
पाल्पा,रोट्रयाक्ट क्लब अफ पाल्पा तानसेनले आफ्नो १० औं चार्टर डे मनाएको छ ।
कोभिड १९ को महामारीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदै समयनुकल प्रविधिको प्रयोगवाट चार्टर डे मनाईएको हो । कार्यक्रमा क्लबका चार्टर प्रेसिडेन्ट मुक्तिराम पन्थीले भर्चुअल विधिवाट सम्वोधन गर्दै क्लवले सामाजिक क्षेत्रमा आफ्नो योगदान निरन्तर अगाडि बढाउनु पर्ने बताए ।
पूर्व अध्यक्ष मुनेस रत्न गुभाजुले क्लब स्थापनाको उद्देश्य अनुरुप क्रियाशिल हुन सुझाव दिए । स्थापना समयमा भएका कठिनाई र सम्भावनाका वारेमा अनुभव समेत सुनाए ।
कार्यक्रममा पूर्व अध्यक्षहरु विवेक काजी शाक्य, उपेन्द्र बस्याल, सतिस शाक्य,क्लबका संयोजक कला दाहाल, उपाध्यक्ष तीर्थ लम्साल लगाएतले सामाजिक कार्य गर्दा धेरै खाले चुनौतीहरू आइपर्न सक्ने बताए । उनिहरुले क्लबको मर्म अनुसार काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रम क्लब सचिव विक्रम सिंहको सञ्चालन तथा अध्यक्ष. विनोद भारती को अध्यक्षता चलेको हो ।
क्लबले पाल्पामा रेडियो कार्यक्रम,कोभिड १९ महामारीमा राहत तथा मास्क वितरण,वृक्षा रोपण,क्षमता विकासका तालिमहरु संचालन गर्दै आएको छ ।







