
पाल्पा, कोरोना भाइसर विरुद्धको खोपको दोस्रो मात्रा लगाउन छुटेका व्यक्तिका लागि भोली बैशाख १३ गते खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
कोरोना भाइसर विरुद्धको पहिलो चरणको खोप पाल्पामा गएको माघ १५ गते देखी २४ गते सम्म र फागुन २ गते देखी ११ गते सम्म लगाइएको थियो । जसमा जिल्लाका दश स्थानीय तहका ४ हजार ५ सय ६२ जनाले खोप लगाएका थिए ।
दोस्रो मात्राको खोप भने ४ हजार १ सय ६६ जनाले मात्र लगाएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । उनका अनुसार जिल्लाभरका अग्रभागमा रहि काम गरिरहेका ३ सय ९६ जना व्यक्तिले दोस्रो मात्राको खोप लगाउन नआएको बताए ।
उनिहरुलाई मध्यनजर गरि सोमवार विहान १० बजे देखी पाल्पा अस्पतालमा खोप सेवा उपलव्ध गराईने सूचना अधिकारी पन्थीको भनाई छ । पाल्पामा कोभिड १९ विरुद्धको खोपको दोस्रो मात्रा लगाउने कार्य गत बैशाख ७ गते देखी ११ गते सम्म चलेको थियो ।