परिवार नियोजनको स्याटेलाइट क्लिनिक

पाल्पा । माथागढी गाउँपालिका अन्तर्गतको वडा नंं.–४, झडेवा र वडा नं.–५ हात्तीलुङमा परिवार नियोजन सेवाको स्याटेलाईट क्लिनिक सेवा सम्पन्न भएको छ ।

माथागढी गाउँपालिकाको आयोजना, परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोग र माथागढी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा क्लिनिक सम्पन्न भएको जानकारी स्वास्थ्य संयोजक केशव जिसीले दिए ।

माथागढी वडा नं.–४, झडेवा र वडा नं.–५ ,हात्तिलुङमा लामो अवधिको परिवार नियोजन सेवाको स्याटेलाईट क्लिनिक आयोजना गरिरहँदा क्लिनिकमा वडा नं.–४, झडेवाका–३१ जना वडा नं.–५, हात्तीलुङका–३४ जना गरी कुल ६५ जना महिलाहरुले लामो अवधिको परिवार नियोजन साधन सेवा लिएको स्वास्थ्य संयोजक जिसीले बताए ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपाने लगायत सोमबाबु आले, लेखनाथ ढकाल लगायतले सहजिकरण गरेका थिए ।

सम्बन्धित खवर