पाल्पा । जिल्लामा वन डढेलो नियन्त्रण र व्यवस्थापनका लागि २२ सामुदायिक वन उपभोक्ता समुहहरुले सुरक्षा निकायहरुलाइ वन डढेलो नियन्त्रण सामाग्रीहरु हस्तान्तरण गरेका छ्न् ।
रिब्दिकोट सबडिभिजन वन कार्यालय अन्तरगतका २१ वटा र तानसेन सब डिभिजन वन कार्यालय अन्तरगत मिलिजुली पालेको रमाइलो सामुदायिक वन उपभोक्ता समुह गरी २२ वटा समुहहरुको तर्फबाट नियन्त्रण सामाग्री दिएको हो ।
झण्डै ३ लाख ३५ हजार रुपैयाँ बराबरको अग्नि नियन्त्रणमा प्रयोग हुने स्वाटर, फायर रेक, जम्प स्वीट, हेल्मेट दिएको हो । उनीहरुले तानसेनको गोरखदल गण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल गुल्मलाई सामाग्री हस्तान्तरण गरेको हो ।
प्रत्येक सुरक्षा निकायलाई १५ सेट रेक, १५ सेट स्वाटर, ३० गोटा हेल्मेट र ४ सेट जम्प स्वीट उपलब्ध गराएको छ ।
बाँकी सामाग्रीहरु स्थानीय मुझुङ्ग इलाका प्रहरी कार्यालय, हार्थोक प्रहरी चौकी र सर्देवा प्रहरी चौकिलाइ समेत उपलब्ध गराउने समुहहरुले जना ।
सामाग्री हस्तान्तरण समारोहमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले सामुदायिक वन उपभोक्ता समुहहरुको यस प्रकारको प्रयासले जिल्लामा बिपद ब्यबस्थापनमा सहयोग पुग्ने बताए ।
वन डढेलो ब्यबस्थापनमा सबै सरोकारवालाहरुको सहकार्यमा जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेयले बिपद ब्यबस्थापनमा सहयोग गर्ने सम्पुर्ण सामुदायिक वन उपभोक्ता समुहहरुलाई धन्यवाद दिए ।
सामुदायिक वन उपभोक्ता समुहहरुको कोषको रकम मध्ये वन संरक्षण तर्फको योजना र बजेटबाट उक्त कार्यक्रम गरेको डिभिजन वन कार्यालयका रेन्जर यमलाल पोखरेलले बताए ।
कार्यक्रम रिब्दिकोट सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत उपेन्द्र अर्यालले सहजीकरण गरेका थिए ।