पाल्पा । माथागढी गाउँपालिका–१, चिदीपानीमा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बालमैत्री स्थानीय शासन घोषण २०७८ चैत मसान्तभित्र सम्पन गर्ने लक्ष्य रहेको बताए ।

अध्यक्ष थापाले सो लक्ष्य हासिल गर्नका लागि पालिका सम्बन्धित सरोकारवालाका साथै सबैको सहयोग आवश्यक रहेको बताए ।

वडा अभिमुखीकरण कार्यक्रम बालमैत्री स्थानीय शासन सम्बन्धी बेस नेपालको सहयोगमा लक्षित समूहको जानकारी, बालबालिका चार अधिकार– बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, विकास गर्न पाउने अधिकार, सहभागिताको अधिकार, सेवा प्रवाह सम्बन्धी २७ सुचक र संस्थागत विकास सम्बन्धी १२ सुचकहरू बेस नेपालका निर्देशक शालिकराम पाण्डेले सहजिकरण गरेका थिए ।

कार्यक्रममा वडा कार्यालयका कर्मचारीहरू, महिला स्वयंसेविकाहरू, विद्यालयका प्रतिनिधिहरू, विभिन्न संघ संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधि प्रेमबहादुर गाहा, वाड सदस्य हेमबहादुर थापा, गाउँ कार्यपालिका सदस्य विद्या थापाले आ–आफ्नो धारण राखेका थिए ।

कार्यक्रम वडा सचिव सरस्वती जिसीले सञ्चालन गरेकी थिइन् भने वडा सदस्य हिराबहादुर रेग्मीको स्वागत र वडाध्यक्ष शिव प्रसाद शर्मा घिमिरेको अध्यक्षता भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय