पाल्पा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको छैठौ जिल्ला अधिवेशनले पुन किशोर भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा भेषराज पोखरेल, सचिवमा ताराबहादुर सुनारी, सहसचिवमा बिष्णुप्रसाद खनाल, कोषाध्यक्षमा रामप्रसाद पन्थी निर्बाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा हरि बाहघरे, युबराज पन्त, सन्जय धर्ती, ज्योति कार्की रायमाझी, गोपीकृष्ण आचार्य, लक्ष्मण भण्डारी, सीता भुसाल र चन्द्रप्रकाश भट्टराई निर्वाचित भएका छन् ।
दुई वर्षका लागि भएको नयाँ नेतृत्वमा २ जना सदस्य थप गरी १३ जनाको कार्यसमिति बन्ने संघले जनाएको छ ।
नवनिर्वाचित नेतृत्वलाई संघका सल्लाहकार नरेश चन्द्र भट्टराई, राजेन्द्र लिगल लगायतले शुभकामना व्यक्त गर्दै संघको विधि, विधान र व्यवसायिक मर्म अनुसार चल्न आग्रह गरे ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ पाल्पाका नव निर्वाचित अध्यक्ष किशोर भट्टराईले संघ भित्रका व्यवसायीले इमान्दार रुपमा व्यवसायमा गर्नुपर्ने बताए । उनले जिल्लामा पुस्तक तथा स्टेशनरी व्यवसायमा अस्वस्थ प्रतिस्प्रर्धा देखिन थालेकोले व्यावसायीहरु इमान्दार भएर लागनुपर्ने समेत बताए ।
संघको छैठौं जिल्ला अधिवेशनमा अध्यक्ष भट्टराईले एकजुट र इमान्दारिताका साथ काम गर्दा व्यवसायमा कुनै असर नपर्न भएकोले सोहि अनुसार व्यवसाय चलाउन आग्रह गरे ।
उनले सस्तो लोकप्रियताको लागी गरिने व्यवसायीक प्रचारमा ग्राहक नलाग्ने भएकोले संघमा आवद्ध व्यवसायी नीति नियम अनुसार चल्नुपर्ने बताए । कार्यक्रममा संघका लुम्बिनी प्रदेशका कोषाध्यक्ष कमलराज तिमिल्सेनाले व्यवसायलाई संगठित रुपमा अगाडि बढाउनु आजको आबश्यकता रहेको बताए ।
उनले सबै संगठित रुपमा व्यवसाय संचालन गर्दा सफल भइने विश्वास व्यक्त गरे ।