रोट्रयाक्ट पाल्पाकाे भित्ते पात्रो विमोचन

पाल्पा,रोट्रयाक्ट क्लव अफ पाल्पा तानसेनको नियमित बैठक तथा भित्ते पात्रो विमोचन कार्यक्रम तानसेनमा सम्पन्न भएको ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष उपेन्द्र बस्यालले नयाँ वर्षको भित्तेपात्रो सार्वजनिक गर्दे क्लवले गरेको सामाजिक कार्यको खुलेर प्रशंसा गरे । उनले आगामी दिनमा आफ्नो तर्फवाट क्लवका लागि गर्नुपर्ने सहयोग निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बैठकमा क्लवका सचिव विक्रम सिंहले रोटा वर्ष २०२० र २१ मा भएको गतिविधि वारे जानकारी गराए । क्लवका अध्यक्ष विनोद भारतीले नयाँ वर्षको शुभकामना व्यक्त गर्दे क्लवमा क्रियाशिल सवै सदस्यहरुलाई रोट्रयाक्ट अभियानमा निरन्तर लागि पर्न आग्रह गरे ।

बैठकमा क्लवका सदस्य बालकृष्ण बस्यालले सदस्यता विस्तार गर्नुपर्ने बताए । साथै आउदै गरेको क्लवको १० औ स्थापना दिवस भव्य रुपमा मनाउनु पर्ने बताए ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय