
पाल्पा,माथागढीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यू भएको छ ।
माथागढी गाउँपालिका वडा नं. ०५ सुर्काबास गोठादी सुनवल कच्चि सडक खण्डमा सुनवलबाट चुनढुङ्गा खानी तर्फ आउँदै गरेको लु २ ख ३६३६ नं. को टिप्पर दुर्घटना भएको हो ।
खाली टिप्पर सडकदेखी अन्दाजी एक सय मिटर तल खस्दा टिप्पर चालक सल्यान घर भएका ३७ वर्षका भोला राम बोहोराको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।