पाल्पाको रम्भा गाउँपालिका पालिकाभित्रका नागरिकको स्वास्थ्यका लागि चिन्तित छ । गाउँपालिकाका सबै वडाका नागरिकका लागि स्वास्थ्य सेवा गतिलो प्रदान होस् भन्ने चाहेको छ । रम्भा गाउँपालिकाको स्वास्थ्य शाखाले राखेको एकीकृत स्वास्थ्य शिविरबाट पनि यो प्रयास राम्रो भएको देखिएको छ । पाँचवटै वडामा राखेको एक÷एक दिनको शिविरबाट ६ सय ६१ जना महिलाले फाइदा लिए । स्त्री रोग, पाठेघरको मुखको क्यान्सर लगायत साधारण जाँच गर्न पाए । गाउँमै डाक्टरसहितको सेवाले धेरै फाइदा पुगेको छ । शिविरमा झण्डै डेढ घण्टा पैदल हिडेर आएका थिए । कतिपयले गाउँमै डाक्टर भेटेर उपचार गर्न पाएकामा खुसी माने । अझ महिला डाक्टर भेट्न पाउँदा झन् धेरै खुसी भए । महिलाको माग भनेको सधै गाउँबाटै यसैगरी नै जाँच गराउन पाइयोस् भन्ने नै हो ।
कोरोना त्रासका बीच सुरक्षामापदण्ड अपनाएर वडा÷वडामा एकीकृत स्वास्थ्य शिविर राख्दा अधवैशेका साथै पौढ महिला खुसी हुनु स्वभाविकै हो । शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच गरिएको थियो । यो बाहेक स्त्री रोग भए÷नभएको जाँच गर्न पाएका थिए । हुँगी, फोक्सिङकोट, पिपलडाँडा, ताँहु, हुमीनमा राखेको शिविर फलदायी बनेको छ । रोग विशेषज्ञ सहितको प्रजनन् स्वास्थ्य तथा साधारण स्वास्थ्य जाँच शिविरमा पाठेघरको मुखको जाँच पनि भएको छ । पाठेघरको मुखमा क्यान्सर भए÷नभएको २ सय १७ जनालाई सेवा लिए ।
१४ जनाको स्क्रेनिङमा पोजेटिभ आएकाले विशिष्टकृत अस्पतालमा प्रेषण गरिएको छ । पाठेघरको पिआईडि÷एसडिटि ७६ जनाको उपचार तथा व्यवस्थापन गरिएको छ । प्रौढ महिलामा पाठेघर खसेका आठ जनाको उपचार तथा व्यवस्थान भएको छ । लामो अवधिको परिवार नियोजन साधन आइयुसिडि÷इमप्लान्ट ३३ जनालाई राखेको छ ।सामान्य स्वास्थ्य जाँच र उपचार दम, ब्लडप्रेसर, मधुमेह, वल्ड प्रेसर, युटिआई, ग्याष्ट्राईटिस, छाला रोगको निधान गर्न पाए । गाउँपालिका अन्तर्गत ताँहुमा प्राथमिक स्वास्थ्य केन्द्र छ । डाक्टरसहितको सेवा भएपनि कहिले बस्ने÷कहिले नबस्ने समस्या छ । आएका डाक्टर पनि केही समय बस्ने पुनः विभिन्न बहानामा हिड्ने गर्छन् । पछिल्लो समयमा गाउँपालिकाले हुँगी स्वास्थ्य चौकीमा डाक्टरसहितको सेवा दिएको छ । जे होस् रम्भा गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुधार्न गरेको प्रयास राम्रो छ ।