारण भने अचम्मित थिए । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन प्रशासन गेटबाट सुरु गरेर सिल्खान, लहरेपिपल, बसपार्क, टू“डिखेल लगायतका स्थानमा मास्क नलगाउनेलाइ मास्क दिएर कोरोना विरुद्धको सचेतना फैलाइएको छ ।

प्रहरीले दोस्रोदिनबाट विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।

प्रहरीले सडकबाटै चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै सचेतना सन्देश प्रवाह गरेको छ ।प्रमुख जिल्ला अधिकारी सहितको टोलीले तानसेन बजार परिक्रमा गरेर सर्वसाधारणलाई मास्क वितरण गरेको छ । अभियानलाई जिल्ला प्रहरी कार्यालयले निरन्तरता दिदै आएको छ ।

प्रहरीले तानसेनका मुख्य बजार भुषालडाँडा, गैरागाउँ, नारायणस्थान, टुँडिखेल, बज्रचोक, लहरेपिपल र पेट्रोलपम्प लगायतका क्षेत्रमा पुगी सर्वसाधरण नागरिक, चालक, सहचालक र यात्रुलाई मास्क लगाउन प्रोत्साहन गरेको छ ।

प्रहरीले कोभिड–१९ भाईरस नियन्त्रण तथा रोकथामको लागि जनचेतनामुलक व्यानर, प्लेकार्ड सहित सडकबाटै मास्क वितरण गर्ने र मास्क लगाउन सबैलाई आग्रह गर्दै हिडेको छ ।

सार्वजनिक सवारी साधनमा कोरोना संक्रमणको सम्भावना बढी रहेकाले माक्सको प्रयोगलाई कडाइ गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने तथा मास्क नलगाई हिडँने व्यक्तिहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम जरिवाना गरिनेछ ।

जिल्ला प्रशासन कार्यालयले कोभिड महामारीबाट आफू बचौं र अरुलाई पनि बचाउँ भन्ने उद्देश्यले मास्क सहित सचेतना जगाउँदै हिडेको छ ।

सम्बन्धित खवर