अवैध काठ र लागुऔषध ओसारपसार गर्ने पक्राउ

पाल्पा । तानसेन नगरपालिका–१ बाट प्रहरीले अवैध काठ सहित ४ जनालाई पक्राउन गरेको छ । शनिबार साँझ चिलाङ्दी हुँदै तानसेनतर्फ आउदै गरेको लु २ त ८६१६ नम्बरको ट्याक्टरलाई चेकजाँच गर्ने क्रममा प्रहरीले काठ फेला पारेको थियो ।

विना कागज अवैध रुपमा ल्याईएको ३५ दशमलव १० क्यू फिट सालको काठ, ट्याक्टर र चालक सहित ४ जना अभियुक्तहरुलाई नियन्त्रणमा लिई डिभिजन वन कार्यालय पाल्पा बुझाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

उता, प्रहरीले सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३, पैठेडाँडाबाट लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । सवारी साधन तथा शंकास्पद मानिसहरुको चेक जाँच गर्ने क्रममा बुटवलबाट पाल्पा तर्फ आउदै गरेका पैदल यात्री वालिङ नगरपालिका वडा नं–९, राउतडाँडा स्याङ्जाका २५ वर्षिय सुमन गाहालाई पक्राउ गरेको हो ।

सम्बन्धित खवर