
पाल्पा । कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका, ८ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राती मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार घरमै मृत्यु भएको थियो ।
मृतक पुरुषको किड्नीमा समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएकाे छ । उनको गत मंगलबार पिसीआर परीक्षण गरिएकोमा बुधबार पोजेटीभ रिपोर्ट आएको थियो । माथागढी गाउँपालिकाका ४, रामपुर नगरपालिकाका ५, पूर्वखोला गाउँपालिकाका ४, रैनादेवी छहरा गाउँपालिकाका १, रम्भा गाउँपालिकाका १, बगनासकाली गाउँपालिकाका ७, तिनाउ गाउँपालिकाका ३, रिब्दीकोट गाउँपालिकाका १ र तानसेन नगरपालिकाका ११ जनाकाे कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।