पाल्पा । माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनी ओलेसमा सञ्चालन भएको ओलेस खानेपानी योजना सम्पन्न भएको छ ।
योजनाको गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले उद्घाटन गरे । अध्यक्ष थापाले उपभोक्ताले गरेको यस्तो प्रशंसनीय कामलाई हृदय देखि नै धन्यवाद दिए ।
ओलेसका उपभोक्ताले गरेको कार्य सह्रानीय भएको बताउँदै भौगोलिक विकटता र पानी बस्तीबाट तल भएको हुँदा मोटरबाट तानेर ल्याउनुपर्ने अवस्था रहेको उनले बताए ।
यस्तो समस्यालाई पालिकाकै समस्याका रुपमा लिएर मोटर चलाउदा उठ्ने विद्युत महशुललाई मिलेसम्म पालिकाबाट सम्बोधन गर्ने बताउँदै उनले आगामी आउने समस्या समाधान गर्न पनि पालिकाले पहल गर्ने बताए ।
गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले सबै उपभोक्तालाई एकजुट भएर काम सम्पन्न गरेको बताइन् । उनले धेरै राम्रो काम भएकाले सबैको घरमा पानी झरेपछि सबै महिलाको कार्यबोझ समेत कम हुने बताइन् । महिलाहरु सधैं पानी बोकेरै दिन बिताउने समस्या पनि समाधान हुने बताइन् ।
वडाध्यक्ष दीपक थापाले ओलेसका जनताको खानेपानी समस्या समाधान गर्न सबैले गरेको सहयोग एकजुट र ऐक्यबद्धता जनाउँदै आगामी सञ्चालन हुने योजना पनि यसैगरी सबै मिलेर सहकार्य गर्नु पर्ने बताए । उनले त्यसरी गरेको कामको औचित्य पूर्ण हुने र योजनाले पूर्णता पाउने योजनाको उद्देश्य समेत पूरा हुने बताए ।
योजना सञ्चालनमा विद्युत समस्या हटाउन सहयोग गर्नुहुने वितरण प्रणाली सुदृढीकरण विस्तार आयोजना सहायक ईन्जिनियर रोइन्द्रप्रसाद भण्डारीलेसबै उपभोक्ता मिलेर विद्युत समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहयोगी ठेकेदार ठग्गा थारुलाई मायाको चिनो सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । खानेपानी मुहानमा गई प्रमुख अतिथि सन्तोष कुमार थापाले उद्घाटन गरेका थिए ।
वितरण प्रणाली सुदृढीकरण विस्तार आयोजना सहायक ईन्जिनियर रोइन्द्रप्रसाद भण्डारीले ट्रान्सर्फमरमा उद्घाटन गरे । ओलेस खानेपानी योजनाका अध्यक्ष खर्क बहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा नरमति चिदीको स्वागत र कृष्ण सारुको सञ्चालनमा भएको हो ।